बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीकामा रहेको झाेतामा सामुदायिक मनाेसामाजिक कार्यकर्ता तालिम सञ्चालन भएको छ ।
आज एक कार्यक्रमका विच जिल्लाकाे झाेतामा रहेको एक हाेटेलमा कार्यक्रम सञ्चालन भएको हाे । दस दिन सम्म सञ्चालन हुने तालिमको उद्घघाटन सर्तमा दलित सहयाेग समाजका अध्यक्ष माेहनलाल विक काे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि प्राेग्राम म्यानेजर युएमएनका माधुरी शर्मा विशिष्ट अतिथिमा प्रशिक्षक विनोद पाैडेल अतिथिमा सहायक प्रशिक्षक लगायत महिला सेफहाउस बझाङ बुङगल नगरपालिका स्वास्थ्य सँयाेजक समान व्यावहार परियाेजनाका सम्पुर्ण कर्मचारीहरुकाे उपस्थिति रहेको थियाे ।
झाेतामा सञ्चालन भएको कार्यक्रम आज बाट सुरु भएको छ । १० दिने तालिममा विभिन्न कर्मचारीहरुलाई दिईने मानसिक स्वास्थ्य परियाेजना सँयाेजक बिस्ना बमले बताउनु भयाे । विभिन्न मानसिक समस्या भएका मानिसहरुलाई कसरी काउन्सिलिङ गर्न सकिन्छ । हाम्रो समाजमा भएका यस्तो किसिमका जनसमुदायको उपचार कसरी गर्नु थाहा कसरी पाउने भन्ने विषयमा तालिम सञ्चालन भएको समान व्यावहार परियाेजनाका भिम रसाइलीले बताउनु भयाे ।
दलित सहयाेग समाजकाे आयाेजनामा युएमएन बझाङकाे आर्थिक सहयाेगका तालिम सञ्चालन भएको छ । यस तालिमले समुदायमा रहेका फरक क्षमता भएका मानिसलाई र मनाेसामाजीक परामर्शदाताहरुले यस्ता मानिसलाई सघाउने स्राेतकाे भनाइ छ । समुदायमा दलित सहयाेग समाज र यु.एम .एन बझाङले राम्रो भुमिका खेल्दै आएकाे पाईन्छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३