Advertisement

Day: २०८० मंसिर ९, शनिबार ०९:५८

विपिन जोशीको रिहाइमा सघाउन कतारसँग प्रधानमन्त्रीको आग्रह

समाचार
कैलाली - प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासले बन्धक बनाएका नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन् ।  नेपालको औपचारिक भ्रमणमा रहनुभएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग हिजो भएको भेटमा प्रधानमन्त्रीले उक्त आग्रह गरेका हुन् । मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल गरे । यस्तै, परराष्ट्रमन्त्री एनपी साउदले पनि राज्यमन्त्री मुरैखीसँगको भेटमा जोशीको रिहाइका लागि सहयोग गर्न आग्रह गरेका छन् । नेपालको आग्रहलाई सकारात्मक रुपमा लिँदै कतारी राज्यमन्त्रीले विपिनको रिहाइका लागि प्रयास गर्ने आश्वासन दिएका छन् । हिजोदेखि शुरु भएको चार दिने युद्धविरामकै क्रममा विपिनको रिहाइका लागि सरकारले इजरायलसँग पनि आग्रह गरेको ...

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

समाचार
कैलाली - नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दोस्रो दिन आज दुई खेल हुँदै छन् ।  पहिलो खेलमा पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।  खेल दिउँसो १ बजे दशरथ रंगशालमा सुरु हुनेछ । आज हुने दोस्रो खेलमा ललितपुर सिटी एफसी र बुटलव लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ५ बजे हुनेछ ।

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

समाचार
कैलाली - पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका चालक पूर्वखोला गाउँपालिका–५, कर्नेडाँडाका ४० वर्षीय चन्द्रबहादुर काम्मु रहेको प्रहरीले जनाएको हो । शुक्रबार साढे तीन बजेतिर पूर्वखोला-५, को कर्नेडाँडा पोखरीछाँपदेखि भित्री सडकतर्फ जाँदै गरेको लु४त ६५५३ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते उनलाई उपचारका लागि तानसेनस्थित पाल्पा अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।...

चिसोका कारण हालसम्म १३ भूकम्पपीडितको मृत्यु

समाचार
कैलाली - चिसोका कारण जाजरकोट र रुकुम पश्चिममा १३ जनाले ज्यान गुमाएका छन्।  हालसम्म जाजरकोटमा ११ र रुकुम पश्चिममा दुई जनाले ज्यान गुमाएका हुन्। १७ कात्तिकमा रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका पीडितहरु मंसिरको चिसोका कारण झन् समस्यामा परेका छन्।  पीडितहरुमा रुघाखोकी, ज्वरो र पखालाको समस्या देखिएको छ।...

पोर्चुगलमा साथीले छुरा प्रहार गर्दा एक नेपाली युवकको मृत्यु

समाचार
कैलाली - आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नगरपालिका-१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको जनाइएको छ । मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको मृत्युबारे परिवारलाई जानकारी गराइएको बताइएको छ । पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार-१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत मङ्गलबार राति छुरा प्रहार गरेका थिए ।  मदिराले मातेका गुरुङले क्षेत्रीलाई छुरा प्रहार गरेको पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्र...

बर्दियाको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु

समाचार
कैलाली - बर्दियाको गुलरियामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।  राती सुतिरहेको समयमा आगलागी हुँदा तीन जना बालबालिकासहित चार जनाको मृत्यु भएको हो । गुलरिया नगरपालिका वडा नं ४ तुलापुरको एक घरमा राति करिब १० बजे आगलागी भएको थियो ।  सदरमुकाम नजिकै भएको आगलागीमा परि डेढ वर्षीय कार्तिक चन्द, ७ वर्षीय कृष चन्द, १० वर्षीया मानषी बुढा र ३२ वर्षीया राधा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी २८ वर्षीया करिस्मा चन्द आगलागीमा परि घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।  आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सिराम अर्यालले बताए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज