Advertisement

Day: २०८० आश्विन २३, मंगलवार १८:१०

बझाङमा निरन्तरको भुकम्पपछि सेस्मोमिटर जडान

बझाङमा निरन्तरको भुकम्पपछि सेस्मोमिटर जडान

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ – बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन् । सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा. शिव सुवेदीले जानकारी दिए । उनका अनुसार आइतबार तलकोट गाउँपालिकाको खौलाबजार, सोमबार सुर्मा गाउँपालिकाको दौलिचौरमा सेस्मोमिटर जडान गरिएको छ भने त्यसपछि दक्षिणतर्फ जयपृथ्वी नगरपालिकामा जडान गर्ने तयारी भइरहेको छ । चैनपुरमा आधार मानेर पूर्व–पश्चिम, उत्तर–दक्षिण गरी चारै दिशामा सेस्मोमिटर जडान गर्दा भूकम्पको केन्द्र, समय, रेक्टरस्केल पत्ता लगाउन सजिलो हुने सेस्मोमिटर जडान गरिएको भूगर्भ तथा खानी विभागका निर्देशक तथा वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीले बताए...
इजरायलमा मारिएका नेपालीको सम्मानमा आज राष्ट्रिय शोक 

इजरायलमा मारिएका नेपालीको सम्मानमा आज राष्ट्रिय शोक 

अन्तर्राष्ट्रिय, मुख्य समाचार
इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।’ उनका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी छ । मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ । यो रकम अर्थ मन्त्रालयले गृहसँग समन्वय गरेर उपलब्ध गराउनेछ । इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँग समन्वय र सहयोग...
बाजुरामा करेन्ट लागेर एक जनाको ज्यान गयो

बाजुरामा करेन्ट लागेर एक जनाको ज्यान गयो

बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका–६ बुढा कोर्ध बस्ने ४५ वर्षीया रेवती वडुवालको करेन्ट लगेर घटनास्थलमै आइतवार दिउँसो मृत्यु भएको हो। सोही वडाको भेगुनी लेकमा बाख्रा चराउन गएको बेला सोही ठाउँस्थित कोर्धलिगार्ड लघुजलविद्युत आयोजनाको शाखा लाईनको विद्युतको तारमा छुनगई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।...
बझाङमा गएको भूकम्पबाट सात हजारभन्दा बढी संरचना क्षति

बझाङमा गएको भूकम्पबाट सात हजारभन्दा बढी संरचना क्षति

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा गएको भूकम्पबाट सात हजारभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ । गत हप्ताको मङ्गलबार दिउँसो सदरमुकाम चैनपुरलगायतका क्षेत्रमा केन्द्र बनाई ५.३ र ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण एक जनाको मृत्यु र २९ जना घाइते भएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ । घाइते हुनेमा बझाङमा २१, अछाममा तीन, बैतडीका तीन र बाजुरामा दुई जना छन् । यसै गरी भूकम्पबाट सात हजार १६५ वटा भौतिक संरचनामा क्षति पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रादेशिक विपत् कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ८३८ निजी घर र छ वटा सरकारी कार्यालय गरी ८४४ संरचना पूर्ण रूपमा क्षति भएको छ । त्यसै गरी छ हजार २३८ निजी घर र ८३ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ । भूकम्पका कारण भौतिक संरचना भत्किँदा नौ वटा पशुचौपायाको मृत्यु र एउटा घाइते भएको केन्द्रका प्रादेशिक ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज