बैतडी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रदेश विकासे योजनाको निरीक्षण गर्न जिल्ला भ्रमणमा निस्किएका छन् ।
प्रदेशका नौ वटै जिल्लामा पुगेर स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीसँग भेटघाट गर्ने क्रममा मुख्यमन्त्री बिहीबार बैतडी पुगेका हुन् ।
बिहीबार गोठालापानीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले प्रदेशको विकास निर्माणको अवस्था बुझ्न पहिलो चरणमा दार्चुला, बैतडी र डडेलधुराको भ्रमणमा निस्किएको बताए ।
प्रदेश सरकार नागरिकसँग भेटघाट गर्न जिल्लामै पुगेको छ । पहाडी जिल्लाको भ्रमण सकेर अन्तिममा कैलाली र कञ्चनपुरको भ्रमण हुने उनले बताए ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३