अछाममा राष्ट्रिय परिचयपत्र बनाउन गएका ७३ वर्षीय वृद्धको मृत्यु
अछाम- अछाममा राष्ट्रिय परिचयपत्र बनाउन गएका तुर्माखाँद गाउँपालिका–३, लकान्द्रका ७३ वर्षीय मनहरे कामीको मृत्यु भएको छ।
मंगलबार बिहान कमलबजारस्थित राष्ट्रिय परिचयपत्र दर्ता केन्द्रमा पुगेका कामी कार्यालय परिसरमै अचानक ढलेका थिए। तत्कालै उनलाई नजिकैको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको भए पनि चिकित्सकले साढे १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए।
स्थानीयका अनुसार कामी कमलबजार नगरपालिका–२, कालापोखरास्थित नगरपालिकाको ग्राउन्डतर्फ जाँदै गर्दा ढलेका थिए। टाढा घर भएकाले आफन्त आइपुगेपछि मात्र बाँकी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
सामाजिक सुरक्षा भत्ता पाउन सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि ग्रामीण भेगका ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा शारीरिक वा आर्थिक रूपमा अशक्त व्यक्तिहरूलाई कष्टकर यात्रा र ...












