
बैतडी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रदेश विकासे योजनाको निरीक्षण गर्न जिल्ला भ्रमणमा निस्किएका छन् ।
प्रदेशका नौ वटै जिल्लामा पुगेर स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीसँग भेटघाट गर्ने क्रममा मुख्यमन्त्री बिहीबार बैतडी पुगेका हुन् ।
बिहीबार गोठालापानीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले प्रदेशको विकास निर्माणको अवस्था बुझ्न पहिलो चरणमा दार्चुला, बैतडी र डडेलधुराको भ्रमणमा निस्किएको बताए ।
प्रदेश सरकार नागरिकसँग भेटघाट गर्न जिल्लामै पुगेको छ । पहाडी जिल्लाको भ्रमण सकेर अन्तिममा कैलाली र कञ्चनपुरको भ्रमण हुने उनले बताए ।

