
धनगढी – सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवार गाडीमा ढुङ्गा प्रहार गरिएको छ ।
बुधबार राति करीब १० बजेतिर धनगढी उपमहानगरपालिका–१९ को फूलबारीमा सचिव पौडेल सवार मन्त्रालयको सुपप्र ०१००१ झ ४९३ नम्बरको गाडीमा ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ ।
सचिव पौडेल बसन्ता क्षेत्रको निरीक्षण गरेर फर्किने क्रममा फूलबारीमा उनी सवार गाडीमाथि ढुंगा प्रहार भएको प्रहरीले बताएको छ ।
ढुंगा प्रहारबाट गाडीको पछाडिको भागमा क्षति पुगेपनि मानवीय क्षति भएको छैन् । सचिव सवार गाडीमा ढुंगा प्रहार गर्ने ६ जना युवालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ ।
उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

