बझाङमा पनि मनाइयो २० औं निजामती सेवा दिवस
बझाङ : बझाङमा पनि २० औं निजामती सेवा दिवस मनाइएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ जिल्लामा विभिन्न कार्यक्रम गरी आज निजामती सेवा दिवस मनाएको हो । जिल्ला प्रशासन कार्यालय बझाङको आयोजनामा प्रभातफेरीका साथै विभिन्न औपचारिक कार्यक्रम गरेर २० औं निजामती सेवा दिवस मनाइएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।
दिवसको अवसरमा आज जिल्ला प्रशासन कार्यालयबाट चैनपुर बजारमा प्रभातफेरी कार्यक्रम, महिला कर्मचारीहरुको हन्डिफोर र जिल्लाब्यापी अन्तर कर्मचारी ब्याटमिन्टन प्रतियोगिता गरिएको छ । दिबसको अबसरमा कर्मचारी मिलन केन्द्र बझाङले सञ्चालन गरेको डबल ब्याटमिन्टन प्रतियोगिताबाट बिजेता टिमलाई पुरस्कार हस्तान्तरण सहित सम्मान गरिएकोे छ । ब्याटमिन्टन प्रतियोगितामा बिजेता टिमलाई प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेद्वारा नगद पुरस्कार सहित प्रमाणपत्र हस्ता...



