Advertisement

अन्द्राणीमा झलमल्ल बिजुली

Advertisement

मार्तडी – बाजुराको गौमूल गाउँपालिकाको दुर्गम गाउँ अन्द्राणीमा पहिलो पटक बिजुली बलेको छ । 

दुर्गम गाउँमा उज्यालो अभियान अन्तर्गत कादुरी एग्रिकल्चरल एन्ड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालले दुई वटा वडामा बिजुली पुर्‍याएको हो । 

गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार कादुरी नामक संस्थाको आर्थिक सहयोग तथा गाउँपालिकाको सहजीकरणमा लामो समयपछि बिजुली बाल्न सफलता मिलेको हो । 

अन्द्राणी लघु जलविद्युत् आयोजनाबाट एक सय किलोवाट क्षमताको विद्युत् उत्पादन गरेर वडा नम्बर १ र २ का गाउँबस्तीमा बाँडिएको छ । सल्लाको झरो र टुक्कीको प्रयोग गर्दै आएका यी दुर्गम गाउँका बस्तीमा विद्युत् सेवा उपलब्ध भएपछि स्थानीय निकै उत्साही भएका छन् । 

अँध्यारोमा रात बिताउँदै आएका नागरिकलाई उज्यालोको पहुँचमा पुर्‍याउने उद्देश्यसहित करिब नौ करोड रुपियाँको लागतमा विद्युत् निर्माण भएको अध्यक्ष रोकायाले जानकारी दिएका छन् । 

अन्द्राणी लघु जलविद्युत्बाट वडा नम्बर १ को माडी, भित्रीखोला, अम्लिस, अन्द्राणी र वडा नम्बर २ को पौदाली, मल्लोगुगुन, अजेटोट्की गाउँका ४८८ घरपरिवार लाभान्वित भएका छन् ।   – गोरखापत्रबाट 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका-३ लक्कड नि...
कैलालीमा एकैदिन लागूऔषधसहित १५ जना पक्राउ

कैलालीमा एकैदिन लागूऔषधसहित १५ जना पक्राउ

धनगढी- कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानमा शुक्रबार गरेको छुट्टाछुट्टै कारबाहीका क्रममा लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।...
आजको मौसम : गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आजको मौसम : गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यतया बद...
बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

बैतडी- बैतडीकाे पाटनमा एक युवक मृत अवस्थामा फेला परेका छन्। बुधवार जिल्लाकाे पाटन नगरपालिका- ४ तोलीस्थित सडक छेउको नालीमा एक पुरु...
डा. केसीद्वारा गेटा विश्वविद्यालयलगायतका नियुक्ति बदरको माग गर्दै सत्याग्रह घोषणा

डा. केसीद्वारा गेटा विश्वविद्यालयलगायतका नियुक्ति बदरको माग गर्दै सत्याग्रह घोषणा

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि सत्याग्रह थाल्ने घोषणा गरेका छन्। दार्चुलाबाट बुधबार प्रेस विज्ञप्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज