Advertisement

Day: २०८० माघ ११, बिहीबार १६:०५

कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

समाचार
कञ्चनपुर - कञ्चनपुरमा लागूऔषधसहित तीन युवक पक्राउ परेका छन्।  बेलौरी नगरपालिका-१० सडकघाटबाट ७७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित सोही ठाउँका २६ वर्षीय प्रशान्त चौधरी बुधवार राति पक्राउ परेका हुन्।  प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित चौधरीलाई फेला पारी पक्राउ गरेको हो। यस्तै भीमदत्त नगरपालिका-१० गडडाचौकी स्थित व्यारेलबाट ०.८३ ग्राम लागूऔषधसहित भीमदत्त-३ बस्ने २८ वर्षीय दिवस कुँवर र भीमदत्त-१ का २८ वर्षीय प्रेमराज जोशी पनि बुधवार राति पक्राउ परेका छन्।  ईलाका प्रहरीकार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी दुबै जनाहरुलाई पक्राउ गरेको हो। पक्राउ परका तीनै जनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।...

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य चयनका लागि मतदान शुरु

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य चयन गर्न मतदान शुरु भएको छ । राष्ट्रियसभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा मतदान शुरु भएको हो । प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले पहिलो मत खसालेका छन् । राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान स्थल बनाएको छ । सोहीअनुसार मतदान भइरहेको छ ।  दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिए लगत्तै मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ६ जनाले उम्मेदवारी दिएका छन् ।सत्तारुढ गठबन्धनका तर्फबाट ...
आज पौष शुक्ल पूर्णिमा, स्वस्थानी व्रत शुरु

आज पौष शुक्ल पूर्णिमा, स्वस्थानी व्रत शुरु

मुख्य समाचार, समाचार
आज पौष शुक्ल पूर्णिमा। नेपाली सनातन धर्मावलम्बी एक महिने श्रीस्वस्थानी व्रत शुरु गर्दैछन्। पञ्चाङ्गमा बिहीबार ३९ घडी २९ पला पूर्णिमा रहेको उल्लेख छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत लिने परम्परा छ। विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्छन् र उनको माहत्म्य सुन्छन्।  व्रतको अन्तिम दिन माघशुक्ल पूर्णिमामा विशेष पूजा आराधना गरी अक्षता, फलफूल नैवेद्य, जनै, पान र सुपारीलगायत १०८ को संख्यामा चढाउने परम्परा छ। यसरी विधिपूर्वक व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। यो अवधिमा पाशुपत क्षेत्रस्थित गुह्येश्वरी, गौरीघाट र किरातेश्वर महादेवका मन्दिर व्रतालुको गन्तव्य बन्छ। यस्तै गोकर्ण र साँखुस्थित शालीनदीलगायत स्थानमा पनि व्रतालुको घुइँचो लाग्छ। यी तीर्थस्थलको महिमा स्वस्थानी व्रत...

आजदेखि स्वस्थानी व्रतकथा सुुरु

समाचार
धनगढी - हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । त्यसैले आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।...

आज राष्ट्रिय सभा निर्वाचन हुँदै

समाचार
काठमाडौं - राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए । राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६/६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१...

यस्तो छ आजको मौसम 

समाचार
धनगढी - हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ।  देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा  देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ। साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।...

अब मेनुकाले मान्छे चिन्न र सजिलैसँग पढ्न सक्ने

समाचार
काठमाडौं - इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेललाई समयले साथ दिइरहेको छ । यो गायन रियालिटी शोमा उनी उत्कृष्ट १० मा छनोट भइसकेकी छिन् । यतिबेला भने मेनुकालाई लिएर खुसीको खबर छ । अब उनले एक्लै हिंड्न, मान्छे चिन्न र सजिलैसँग पढ्न सक्ने भएकी छन् । इण्डियन आइडलको पछिल्लो एपिसोडमा दिइएको जानकारीअनुसार विशेष डिभाइसको मद्दतमा अब मेनुकाले यी काम गर्न सक्नेछिन् । मेनुकालाई यो उपचारमा इण्डियन आइडलले सघाउने भएको छ । यसैसाता आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सककहाँ लगेर आँखाको चेकअप गराएको थियो । चेकअपमा मेनुकाको आँखाको नर्भ्सले काम नगरेकाले उनले पूर्णरुपमा दृष्टि पाउन नसक्ने तर विशेष डिभाइसको मद्दतमा आंशिक दृष्टि पाउन सक्ने ती चिकित्सकले बताए । ती डाक्टरले भनेका छन्, ‘आँखामा अप्टिक नर्भ्स हुन्छ । मेनुकाको त्यो नर्भ्सले काम गरेको छैन । उनले पूर्णरुपमा ...

यु–१९ विश्वकप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

समाचार
काठमाडौँ - नेपाल दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको छ । इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा जितका लागि एक सय ९८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरका पाँच विकेटको क्षतिमा २०५ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।  टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा एक सय ९७ रन बनाएको थियो ।  नेपाल समूहको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानको भने यो लगातार दोस्रो जित हो । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।  विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । समूहमा दुई जित निकालेको न्युजिल्यान्ड र पाकिस्तानको समान चार चार अङ्क पुगेको छ । लगातार दुई खेल ह...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज