Advertisement

Day: २०८० चैत्र १८, आईतवार १२:४५

शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज यथावत्

शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज यथावत्

ब्यापार, मुख्य समाचार
भाउ बढेर अस्ति शुक्रवार अहिलेसम्मकै उच्च तोलाको एक लाख ३० हजार रुपैयाँ भएको सुनको भाउ आज यथावत् रहेको छ । शुक्रवार एकैदिन तोलामा दुई हजार एक सय रुपैयाँ बढेर सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । हिजो शनिवार अस्तिकै भाउमा कारोबार भएकोमा आज पनि यथावत् नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । रुस–युक्रेनबीचको युद्ध, लगानीकर्ताको सुनमा आकर्षण तथा डलरको भाउ बढेका कारण सुनको मूल्य पनि पछिल्ला दिनमा उच्च हुँदै गएको महासङ्घले बताएकाे छ । नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । यस्तै आज चाँदीको भाउ पनि घटबढ भएको छैन । शुक्रवारकै भाउ तोलाको एक हजार पाँच सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
बझाङ उपनिर्वाचन : यस्तो छ विगतको अङ्क गणित

बझाङ उपनिर्वाचन : यस्तो छ विगतको अङ्क गणित

बझाङ, मुख्य समाचार, राजनीति
बझाङ – बझाङ प्रदेश सभा–१ को उपनिर्वाचनका लागि राजनीतिक सरगर्मी बढेको छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एक्ला एक्लै मैदानमा उत्रिने तयारीमा जुटे पनि अन्तिम घोषणा हुन भने बाकी छ । यस निर्वाचन क्षेत्रमा विगतदेखि मुख्यतया दुई दल कांग्रेस र एमालेको दबदबा रहँदै आएको छ । यसअघि कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि हाल उपनिर्वाचन भई रहेको छ । अघिल्लो निर्वाचनमा कांग्रेस यस निर्वाचन क्षेत्रमा माओवादी र एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए ।  माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए । भने राप्रपा नेपालका उम्मेदवारले ४२६ र राप्रपाका उम्मेदवारले ४०६ मत प...
बैतडीमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री गरे कारबाही

बैतडीमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री गरे कारबाही

बैतडी, मुख्य समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री वितरण गरे कारबाही हुने भएको छ । सार्वजनिक स्थलमा धुम्रपान एवं सुर्तीजन्य पदार्थको सेवन गरे तत्कालै एक सय रुपैयाँ जरीवाना गर्ने प्रावधान छ । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार सुर्तीजन्य पदार्थको जथाभावी विक्री वितरणमा रोक लगाउन प्रहरीसँग समन्वय गरिएको हो । जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्वास्थ्य कार्यालयको सहभागितामा जिल्लाका मुख्य बजारहरुमा अनुगमन थालिएको छ । धेरैजसो किराना पसलहरुमा खाद्य पदार्थसँगै सुर्तीजन्य पदार्थहरु पनि विक्री गर्ने गरेको पाइएकोले त्यस्तो नगर्न सुझाव दिइएको छ । त्यसरी विक्री गरेको पाइए कानुनी कारबाही हुने स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए । पाटन बजार क्षेत्रमा शनिबार अनुगमन गरिएको थियो । जिल्लाका अन्य ठाउँमा पनि अनुगमन गरिने जनाइएको छ ।...
कञ्चनपुरको एक टेलर सिलाइ सेन्टरमा आगलागी

कञ्चनपुरको एक टेलर सिलाइ सेन्टरमा आगलागी

कन्चनपुर, मुख्य समाचार, सुदूरपश्चिम
कञ्चनपुरः कञ्चनपुरको एक टेलर सिलाइ सेन्टरमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–२ मा रहेको बलबहादुर छिनालको टेलर सिलाइ सेन्टरमा आगलागी भएको हो। बम्वै टेलर्स सिलाइ सेन्टरमा बिजुलीको तार सर्ट भएर शनिबार राति आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट पसलभित्र तयारी अवस्थामा रहेका कोट, सर्ट, पाइन्ट, कुर्ता सुरवाल लगायका सामान गरि करिब एक लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने काम भएको प्रहरीले बताएको छ।...
कैललाीको कर्णाली नदीको विपतमा ‘मोटर बोट’ प्रयोगमा रोक

कैललाीको कर्णाली नदीको विपतमा ‘मोटर बोट’ प्रयोगमा रोक

कैलाली, पर्यटन, मुख्य समाचार
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकाले २०८० फागुन १८ गते स्काई बर्ड एड्भेन्चर स्पोट्स प्रालिलाई पत्र पठायो। नगरपालिकाले चिसापानी क्षेत्रमा हुने विपद् तथा दुर्घटनमा परेकाको उद्दारमा सहयोग गर्न भनेको हो। स्काई बर्डले २०८० चैत ४ गते बर्दिया राष्ट्रिय निकुञ्जलाई आवश्यक सहजिकरणका लागि भनेर पत्र पठाएको छ। उक्त पत्रमा लम्किचुहा नगरपालिकाको क्षेत्रमा बोट सञ्चालनको अस्थायी अनुमति माग गरिएको छ। पुल क्षेत्रमा विपद् तथा दुर्घटनाहरू हुन सक्ने भएकाले अस्थायी पार्किङ (पोट) स्थापनाका लागि आग्रह गरिएको छ। तर, बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रमा स्काई बर्डले मोटर बोट सञ्चालन गर्न पाएको छैन। कर्णाली नदी तथा राष्ट्रिय निकुञ्जको क्षेत्रमा हुने दुर्घटना तथा विपद्मा समेत बोट प्रयोग गर्न नेपाली सेनाले रोक लगाएको हो। स्काई बर्ड एड्भेन्चरका प्रबन्धक निर्देशक केशव गाहले बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय, ...
मौसममा फेरबदलसँगै ‘फ्लुभिड’ : रुघाखोकी निको नभएमा जाँच गराउन डाक्टरको सल्लाह

मौसममा फेरबदलसँगै ‘फ्लुभिड’ : रुघाखोकी निको नभएमा जाँच गराउन डाक्टरको सल्लाह

मुख्य समाचार, स्वास्थ्य
केही दिनदेखि मौसममा फेरबदलसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । बिरामी भएर अस्पताल पुग्ने धेरै बिरामीमा मौसमी फ्लु र कोभिड–१९ दुईवटै भाइरस पुष्टि भएको छ । दुवै भाइरस एक साथ देखिएकाले डाक्टरले यसलाई 'फ्लुभिड' को नाम दिएका छन् काठमाण्डौमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएको हप्तापछि १० जनाभन्दा धेरै बिरामीमा 'फ्लुभिड' पाईएको छ । यसमा धेरै ज्येष्ठ नागरिक रहेका डाक्टरले बताएका छन् । तर बालबालिका, दीर्घरोगी र अरू उमेर समूहका पनि उत्तिकै जोखिममा रहेका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । अहिले अस्पताल पुग्ने बिरामीमा मौसमी फ्लु र कोरोनाको लक्षण एकैसाथ देखिएको र परीक्षण गर्दा दुवै भाइरस पुष्टि भएको उहाँको भनाइ छ । अहिलेको मौसममा रुघाखोकी र सामान्य ज्वरो स्वभाविक भए पनि केही वर्षदेखि कोरोना संक्रमण पनि हुन थालेको छ ।  दुवै भाइरस सक्रिय भएर स्वास्थ्य...
पहाडी भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

पहाडी भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

मुख्य समाचार, सुदूरपश्चिम
नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । कोसीप्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । विभागका अनुसार देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति  देशका पहाडी भू–भागमा आंशिक बदली रही  बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी तथा कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज