Advertisement

हाम्रो बारेमा

मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि हातपात

समाचार
बागलुङ - मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बागलुङमा हातपातको भएको छ ।  नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँ माथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले हातपात गरेका हुन् । बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले हातपात गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । उनले भने, "दुर्गा प्रसाईँ मञ्चमा उक्लिने क्रममा गौतमबाट हातपातको प्रयास भएको हो । प्रहरीले तत्कालै नियन्त्रणमा लियो । कुनै अप्रिय घटना हुन पाएन ।"  गौतमलाई अहिले जिल्ला प्रहरी कार्यालय बागलुङमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताए ।...

बाजुराको स्वामीकार्तिककी उपाध्यक्ष जोशीको निधन

समाचार
धनगढी - बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ। गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाका अनुसार उपाध्यक्ष जोशीको ५२ वर्षको उमेरमा बिहीबार बिहान करिब ४ बजे आफ्नै घरमा निधन भएको हो। उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन्। ललितपुरको किष्ट अस्पतालमा उपचार गराएर हालै उनलाई घर लगिएको थियो।  २०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा जोशी नेपाली कांग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।...

एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण

समाचार
कैलाली - गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच  परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन् ।  धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्।  उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन् । उनले भनिन् “सानैदेखि  नर्सिङ विषय पढ्ने रहर थियो  ।  छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ । ” परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको बताइन् । उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर...

१५ लाख घुससहित एक वडाध्यक्ष पक्राउ

समाचार
काठमाडौं - काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुस लिएको आरोपमा पक्राउ परेका छन् ।  उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । १५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानीज ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । बादे नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी नेविसंघ काभ्रेका पूर्वअध्यक्षसमेत हुन् । कार चालक प्रधान सिन्धुपाल्चोक बाह्रबिसेका हुन् ।...

धनगढीमा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

समाचार
धनगढी - धनगढी उपमहानगरपालिका स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतिया्ेगिताको धनगढी उपमहानगरकी उपप्रमुख कन्दकला रानालो धनगढी रङशालामा आज बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिन् ।  ५ दिनसम्म संचालन हुने प्रतियोगितामा धनगढी उपमहानगरपालिका भित्रका २५ सामुदायिक र १२ संस्थागत गरि ३७ वटा विद्यालयको सहभागीता रहेको छ । प्रतियोगितामा विभिन्न खेलमा गरि सामुदायिक विद्यालयका १२३७ र संस्थागत विद्यालयका २५५ गरि १४९२ खेलाडी सहभागि भएका छन् । हरेक बर्ष गरिने विद्यालयस्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा ६ वटा विधामा ५२ वटा इभेन्ट खेलाइने छ । प्रतियोगितामा छात्रा र छात्र तर्फका भलिबल, कबड्डी, दौड, हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटपट, मार्सल आर्ट, तेक्वान्दो, उसु जस्ता खेलहरु खेलाइने जनाइएको छ । राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताका लागि उपमहानगरपालिकाब...

धनगढीद्वारा मालपोत कार्यालयमा १० लाखको सोलार जडान 

समाचार
धनगढी - धनगढी उपमहानगरपालिकाले मालपोत कार्यालय धनगढीमा सोलार पावर जडान गरेको छ।  विद्युत् गएको समयमा मालपोतको सेवा अवरुद्ध हुने भएकाले उपमहानगरपालिकाले सोलार पावर जडान गरेर सहयोग गरेको हो। भूमि सुधार तथा मालपोत कार्यालय, धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका, बर्दोगोरिया गाउँपालिका र भजनी नगरपालिकाका जनताले सेवा लिने गर्दछन्। विद्युत सेवा अवरुद्धभयो भन्ने मालपोत कार्यालयको सेवा ठप्प रहने अवस्थाको अन्त्य गर्न उपमहानगरपालिकाले सोलार पावर जडान गरेको नगरप्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ।  धनगढी उपमहानगरपालिकाले ९ लाख ९८ हजारको लागतमा सोलार पावर जडान गरेको जनाएको छ। नेपाल उर्जा विकास कम्पनी प्रालि, काठमाडौंले भूमिसुधार तथा मालपोत कार्यालयमा सोलार ईन्भटर पावर व्याकपको जडान कार्य गरेको हो। ...
नेपालगञ्ज न्युरो अस्पताल दोश्रो वार्षिक उत्सव समापन !

नेपालगञ्ज न्युरो अस्पताल दोश्रो वार्षिक उत्सव समापन !

समाचार
नेपालगञ्ज न्यूरो अस्पताल स्थापना भएको अवसरमा आयोजित दोश्रो वार्षिक उत्सव भव्य रुपमा कार्यक्रम सफल भए सँगै कार्यक्रम मा स्वागत मन्तव्य न्यूरो अस्पतालका फार्मेसी इन्चार्ज दिनेश बिष्ट ज्यूले राख्नु भएको थियो। नेपालगञ्ज न्यूरो अस्पतालको दोश्रो वार्षिक उत्सव भव्य रुपमा सफल पार्नु पर्छ भनि उपस्थिति हुनु भएका महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्रमुख डा लाल मडी आश्चर्य विशिष्ट अतिथिको रुपमा नेपालगंज न्यूरो अस्पताललाई सुझब सल्लाह सहित शुभकामना आदान गर्नु भएको थियो। नेपालगञ्ज न्यूरो अस्पताल लाई आत्मा साथ गर्दै स्थापना कालदेखि अओरात्त्र रूपमा काम गर्दै न्यूरो सर्जरी डा जोशन न्यौपानेको प्रमुख अतिथिमा न्यौपाने भन्नु हुन्छ आगामी दिनहरुमा सामाजिक कार्यमा पनि आबद्ध हुँदै साथ र सहयोग गर्दै अगाडि बढ्ने छु भन्दै वार्षिक उत्सवको अवसरमा नेपालगञ्ज न्यूरो अस्पतालमा कार्यरत कर्मचारीलाई उत्कृ...

अवरोधकाबीच गोदावरीको प्रशासनिक भवन उद्घाटन

समाचार
धनगढी - कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ। बिहीबार नेकपा एमालेको अवरोधकाबीच नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन्। भवन पुनः उद्घाटनको एमालेले बिरोध जनाएको छ। एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ मा प्रशासनिक भवनको उद्घाटन गरेको भवनको कांग्रेसबाट निर्वाचित अहिलेका मेयर बिरेन्द्र भट्टले बिहीबार उद्घाटन कार्यक्रम राखेपछि बिहान तनाव सिर्जना भएको थियो। प्रशासनीक भवन पुनः उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएको नेकपा एमालेले नगरपालिका घेराउ गरेको थियो।...

बैतडीमा टिप्पर दुर्घटना, सहचालकको मृत्यु

समाचार
बैतडी - बैतडीमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–०१ घर भएका सहचालक १९ वर्षीय रोहित दयाल छन्।  रोहितको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। मेलौलीबाट पाटनतर्फ गइरहेको सुप्रप ०१ ००१क २३९४ नम्बरको टिप्पर लामालेक हतरंगा जाने सडक नजिकै दुर्घंटनामा परेको हो। दुर्घटनामा परेर टिप्पर चालक मेलौली नगरपालिका–०१ का २४ वर्षीय गम्भीर टमटा सामान्य घाइते भएका छन्। चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त टिप्पर सडकबाट ५० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।...

देश वृद्धाश्रम बन्ने खतराबाट मुक्त गर्छौं : उपप्रधानमन्त्री श्रेष्ठ

समाचार
काठमाडौं - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवा विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने बताएका छन् । बिहीवार एक कार्यक्रममा बोल्दै उनले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए । उनले विदेश गएका युवाहरुलाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढिरहेको बताए । विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित अहिले सरकारले काम गरिरहरेको बताउँदै उनले सुशासन प्रभावकारी बनाउने र इकोनोमी एक्टिभिटी बनाउने काम भइरहेका बताए । उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरुलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने उनले बताए ।...

छोराको हत्या आरोप लागेका बाबु कैलालीबाट पक्राउ

समाचार
सुर्खेत - पश्चिम सुर्खेतको पञ्चपुरीमा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।  उनलाई बिहीबार बिहान टीकापुर-१, लम्कीबाट भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय खुलाएको छैन । मोबाइल लोकेसनका आधारमा टीकापुर पुगेको अनुसन्धानको टोलीले त्यहाँ पक्राउ गरेर टीकापुर प्रहरी कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेत सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए । मङ्गलबार बिहान १ बजेतिर उनले बन्चरो प्रहार गरी छोराको हत्या गरेको भन्दै मृतकका भाइले बुवाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका थिए । हत्यापछि आरोपी कैलालीमा पुगेको सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी बरिष्ठ नायव निरीक्षक नारायण शर्मा, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेत...

सुदूरपश्चिमको वन मन्त्रालयका सचिवको गाडीमा ढुङ्गा प्रहार, ६ जना पक्राउ

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवार गाडीमा ढुङ्गा प्रहार गरिएको छ । बुधबार राति करीब १० बजेतिर धनगढी उपमहानगरपालिका–१९ को फूलबारीमा सचिव पौडेल सवार मन्त्रालयको सुपप्र ०१००१ झ ४९३ नम्बरको गाडीमा ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ । सचिव पौडेल बसन्ता क्षेत्रको निरीक्षण गरेर फर्किने क्रममा फूलबारीमा उनी सवार गाडीमाथि ढुंगा प्रहार भएको प्रहरीले बताएको छ । ढुंगा प्रहारबाट गाडीको पछाडिको भागमा क्षति पुगेपनि मानवीय क्षति भएको छैन् । सचिव सवार गाडीमा ढुंगा प्रहार गर्ने ६ जना युवालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज