धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ जगतपुर निवासी २३ वर्षीय समिर डगौरा रहेका छन्।
प्रहरीका अनुसार बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

