सुदूरपश्चिम प्रदेशका सामाजिक मन्त्री साउँदद्वारा धनगढी स्थित आसरा सुधार गृह निरिक्षीण
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले धनगढी उपमहानगर पालिका वडा नं १४ फुलबारी स्थीत आसरा सुधार गृहको निरिक्षण गरेका छन् ।
शनिबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी भरत बोहरा र मन्त्री साउँदले सयुक्त रुपमा सुधार गृहको निरीक्षण गरेका हुन । सुधारगृह निरीक्षणको क्रममा मन्त्री झपट साउँदले प्रहरीले प्रशंसनिय कार्य गरेको बताए । उनले अहिले समाजमा लागु औषध सेवनकर्ता हरुबाट समस्या श्रृजना भएको भन्दै सुविधा सम्पन्न सुधार गृहले टेवा पुराउने बताए । साउँदले भने–यो काम राज्यको पनी हो, यसमा प्रदेश सरकारले तत्तकाल कस्तो सहयोग गर्न सक्छ, गर्छ, ।लागुपदार्थ सेवन बाट दुव्र्यसनमा फसेका व्यक्तिहरुको सुधारको लागि डिआईजी बोहराको सक्रियतामा उक्त सुधार गृहको निर्माण गरीएको हो ।
समाजमा लागुपदार्थ सेवन कर्ताहरुकै कारण विभिन्न अपराधिक गतिविधि हुने गरेकोले त्यसको निराकरण गर्...

