Advertisement

Day: २०८० माघ ७, आईतवार २१:१९

यो वर्षको एसईई चैत १५ देखि सञ्चालन हुने

यो वर्षको एसईई चैत १५ देखि सञ्चालन हुने

मुख्य समाचार, शिक्षा
बझाङ : माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि सञ्चालन हुने भएको छ। आइतवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो। बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए। चैत ११ र १२ गते होली पर्व रहेको छ। त्यसैले होलीपछि परीक्षा गर्न लागिएको अध्यक्ष शर्माले बताए। बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्न भन्ने थियो। तर, होली पर्वका कारण परीक्षाको मिति सार्नुपरेको हो। यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन्।  तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन्। परीक्षामा चैत्र २७ गते सम्म सञचालन हुने छ साथै यो वर्ष प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ।...
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बझाङद्धारा कृषकका लागि ३ दिने तालिम सञ्चालन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बझाङद्धारा कृषकका लागि ३ दिने तालिम सञ्चालन

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङका कृषकहरुको लागि ३ दिने तालिम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई बझाङको आयोजनामा उन्नत प्रविधी, प्राथामिक प्रशोधन, पोष्ट हार्भेष्ट, क्षती न्यूनिकरण तथा कृषि यान्त्रिकरण सम्बन्धी तालिम सञ्चालन गरिएको हो । सदरमुकाम चैनपुरस्थित जिल्ला समन्वय समितीको सभाहलमा आज आइतबार एक औपचारिक कार्यक्रमका बिच तालिमको उद्धघाटन गरिएको छ । उक्त कार्यक्रममा उपस्थित कृषकलाई कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायीक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने लगाएतका विषयमा प्रशिक्षण गरिने कार्यालय प्रमुख चरित्र नारायण यादवले बताउनुभयो । उक्त तालिम आउँदो मंगलबारसम्म चल्ने भएको छ । तालिममा जिल्लाका सबै स्थानिय तहबाट करीब ५० जना कृषकको सहभागिता रहेको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती प्रमुख नर बहादुर बोहोराले कृषकल...
खप्तडछान्ना गाउँपालिकामा निर्माणाधीन १० शैयाको अस्पतालको ७० प्रतिशत काम सम्पन्न

खप्तडछान्ना गाउँपालिकामा निर्माणाधीन १० शैयाको अस्पतालको ७० प्रतिशत काम सम्पन्न

बझाङ, मुख्य समाचार, स्वास्थ्य
बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण कार्य जारी रहेको छ । संघिय सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयबाट ८ करोड ८० लाख ५९ हजारको लागतमा निर्माणाधीन अस्पतालको ७० प्रतिशत काम सम्पन्न भइसकेको गाउँपालिकाका सुचना अधिकारी ऐन बहादुर रोकायाले जानकारी दिनुभयो । खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ को सुकापाटिमा निमार्ण भइरहेको उक्त अस्पतालको रोयल पि एस जे भि ले २०७९ साल वैशाखमा ठेक्का सम्झौता गरेको थियो । आगामि वैशाखमा अस्पताल निमार्णको अवधि सकिदै छ । हालसम्म लगभग ४ करोड रकम भुक्तानी भएपनि संघीय मन्त्रालयबाट रकम निकासा नहुदा भुक्तानी गर्न समस्या भइरहेको निमार्ण कम्पनीको भनाई छ । अहिले पालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा खप्तडछान्नाबासिलाई जटिल स्वास्थ्य समस्या पर्दा जिल्ला सदरमुकाम तथा बाहिर जिल्ला धाउनुपर्ने बाध्यता रहेको छ । अब गाउँमै १० शैयाको अस्पताल सञ्चालन हु...
स्वास्थ्य शिक्षा चेतना तथा अधिकार नेपाल सामाजिक संस्थाद्वारा भुकम्प पिडितलाई सामाग्री हस्तान्तरण

स्वास्थ्य शिक्षा चेतना तथा अधिकार नेपाल सामाजिक संस्थाद्वारा भुकम्प पिडितलाई सामाग्री हस्तान्तरण

बझाङ, सुदूरपश्चिम
बझाङ : स्वास्थ्य शिक्षा चेतना तथा अधिकार नेपाल सामाजिक सँस्थाद्वारा भुकम्प पिडितलाई सामाग्री हस्तान्तरण गरिएको छ । बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिका र छविस पाथिभेरा गाउँपालीकाका विभिन्न वडाहरुमा भुकम्प बाट पिडित तथा गरिव असहायहरुलाई बल्याङकेट सहित खाद्यान्न बितरण गरिएको हाे । गरिव परिवारलाई चिसाेबाट बच्नकाे लागि न्यानो कपडा सहित खाद्यान्न बितरण गरिएको हियर नेपाल सस्थाले जनाएको छ । बझाङ जिल्लाका अतिविपन्न करिव ७५ जना परिवारलाई सामाग्री हस्तान्तरण गरिएको थियाे । भने जिल्लाकाे छविस पाथिभरा गाउँपालीकामा पनि खाद्यान्न सहित लुगाकपडा वितरण गरिएको थियाे । सदरमुकाम चैनपुरमा रहेकाे लाेपउन्मुख बादी समुदायका १८ परिवार र अन्य समुदायका ४० परिवारलाई जिल्लामा रहेको केपी प्लाजामा खाद्यान्न बितरण गरिएको नारायण जाेशीले बताए । जाेशीका अनुसार हियर नेपाल द्वारा बझाङ जिल्लाका अति बिपन्न तथा ...

कैलालीमा पाटे बाघ मृत फेला

समाचार
धनगढी - कैलालीमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।  जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको हो ।  बाघको घाँटी, खुट्टामा मोटरसाइकल तार, काँडे तार अड्केको देखिएकाले सिकारीले थापेको पासोमा परेर बाघको ज्यान गएको हुन सक्ने वडा अध्यक्ष खकेन्द्र भण्डारीले बताए ।  घटनास्थलमा छानबिनका लागि वनको टोली पुगेको छ । ...

दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार गर्ने एक युवक पक्राउ 

समाचार
दार्चुला - दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन्। महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले आइतवार १२ बजेतिर ड्युटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्।  चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताएका छन्। उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदिले प्रहरीमा निवेदन दिएकी थिइन्। जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणमा लिन सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलिमाथि चक्कु प्रहार भएको प्रहरीले बताएको छ। चक्कु प्रहार गरेर कुँवर फरार भएका छन्।  उनको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको छ। उमेश र धनिशाले भदौमा भागेर बिहे गरेका थिए।...

दार्चुलामा ८० वर्षे उमेरमा धूमधाम बिहे

समाचार
दार्चुला - दार्चुलामा रोचक विवाह सम्पन्न भएको छ ।  अपि हिमाल गाउँपालिका–६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीले ८० वर्षको उमेरमा सांस्कृतिक तथा सामाजिक वैधानिक विवाह सम्पन्न गरेका हुन् ।  पनाती पनातिनी समेत भइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धूमधामसँग बिहे गरे । शुक्रबार बिहे गरेका धामी दम्पतिको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाति, ४ नातिनी, ३ नातिने बुहारी, ४ पनाती र ३ पनातिनी गरी जम्मा ३१ जना सदस्य रहेको बेहुला बाजेका नाति नाता पर्ने भगतसिंह धामीले जानकारी दिए । बेहुला (दुलहा) राइसिंह धामीलाई ८० वर्ष र बेहुली (दुलही) बिन्दु धामीलाई ७० वर्ष उमेर पुगेको उनले बताए । दुवै जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् । दुलहा राइसिंहले दुलही बिन्दुलाई सिन्दुरपोते लगाउनुका साथै यज्ञ परिक्रमासहित सबै बिहेविधि पूरा गरेर घरभित्र सांस्कृतिक परम्पराअनुसार भित्राए ।...

सुदूरपश्चिममा विपदका कारण चार करोड बढीको आर्थिक नोक्सानी

समाचार
धनगढी - विपदका कारण सुदूरपश्चिममा चार करोड २८ लाखभन्दा बढीको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि पौष मसान्तसम्म चार करोड २८ लाख ६४ हजार चार सय ४० बराबर आर्थिक नोक्सानी भएको अनुमान गरिएको हो ।  सबैभन्दा बढी आगलागीबाट आर्थिक नोक्सानी भएको छ। आगलागीबाट चार करोड १७ लाख ७४ हजार चार सय ५०, जनावर आंतकबाट एक लाख ३० तथा जंगल आगलागीबाट ९६ हजार बराबरको नोक्सानी भएको अनुमान छ। सो अवधिसम्म आगलागीका ९४ घटना घटेका छन्। ती घटनामा परेर दुई पुरुष र एक महिला गरी तीन जनाको मृत्यु भएको छ। पाँच पुरुष र ६ महिला गरी ११ जना घाइते भएका छन्।  आगलागीबाट एक सय १३ परिवार प्रभावित बन्न पुगेको अभिलेख छ। त्यस्तै जनावर आंतकका २५ घटना घटेका छन्। ती घटनामा परेर एक पुरुष र दुई महिला गरी तीन जनाको मृत्यु भएको छ। १४ पुरुष र १२ महिला गरी २६ जना घाइते भएका छन्। यस्ता घटनाबाट...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा पाठक

