
कैलाली – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ ।
आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ ११ गते हुने राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने निर्णय गरेकाे पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख माेहनकुमार श्रेष्ठले जानकारी दिए ।
यसका लागि अन्य दलसँग आवश्यक सहयोग जुटाउन संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।