Advertisement

Day: २०८० मंसिर २५, सोमबार १९:२६

एलपीएल : सत्यवती एकेडेमी सेमिफाइनलमा

समाचार
धनगढी - सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ ।  सत्यवती समूह ‘डी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा सत्यवतीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले हरायो ।  सत्यवतीले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्स १९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रनमा समेटिएको थियो । यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवतीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय २६ रन बनाएको थियो ।  यस्तै सोमबार नै भएको अर्को खेलमा लिटल फ्लावर स्कुलले सान्त्वना जित निकालेको छ । लिटल फ्लावरले गरुडा नगरपालिकालाई ५७ रनले हरायो ।  जितेपनि लिटल फ्लावरले समूह चरण पार गर्न सकेन । जितका लागि लिटल फ्लावरले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको गरुडा १५ ओभरमा सबै विकेटको क्षतिमा ...

बझाङका एक एम्बुलेन्स चालक धनगढीमा चरेससहित पक्राउ

समाचार
धनगढी – बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराका एम्बुलेन्स चालक चरेससहित पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–४ पुरानो यातायात कार्यालय नजिकबाट चरेससहित एम्बुलेन्ससहित चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर–३ दाप्रु बस्ने ३७ वर्षीय रामबहादुर खाती सुदूरपश्चिम प्रदेश ०१००१ झ ०५४२ नम्बरकाे एम्बुलेन्ससहित पक्राउ परेका हुन् । खातीकाे साथबाट २ किलो ८ सय ग्राम चरेस फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।...

कैलालीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

समाचार
धनगढी - कैलालीमा मोटरसाइकल दुर्घटना हुदा सोमवार एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनी स्थित पुर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको से ३ प १४१७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका–१३ का ४५ वर्षीय कुते सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सार्कीलाई अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषण गरेका थिए । मोटरसाइकलमा पछाडी सवार रहेका एक जना घाइते भएका छन् । दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोहि ठाउँकै ३९ वर्षीय तेजबहादुर सार्कीको सेती अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।...

अन्द्राणीमा झलमल्ल बिजुली

समाचार
मार्तडी - बाजुराको गौमूल गाउँपालिकाको दुर्गम गाउँ अन्द्राणीमा पहिलो पटक बिजुली बलेको छ ।  दुर्गम गाउँमा उज्यालो अभियान अन्तर्गत कादुरी एग्रिकल्चरल एन्ड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालले दुई वटा वडामा बिजुली पुर्‍याएको हो ।  गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार कादुरी नामक संस्थाको आर्थिक सहयोग तथा गाउँपालिकाको सहजीकरणमा लामो समयपछि बिजुली बाल्न सफलता मिलेको हो ।  अन्द्राणी लघु जलविद्युत् आयोजनाबाट एक सय किलोवाट क्षमताको विद्युत् उत्पादन गरेर वडा नम्बर १ र २ का गाउँबस्तीमा बाँडिएको छ । सल्लाको झरो र टुक्कीको प्रयोग गर्दै आएका यी दुर्गम गाउँका बस्तीमा विद्युत् सेवा उपलब्ध भएपछि स्थानीय निकै उत्साही भएका छन् ।  अँध्यारोमा रात बिताउँदै आएका नागरिकलाई उज्यालोको पहुँचमा पुर्‍याउने उद्देश्यसहित करिब नौ करोड रुपियाँको लागतमा विद्युत् निर्माण भएको अध्यक्ष रो...

विद्युत प्राधिकरणको बझाङ कार्यालयमा तालाबन्दी

समाचार
कैलाली - नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र कार्यालयमा तालाबन्दी गरिएको छ। शनिबार करेन्ट लागेर मृत्यु भएका केदारस्युँ गाउँपालिकाका राम भण्डारीको उचित क्षतिपूर्तिको माग गर्दै नेपाल कम्युनिस्ट पार्टीले आइतबार तालाबन्दी गरेको हो। पार्टीले पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेको छ।...

