सेती अस्पतालमा क्यान्सर शिविर सुरु
धनगढी : सेती प्रादेशिक अस्पतालमा क्यान्सर शिविर सुरु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मङ्गलवार बिहानदेखि शिविर सुरु भएको हो।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चिकित्सकहरूले धनगढीमा क्यान्सरका बिरामीहरुको परिक्षण, उपचार तथा शल्यक्रिया गर्ने छन्। जटिल प्रकृतिका बिरामीहरूलाई विपी कोइराला क्यान्सर अस्पताल बोलाइने छ।
विज्ञापन
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उप–निर्देशक युरोलोजिस्ट डाक्टर उमेश नेपालले धनगढीको सेती प्रादेशिक अस्पतालमा महिनाको एक दिन शिविर सञ्चालन हुने बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति अनुसार सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र गण्डकी प्रदेशको पोखरामा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रत्येक महिना शिविर सञ्चालन गर्ने छ।
सुदूरपश्चिम प्रदेशको प्रादेशिक अस्पताल सेतीमा महि...











