
धनगढी – विश्व हिन्दु युवा संघको केन्द्रिय सदस्यमा प्रेम प्रसाद भट्ट मनोनयन भएका छन् ।
डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ स्थायी घर भइ हाल धनगढीमा रहेर व्यवसाय गरिरहेका भट्टलाई बिहीबार केन्द्रिय सदस्यमा मनोनयन गरिएको हो ।
राष्ट्र, राष्ट्रियता, मानवता र विश्व शान्तिको लागि मन, वचन र कर्मले योगदान गर्छु भन्ने सोच भएका व्यक्तिलाई संघमा आबद्ध गराइने विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जङ्ग शाहले बताएका छन् ।
बिहीबार प्रेम प्रसाद भट्टलाई पूर्ण समर्पणका साथ महत्वपूर्ण योगदानको अपेक्षा गर्दै विश्व हिन्दु युवा संघमा आबद्ध गरिएको अध्यक्ष ऋषिकेश जङ्ग शाहले बताए ।
सनातन, हिन्दु धर्म प्रति आस्था रहेको र धर्म र मानवताको क्षेत्रमा काम गरिरहेको विश्व हिन्दु युवा संघमा आफू पनि आवद्ध हुँदा गर्व महसुस भएको प्रेम प्रसाद भट्टले बताएका छन् ।
डडेल्धुराको रुपाल स्थायी बसोबास भएका भट्ट धार्मिक र सामाजिक कार्यमा अग्रसर देखिने गरेका छन् ।
धर्म र मानवताको क्षेत्रमा काम गरिरहेको विश्व हिन्दु युवा संघको केन्द्रिय कार्यालय राजधानी काठमाडौंमा रहेको छ ।