रास्वपा संसदीय दलको बैठक बस्दै

समाचार
कैलाली - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ । बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशन लगायत विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।

भारतमा एक नेपाली युवकमाथि गाेली प्रहार

समाचार
कैलाली - विराटनगरका एक युवकमाथि भारतको जाेगबनीमा गाेली प्रहार भएको छ ।   विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जाेगबनीमा आइतबार साँझ गाेली प्रहार भएको हाे । गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनकाे वायाँ तिघ्रामा गाेली लागेकाे छ । विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियाे । उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गाेली प्रहार भएको उनले बताए । उनलाई सशस्त्र प्रहरीको टाेलीले उद्दार गरी अस्पताल पुर्याएकाे थियाे ।...

कञ्चनपुरमा एक वर्षमा सक्नुपर्ने पुल सात वर्षसम्म अलपत्र 

समाचार
धनगढी - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल एक वर्षमा काम सक्ने गरी २०७३ सालमा निर्माण सम्झौता भएको थियो । तर पटक पटक म्याद भएर सात वर्ष बिती सक्दा समेत अझै काम अलपत्र छ ।  पुल नहुँदा स्थानीय बासीले सास्ती खेप्नु परेको छ । पुल निर्माणको ठेकेदार र निर्माणको नियमन गराउने सडक डिभिजन कार्यालय महेन्द्रनगरका कर्मचारीको मिलेमतो रहेको आरोप स्थानीय बासीले लगाएका छन् । सात वर्षसम्म काम नसक्दा ठेक्का तोडेर अन्य कम्पनीलाई दिन नसक्नु र ठेकेदारसँग कर्मचारीको उठबसका कारण स्थानीय बासीले सास्ती खेप्नु परेको स्थानीय दिलबहादुर खत्रीले बताए । विसं २०७३ भदौ १७ गते थेगिम गाल्वा जेभीले रु पाँच करोड ४७ लाखमा ओदाल खोलाको पुल निर्माणको ठेक्का पाएको थियो । सुरुआतमा विसं २०७४ फागुन १५ गते पुल निर्माण गरिसक्नुपर्ने अवधि थियो । तर पटक पटक म्याद थप गर्दा पनि अहिलेसम्म पु...

१२ वटा कम्पनी सरकारको कालोसूचीमा

समाचार
कैलाली - सरकारले विभिन्न १२ वटा निर्माण तथा आपूर्ति कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् । यी कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।...

जाजरकोट भूकम्प : नौ करोड बढीको खाद्यान्न नष्ट

समाचार
कैलाली  - जाजरकोट भूकम्पबाट नौ करोडभन्दा धेरै मूल्य बराबरको खाद्यान्न नष्ट भएको छ ।  भूकम्पका कारण ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार नौ सय रुपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गएको कात्तिक १७ गते रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट नौ हजार सात सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । भूकम्पले धान, मकै, गहुँ र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार सात सय २५ किलो धानसहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ ।  जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार पाँच सय ६७ मानिस प्रत्यक्षरुपमा प्रभावित भएका छन् । रुकुम पश्चिममा भएको नोक्सानीको भने तथ्याङ्क आउन बा...

कैलालीमा लागूऔषधसहित डोटीका दुई जना पक्राउ

समाचार
धनगढी - कैलालीमा लागूऔषधसहित डोटीका दुई जना पक्राउ परेका छन् ।  जिल्लाको धनगढी उपमहानगरपालिका-२ त्रिनगर स्थित पोष्ट अगाडीबाट डोटीका निश्चल शाही र मनोज रावल पक्राउ परेका हुन् । डोटीको केआईसिंह गाउँपालिका-१ बस्ने २० वर्षीय निश्चल शाही र केआईसिंह गाउँपालिका-२ बस्ने २१ वर्षीय मनोज रावललाई १३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित हिजो (आइतबार) दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीहरू भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज