Advertisement

जाजरकोट भूकम्प : नौ करोड बढीको खाद्यान्न नष्ट

Advertisement

कैलाली  – जाजरकोट भूकम्पबाट नौ करोडभन्दा धेरै मूल्य बराबरको खाद्यान्न नष्ट भएको छ । 

भूकम्पका कारण ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार नौ सय रुपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।

गएको कात्तिक १७ गते रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट नौ हजार सात सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । भूकम्पले धान, मकै, गहुँ र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार सात सय २५ किलो धानसहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ । 

जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार पाँच सय ६७ मानिस प्रत्यक्षरुपमा प्रभावित भएका छन् । रुकुम पश्चिममा भएको नोक्सानीको भने तथ्याङ्क आउन बाँकी छ । 

दुवै जिल्लाका भूकम्प पीडितहरु चिसोको मारमा परेका छन् । भूकम्प गएको एक महिनाभन्दा लामो समय भइसक्दा पनि उनीहरु चिसो भुइँमा त्रिपालमुनि बस्न बाध्य भएका छन् । पहिलो चरणमा एक सरो राहत बाँडे पनि त्यो पर्याप्त देखिएको छैन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङ भीरबाट लड्दा एक किशोरीको मृत्यु

बझाङ भीरबाट लड्दा एक किशोरीको मृत्यु

बझाङ- बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्युु भएको छ ।जिल्लाको बुंगल नगरपालिका-२ मलेराकी १७ वर्षीया डम्मरा धामी भीरबाट लडेर मृत्यु ...
बझाङमा आज साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सवारी आवागमन बन्द

बझाङमा आज साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सवारी आवागमन बन्द

बझाङ- बझाङमा रातिकाे समयमा सवारी साधन आवागमन बन्द  गरिएकाे छ । अविरल वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशास...
कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

धनगढी- कञ्चनपुरमा च्याउ टिप्न भन्दै जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित दशरथ टोलका त...
डोटीका प्रथम पत्रकार तथा वरिष्ठ साहित्यकार धनबहादुर मल्लको निधन

डोटीका प्रथम पत्रकार तथा वरिष्ठ साहित्यकार धनबहादुर मल्लको निधन

डोटी- डोटीका प्रथम पत्रकार, वरिष्ठ साहित्यकार, मूर्तिकार तथा पूर्व शिक्षक धनबहादुर मल्लको निधन भएको छ। दिपायल सिलगढी नगरपालिका-६, ...
बझाङको चैनपुरबाट जुवा खेल्दै गरेका ९ जना पक्राउ, ५३ हजार ९९० रुपैयाँ नगद बरामद

बझाङको चैनपुरबाट जुवा खेल्दै गरेका ९ जना पक्राउ, ५३ हजार ९९० रुपैयाँ नगद बरामद

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रह...
धादिङमा राति सवारी सञ्चालनमा रोक, बाढी–पहिरोको जोखिमपछि प्रशासनको निर्णय

धादिङमा राति सवारी सञ्चालनमा रोक, बाढी–पहिरोको जोखिमपछि प्रशासनको निर्णय

काठमाडौँ- बाढी, पहिरो तथा सडक अवरोधको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार राति अत्यावश्यक बाहेकका स...
गौरीफन्टा सीमानाकामा रुख ढल्यो, बझाङका अटोरिक्सा चालक गम्भीर घाइते

गौरीफन्टा सीमानाकामा रुख ढल्यो, बझाङका अटोरिक्सा चालक गम्भीर घाइते

धनगढी- नेपाली-भारतीय सीमानाका गौरीफन्टामा रुख ढल्दा एक नेपाली अटोरिक्सा चालक गम्भीर घाइते भएका छन्। आइतबार बिहान गौरीफन्टास्थित क्...
दार्चुलामा अति भारी वर्षाको चेतावनी, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

दार्चुलामा अति भारी वर्षाको चेतावनी, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

दार्चुला- जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २ र ३ गते सम्भावित अति भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज