
कैलाली – बझाङमा ६ किलोभन्दा बढी लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् ।
बुधबार दुर्गाथली गाउँपालिकाबाट केदारस्युँ तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००९ प १४४० मोटरसाइकलमा सवार केदारस्युँ गाउँपालिका–९ का प्रेम बोहरा र सोही गाउँपालिकाको–८ का सुनिल बोहरा चरेससहित पक्राउ परेका हुन् ।
उनीहरूलाई दुर्गाथली गाउँपालिकाको आमरुखबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ६ किलो ६० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेश चौधरीले बताए । मोटरसाइकलसहित नियन्त्रणमा लिएर उनीहरू माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

