
कैलाली – बझाङमा जिप दुर्घटना भएको छ ।
छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर-१ को गुरेल्थुमा से १ ज ५९३ नम्बरको जिप दुर्घटना भएको हो।
चैनपुरबाट विद्युतका सामाग्री बोकेर गुरेल्थुमा जाँदै गरेको जिप शनिवार कोल्ढुङ्गा नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ ।
जिपका यात्रु सकुशल रहेका छन् भने चालक दिनेश धामीलाई चोट लागेको छ । उनको चैनपुरमा रहेको जिल्ला अस्पतालमा उपचार हुँदैछ। जिपमा क्षति भएको छ ।