समाचार
धनगढी - नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा श्याम पाठक निर्वाचित भएका छन् ।  शनिबार धनगढीको इमेज होटेलमा सम्पन्न प्रदेशको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो प्रदेश अधिवेशनबाट पाठक सर्वसम्मत निर्वाचित भएका हुन् ।  त्यस्तै महासंघको प्रथम उपाध्यक्षमा संजयकान्त मिश्रा, द्वितीय उपाध्यक्षमा जयराज जोशी, सचीवमा निलमराज जोशी, कोषाध्यक्षमा जनकराज भट्टराई, सह-सचिवमा डिल्लिराज ओझा 'समर्पण' र सह कोषाध्यक्षमा गौरब बोहरा निर्वाचित भएका छन् ।  हरि प्रसाद भट्ट र नबराज भण्डारी सदस्यमा निर्विरोधनिर्वाचित भएका छन भने बाँकी सदस्यलाई प्रदेश कमिटीले मनोनीत गर्नेछ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ ।  नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष मेखराज दहालको सभापतित्वमा भएको तेस्रो प्रवेश अधिवेशनमा प...

भूपेन्द्र बडुवाल हत्या प्रकरण : फरार रहेका थप २ जना पक्राउ

समाचार
धनगढी - कैलालीका भूपेन्द्र बडुवालको हत्या प्रकरणका फरार २ जना प्रतिवादी पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार लम्कीका बडुवालको हत्या गरेको अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएका थप दुई जना आइतवार बिहान पक्राउ परेका हुन्। जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर १ थकालीपुरका २६ वर्षीय रोशनबहादुर शाही र वडा नम्बर ३ चिसापानीका २३ वर्षीय अनुज भनिने चिरञ्जिवी शाही आइतवार पक्राउ परेका छन्।  उनीहरूसमेत लम्कीका २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा सङ्लन्न रहेको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको थियो। बडुवालको २०७८ कात्तिक २३ गते हत्या भएको थियो। उनको हत्याको आरोमा १२ जनाको विरुद्धमा इलाका प्रहरी कार्यालय, टीकापुरमा किटानी जाहेरी दर्ता भएको थियो।...

धनगढीमा एक घरमा आगलागी हुँदा १० लाखको क्षति 

समाचार
धनगढी - धनगढीको एक घरमा आगलागी हुँदा दश लाखको क्षति भएको छ ।  धनगढी उपमहानगरपालिका वडा नम्बर १२ ‘ए’ गाउँका ३५ वर्षीय त्रिलोक सिंहको घरमा आगलागी भएकाले दश लाखको क्षति भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार सिंहको काठले बनेको तीन कोठे घरमा आगो लागेर अन्नपात, भाँडावर्तन, लता कपडा लगाएतका सामान जलेका हुन्।  मानवीय तथा चौपायाको भने क्षति भएको छैन। स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको थियो।...

अधर्ममाथि धर्मको विजय : फिल्म ‘हनुमान’ धनगढीको एसटीएसमा

समाचार
धनगढी - बिहीबारबाट धनगढीको एसटीएस सिनेमामा दक्षिण भारतीय चलचित्र 'हनुमान' प्रदर्शनीमा आएको छ । तेजा सज्जाले अभिनय गरेको उक्त चलचित्र भारतमा १२ जनवरीदेखि रिलिज भएको हो ।  यतिबेला चलचित्र हनुमानले चर्चा पाइरहेको छ । उक्त फिल्ममा समाजमा चलिआएको परम्परावादी सोचमा पनि प्रश्न उठाएर असल समाजको निर्माण गरिनुपर्ने सन्देश दिन खोजिएको छ । फिल्ममा अधिकांश सम्बन्धको नकारात्मक वास्तविकता र शक्तिको दुरुपयोग गर्न खोज्ने समाजका गलत व्यक्ति र प्रवृत्तिलाई पनि उजागर गरिएको छ । कमजोर भएकै कारण आफन्तको वियोग पश्चात् हुने दर्दनाक पीडादायी क्षणलाई पनि चलचित्रमा समेटिएको छ । त्यस्तै गाउँ, राष्ट्र र सारा विश्वको विकास र समृद्धिका लागि प्रत्येक व्यक्तिले आपसमा मिल्नुपर्ने सन्देश दिइएको छ भने धर्मका लागि केही क्षति व्यहोर्नुपरे पनि अन्तिममा सत्यको जित हुने र सत्यलाई साथ दिनेको मात्रै भलो हुने सन्देश...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज