धनगढी – कैलालीको धनगढीबाट सवारी ज्यान मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–६ का ३४ वर्षीय बिरबहादुर चौधरी पक्राउ परेका छन्। उनलाई जिल्ला अदालत कैलालीले २ महिना ५ दिन कैद सजाय र दुई हजार जरिवाना तोकेको थियो।
उनी सोहि दिनबाटै फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई बिहीवार धनगढी बजारबाट पक्राउ गरेको हो। उनलाई प्रहरीले अदालतमा पेश गरेको छ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३