अदालतबाट दोषी ठहर भएकी विवादस्पद महिला रश्मिला धामी साइबर अपराधमा पुनः पक्राउ
धनगढी : सामाजिक संजालमार्फत चरित्रहत्या गरेको र फेसबुक लाइभमा बसेर व्यक्तिको मान प्रतिष्ठामाथि प्रहार गरेको उजुरीपछि विभिन्न गतिविधि मार्फत चर्चामा आएकी विवादस्पद महिला रश्मिला धामी पक्राउ परेकी छन् ।
पीडित साइबर ब्युरो ४८ (नाम परिवर्तन)को जाहेरीमा नेपाल प्रहरीको साइबर ब्युरोले बझाङकी २८ वर्षीया धामीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि साइबर अपराधकै मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएकी धामीले सजाय भुक्तान नगर्दै फेरि सोही प्रकृतिको अपराध गरेको पाइएपछि अदालतबाट पक्राउ पुर्जी जारी गरि अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।
यस अघि पक्राउ परेपछि काठमाडौ जिल्ला अदालतको आदेसपत्र
साइबर ब्यूरो २६ को जाहेरीका आधारमा यसअघि मुद्दा चलेकोमा जिल्ला अदालत काठमाडौंले गत फागु...












