कैलाली – कञ्चनपुरमा प्रहरीेले भन्सार छलीको अवैध सामान बरामद गरेको छ ।
जिल्लाको भीमदत्त नगरपालिका– ६ बनगाउँबाट भन्सार छलीका अन्दाजी करिव १ लाख ३५ हजार सात सय मुल्य बराबरका अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरेका पानी तान्ने हत्ता, पानी नल्का, प्लाष्टिक रसी, औषधी छर्ने मेसीन, प्लास्टिक, साबुन, चिनी, सलाई लगायतका सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको छ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३