बझाङ : निर्वाचन यहीँ १५ गते हुदै छ । जसमा जिल्ला भरि ११ वटा दलहरु चुनावी मैदानमा देखिन्छन । यसै विच मुख्य प्रतिस्पर्धामा नेकपा माअाेवादी केन्द्र,नेकपा एमाले नेपाली काङ्ग्रेस नेकपा समाजवादी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मुख्य प्रतिस्पर्धाकाे मैदानमा देखिन्छन ।
यतिबेला नेकपा माअाेवादी केन्द्र बाट जनक बुढा नेकपा एमाले बाट दमन भण्डारी नेपाली काङ्ग्रेस बाट अभिषेश सिँह,समाजवादी बाट दिलबहादुर सिँह र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाट किशोर खड्का चुनावी मैदानमा देखिन्छन भने अन्य दलहरु पनि रहेका छन ।

माथिल्लो भेग अर्थात क्षेत्र नम्बर (१) क मा नेकपा एमाले मतदाताको हिसाबमा बलियाे रहेको देखिन्छ भने,नेपाली काङ्ग्रेस दाेस्राेमा रहेको छ । पछिल्लो समय नेकपा माअाेवादी केन्द्रीयमा जनताको चासाे रहेको प्रस्टै देख्न सकिन्छ । नेकपा माअाेवादीका उम्मेदवार जनक बुढा युवा मात्र हैनन उनमा राजनीतिक खुवि रहेको भन्दै क्षेत्र नम्बर १ का जनताले उनलाई रुझाएकाे पाईन्छ ।
जनक बुढा लामाे समय राजनीतिमा जिल्लामा बसेर जनताको काम गरेका नेता हुन भने अनुभवी पनि रहेका छन । गाउँघरमा यता पनि जनक बुढा उता पनि जनक बुढा भन्ने चर्चा सर्वत्र सुन्न सकिने गरेको नेकपा माअाेवादी बझाङका नेता रुमला जार्ग्री धामीले बताउनु भयाे । उनका अनुसार छविस मष्टा सुर्मा र तलकाेट छान्नामा घरदैलोमा जादा यसपालि माअाेवादीलाई मतदान गर्नेमा मतदान उत्साहित भएको धामीकाे भनाइ छ ।
नेपाली काङ्ग्रेस बझाङ पनि प्रचारप्रसारमा बेस्त देखिन्छ भने, काङ्ग्रेस बाट उम्मेदवार सिँह स्वर्गीय मन्त्री पृथ्वी बहादुर सिँहका छाेरा अभिषेक सिँह हुन । उनलाई आमा बुवा गुमाएको निकै स्वक रहेकाे छ भने,नेपाली काङ्ग्रेस पनि मैदानमा उत्रेको छ । सबै काङ्ग्रेसले मात्र सहयाेग गरेमा सिँहकाे जित निश्चित रहेको नेपाली काङ्ग्रेसका नेता भण्डारीले बताए । यता कम्युनिस्टमा ३/३ फ्याक भएको र कम्युनिस्टकाे भाेट बाढिने भएको कारण काङ्ग्रेस लाई फाईदा हुन सक्ने नेपाली काङ्ग्रेस बझाङका एक नेताले बताउनु भयाे ।

यता नेकपा एमाले बझाङ आफ्नै दम्भमा देखिन्छ ? हामी जित्छाै एमाले जित्छ ? एमालेकाे जित सुनिश्चित रहेको एमाले नेता ऐन महरले सामाजिक सञ्जाल मार्फत नै सबैलाई जानकारी गराएका छन । यस बिचमा एमाले बझाङका भाेटहरु समाजवादीका चर्चित नेता तथा एमाले बझाङ बनाउने नेता दिलबहादुर सिँहले बाट्ने देखिन्छ । नेता दिलबहादुर सिँहले एमालेमा हुदा धेरै एमालेलाई सहयाेग गर्दै आएका थिए । यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाट किशोर खड्काले पनि धेरै मत काट्ने आकलन गरिएकाे छ । खड्का यस अघि पर्यटन प्रवधनमा सुदुरपश्चिमकाे बिकासका लागि निकै लागिपरेका थिए भने बझाङकाे लागि उनकाे ठुलाे देन रहेको पाईन्छ । यसपटक जनता नेता देखि वाक्क दिक्क भएको कारण धेरै कम मत खस्ने आकलन गरिन्छ । हामीले गरेको सर्वेक्षणमा जसले ९ हजार देखि १० हजार मत ल्याउन सक्याे त्यसको विजय सुनिश्चित रहेको आकलन गर्न सकिन्छ ।


