Advertisement

हाम्रो बारेमा

बाजुरामा जीप दुर्घटना : एकको मृत्यु, एक घाइते

समाचार
कैलाली - बाजुराको कर्णाली करिडोरको धुलाचौर नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।  मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका-९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिं ऐरीले बताए । उनका अनुसार हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको थियो ।  सो दुर्घटनामा घाइते हुने गौमुल गाउँपालिका-३ का अन्दाजी १९ वर्षीय वसन्त धामी रहेको प्रहरी निरीक्षक ऐरीले बताए । सो जीपमा चालकसहित चार जना सवार रहेका बताइएको छ ।  जीपका चालकसहित एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । जीपचालक खत्याड-९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रणमा लिइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...

सेती अस्पतालको एम्बुलेन्स दुर्घटना

समाचार
धनगढी - सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ । बिहीवार बिहान ४ बजे सदूरपश्चिम प्रदेश ०१००१० प २५७२ नम्बरको मोटरसाइकल र बा १ झ ८७९९ नम्बरको सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स एक आपसमा ठोकिदा दुर्घटना भएको हो । एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक मोहन्याल  गाउँपालिका वडा नम्बर-१ बसन्तगडाका २५ वर्षीय गणेश घर्तिमगर घाईते भएको ट्रफिक प्रहरी अत्तरियाले जनाएको छ ।  अस्पतालको एम्बुलेन्स बिरामी बोकेर नेपालगन्ज जाँदै गर्दा बर्दगोरिया गाउँपालिका वडा नम्बर-२ बौनिया गाउँ नजिक महेन्द्रराजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाईते मगरको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । एम्बुलेन्स र एम्बुलेन्स चालक गोविन्द प्रसाद दहाल बौनिया प्रहरीको नियन्त्रणमा रहेका छन् ।...

कैलालीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु 

समाचार
धनगढी - कैलालीमा मोटरसाइकल एक आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकाको वडा नम्बर-२ बौनिया गाउँ नजिक महेन्द्रराजमार्गमा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । बुधवार बेलुका सुमन थारुले चलाएको से ७ प ५३४७ र लवकुश चौधरिले चलाएको सुदूरपशिचम प्रदेश ०१००१० प १९०२ नम्बर को मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका वडा नम्बर-२ का २५ वर्षीय सुमन थारुको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा राति मृत्यु भएको जनाइएको छ ।  घाईते बर्दगोरिया-२ कुम्भियाका ४९ वर्षीय लवकुश चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइ रहेको र उनको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।...

नेपाल सुपर लिगमा आज धनगढी र बुटवल लुम्बिनी खेल्दै

समाचार
कैलाली - नेपाल सुपर लिग (एनएसएल) मा आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसी खेल्नेछन् ।  यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । हिजो भएको खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् । बराबरीसँगै दुवै टोलीको समान दुई खेलमा समान चार अङ्क भएको छ । पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २–० गोलले र पोखराले एफसी चितवनलाई १–० गोलले हराएको थियो । एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन् ।...

मिसन–८४ ले देश बन्दैन : बालेन शाह

समाचार
कैलाली - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन–८४ ले देश नबन्ने बताएका छन् ।  उनले बुधवार राति सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै आक्रोश पोखेका हुन् । उनले राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति व्यंग्य गरेका छन् । ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ,’  उनले लेखेका छन् ।...

हात्तिको आक्रमणबाट एक जनाको मृत्यु

समाचार
कैलाली - सुनसरीको इटहरी उपमहानगरपालिका-२ स्थित बुढासुब्बा चोकमा जङ्गली हात्तीको आक्रमणबाट एक जना स्थानीयको मृत्यु भएको छ। गएराति बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रको बाटोमा रविन खड्कालाई हात्तीले आक्रमण गरेको थियो। आक्रमणमा परेका खड्का घट्ना स्थलमानै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।...

रास्वपाका सबै सांसद केन्द्रीय सदस्य

समाचार
कैलाली – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् ।  महोत्तरीको जलेश्वरमा आज बुधवार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।  पार्टीका छ जना सांसद यसअघि नै केन्द्रीय सदस्य थिए । याे निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको सङ्ख्या ५४ पुगेको छ । पार्टीका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १५ जना सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिनुभयो ।  बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो ।...

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

समाचार
धनगढी - धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-११ बेलास्थित सडकमा से २ प २६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-५ बस्ने ३८ वर्षीय खेम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पुर्‍याइएको थियो । अस्पताल पुर्‍याइएको केहीबेरमा उनको मृत्यु भएको हो ।  दुर्घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।...

फोटो प्रतियोगिता गर्दै नेपाली सेना

समाचार
कैलाली - नेपाली सेनाले सेनासँग सम्बन्धित विभिन्न विषयलाई लिएर फोटो प्रतियोगिता गर्ने भएको छ। विभिन्न क्याटेगोरीमा नेपाली सेनाले फोटो प्रतियोगिता २०८० गर्न लागेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ। सेनासँग सम्बन्धित तालिम, खेलकुद, समारोह, सैनिक कारवाहीका गतिविधि, नागरिक र सेना सहकार्य तथा अन्य विषयका फोटो प्रतियोगितामा सहभागी हुनसक्ने जनाइएको छ। प्रतियोगितामा सहभागी पहिलो हुने फोटोलाई ५० हजार रुपैयाँ, दोश्रो हुनेलाई ३५ हजार रुपैयाँ, तेश्रो हुनेलाई २५ हजार रुपैयाँ र सान्त्वना हुनेलाइ १० हजार रुपैयाँ पुरस्कार दिइने जङ्गी अड्डाले जनाएको छ। प्रतियोगितामा सहभागी हुन आगामी मंसिर २१ गतेसम्म photo.nepalarmy.mil.np मा फोटो पठाउनुपर्ने जनाइएको छ।...

अछामको एक पालिकामा तालाबन्दी

समाचार
कैलाली - करारका कर्मचारीको विषयलाई लिएर सुरु भएको विवादले कमलबजार नगरपालिकामा फेरि तालाबन्दी भएको छ। नेपाली कांग्रेसबाट निर्वाचित मेयर यज्ञप्रसाद ढकालले करारका कर्मचारीलाई हटाउन नहुने र नेकपा एमालेबाट निर्वाचित उपमेयर शारदा विष्ट कुँवरले जसरी भएपनि हटाउनु पर्ने विषयलाई लिएर विवाद कायमै छ।  कार्यपालिकामा अल्पमतमा रहेका मेयर र बहुमतमा रहेकी उपमेयरबिचको विवादले नगरले अहिलेसम्म बजेट ल्याउन सकेको छैन भने नगरसभा पनि हुन सकेको छैन। दुई दलको विवादका कारण जनताले दुःख पाएको भन्दै अन्य राजनीतिक दलले असोजमा नै नगरमा तालाबन्दी गरेका थिए। तत्काल विवाद समाधान गर्ने र बजेट ल्याउनेगरी विवादित पक्षले सहमति गरेपछि ताला खोलिएको थियो। समस्या समाधान गर्ने भनेर निर्णय गर्ने तर कार्यान्वयन नगरेपछि कर्मचारी र शिक्षक महासंघले कमलबजार नगरपालिकामा पुनः तालाबन्दी गरेको छ। कात्तिक २१ गते बसेको कमलबज...

रुस–युक्रेन युद्धमा तीन नेपालीको मृत्यु : ९ दिनपछि घटना सार्वजनिक

समाचार
कैलाली – रुस युक्रेन युद्धमा तीन जना नेपालीको ज्यान गएको घटना ९ दिनपछि सार्वजनिक भएको छ ।  रुसको मस्कोमा रहेको नेपाली दूतावासले गएको ८ गते सूचना निकालेर रुसी सेनामा कार्यरत रहेका तीन जना नेपालीको कात्तिक २९ गते ज्यान गएको जानकारी गराएको हो ।  रुसी सेनालाई हवाला दिँदै नेपाली दूतावासले स्याङ्जाको पुतलीबजार नगरपालिका ५ ठूलास्वाँराका पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका ६ सुनारपानीटोलका राजकुमार रोका र इलामको इलाम नगरपालिका ५ का गंगाराज मोक्तानको ज्यान गएको जनाएको छ । नेपाली दूतावासले रुसी सेनामा कार्यरत उनीहरुको ज्यान कुन अवस्थामा गएको भन्ने जानकारी भने उल्लेख गरेको छैन । दूतावासले ज्यान गुमाएकाका परिवारलाई घटना बारे जानकारी दिन र शवको व्यवस्थापनका लागि सहजिकरण गरिदिन नेपालमा रहेको कन्सुलर सेवा विभागलाई अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले घटनाको बारेमा जानकारी लिने प्रयास...

श्रीमान्–श्रीमतीकाे झगडाका कारण बैंकक जाँदै गरेकाे विमान दिल्ली ‘डाइभर्ट’

समाचार
एजेन्सी - यात्रीको उद्दण्ड व्यवहारका कारण जर्मनीको म्युनिखबाट थाइल्यान्डको बैंकका लागि उडेको लुफ्थान्साको विमानलाई बुधवार दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।  श्रीमान्–श्रीमतीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले विमान दिल्ली डाइभर्ट गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनाबारे दिल्ली विमानस्थलको उड्डयन सुरक्षाले भनेको छ, ‘श्रीमान्–श्रीमतीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुपर्‍यो ।’ विमानले शुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो तर त्यो अनुरोधलाई पूरा गरिएन । त्यसपछि विमान सुरक्षितरूपमा दिल्ली विमानस्थलमा अवतरण भयो । विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षालाई बुझाइएको छ । लुफ्थान्सा एअरले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज