धनगढीमा सम्पन्न फारवेष्ट पशुपति कपको उपाधि स्टार सिटीलाई
धनगढी - एनआरएनए छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधि साविक विजेता स्टार सिटी युवा क्लब धनगढीले जितेको छ ।
शनिबार धनगढी रंगशालामा भएको फाईनल खेलमा ईलाईट युवा क्लब कैलारी गाउँपालिका वडा नम्बर ६ वनकट्टालाई ३–२ ले हराउँदै लगातार दोस्रो पटक स्टार सिटी च्याम्पीयन भएको हो ।
फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको रोमाञ्चक फाईनल खेलमा पहिलो हाफमा चार गोल भएको हो भने दोस्रो हाफमा एक गोल मात्रै भएको हो ।
पहिलो हाफको ९ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै स्टार सिटीले अग्रता बनायो । ईलाईटका खेलाडीले फल गरेपछि पाईएको पेनाल्टीलाई क्षितिज भण्डारीले गोलमा परिणत गरे । पहिलो हाफकै २६ मिनेटमा ईलाईटले खेल बराबरीमा ल्यायो । स्टार सिटीका खेलाडीले डिवक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई ईलाईटका विदेशी खेलाडी नोग्नाउ नोग्नाउले गोल गरे ।
एक एक बरीबरमा रहेको अवस्थामा पहिल...




