Advertisement

हाम्रो बारेमा

आज कुन कुन ठाउँमा हुनेछ बर्षा

आज कुन कुन ठाउँमा हुनेछ बर्षा

Breaking News 1, Breaking News 2, Breaking News 3, मुख्य समाचार, समाचार
काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी र मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।...
कैलालीमा बन्चरो प्रहार गरि श्रीमतीको हत्या

कैलालीमा बन्चरो प्रहार गरि श्रीमतीको हत्या

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : कैलालीमा एक पुरुषले बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन। जिल्लाको चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बन्चरो प्रहार गरेर हत्या गरेका हुन। बिहिवार राति १ बजे डम्बरले श्रीमती हिरादेवीको बन्चरो प्रहार गरेर हत्या गरेका प्रहरीले बताएको छ। उनलाई इलाका प्रहरी कार्यालय, मालाखेतीको थुनुवा कक्षमा राखिएको छ। हरिादेवीको शव पोस्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी हरेको बताएको छ।...
एमालेको नयाँ पार्टी कार्यालय कलंकीमा बन्ने, पार्टि अध्यक्ष ओलिले भोलि शिलान्यास गर्ने

एमालेको नयाँ पार्टी कार्यालय कलंकीमा बन्ने, पार्टि अध्यक्ष ओलिले भोलि शिलान्यास गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालयको स्थायी भवन नयाँ ठाउँमा बनाउने निर्णय गरेको छ । बिहीबार बसेको विशेष सचिवालय बैठकको निर्णय सुनाउँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले स्थायी रुपमा नेकपा एमाले कार्यालय कीर्तिपुर नगरपालिका वडा-२ मा रहेको मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको केन्द्रीय कार्यालयको शिलान्याश हुने बताए । उनले भने, ‘७२ को विनाशकारी भूकम्पले बल्खुमा पार्टी कार्यालय भवन चर्किएपछि हामी विभिन्न ठाउँमा कार्यालय सारिरह्यौ। अहिले पनि बाढीपहिरोले समस्यामा पारेपछि स्थायी रुपमा नेकपा एमाले कार्यालय कीर्तिपुर नगरपालिका वडा-२ मा रहेको मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको केन्द्रीय कार्यालयको शिलान्याश हुन्छ।’ उनका अनुसा भोलि (शुक्रबार) १२ बजेर १५ मिनेटमा एमालेले काठमाडौँ कलंकी–तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवनको ...
मुलुकको विकास र संवृद्धि एमालेबाट मात्रै सम्भव छ : सचिव भट्ट

मुलुकको विकास र संवृद्धि एमालेबाट मात्रै सम्भव छ : सचिव भट्ट

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
कैलाली : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मुलुकको विकास र संवृद्धि नेकपा एमालेबाट मात्रै सम्भव रहेको बताएका छन् । प्रेस चौतारी नेपाल कैलाली शाखाले आयोजना गरेको विजया दशमी तथा शुभ दीपावली ,नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा उनले सुदूरपश्चिम प्रदेशको विकासका लागि पनि एमालेको नेतृत्व आवश्यक रहेको बताए । उनले सुदूरपश्चिम प्रदेशका ठुलो विकास निर्माणमा परियोजना एमालेबाटै सुरु भएको र त्यसलाई एमालेले नै पुरा गर्ने बताए । ‘गेटा मेडिकल कलेज, सुख्खा बन्दरगाह, दैजी छेला औद्योगिक क्षेत्र एमालेको उठाएका एजेन्डा हुन् हामी ती योजनाहरूलाई पुरा गरेर प्रदेशमा मात्रै होइन देशमा विकासको गति दिन चाहन्छौँ ’ उनले भने, ‘हामीले गरेका राम्रो कामहरूको प्रचार हुन सकिरहेको छैन ।’ संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डार...
कैलालीबाट अछाम आउँदै गरेको गाडी दैलेखमा दुर्घटना , १३ जना घाइते

कैलालीबाट अछाम आउँदै गरेको गाडी दैलेखमा दुर्घटना , १३ जना घाइते

समाचार
अछाम —कैलालीबाट अछामतर्फ आउँदै गरेको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका –२ तल्लो डुङगेश्वर नजिक दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।  सु.प्र०१००१ख३०४६ नम्बरको फोर्स गाडी अचानक भित्तामा ठोकिँदा करिब २६ जना सवार उक्त गाडीमा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी इश्वरीप्रसाद भण्डारीले बताए । मंगलबार साँझ भएको दुर्घटनामा ८ जना घाईतेलाई सुर्खेत रेफर गरिएको र ५ जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको उनले बताए । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर , ५ जना मध्यम र ५ जना सामान्य रहेको भण्डारीले बताए । घाइते हुनेमा अधिकाशंको अछामका रहेका छन् । डिएसपी भण्डारीका अनुसार चालक फरार रहेका छन् । थप अनुसन्धानको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरीको टोली खटिएको छ ।...
कृषिमा सुधार ल्याउने – मन्त्री थापा

कृषिमा सुधार ल्याउने – मन्त्री थापा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
सुदुरपश्चिम प्रदेशका कृषि मन्त्रीले बझाङमा पुगेर कृषिमा सुधार ल्याउने बताउनु भएकाे छ । एक कार्यक्रमका बिच अनुगमनकाे क्रममा जिल्लामा आयाेजित कार्यक्रममा मन्त्री बिरबहादुर थापाले सुदुरपश्चिमकाे कृषि ब्यावसाय र कृषकलाई सहज हुने बाताबरण सृजना गर्दै सरकार अगाडि बढ्ने बताउनु भयाे । पशु विज्ञ्य सेवा केन्द्र बझाङकाे सभाहलमा आयाेजित एक कार्यक्रममा कृषकका गुनासा सुन्दै, आगामी दिनमा केही सुधार ल्याउने र कृषकलाई सहजहुने बाताबरण अगाडि बढाउने मन्त्री थापाले बताए । देश सघिय सग्रचनामा गएपछि प्रदेश सरकारकाे ७ बर्षे रणनीति भन्दै आफू मन्त्री भए पछि कृषकलाई केहि राहत हुने काम गरेको र पहिला भन्दा यस बर्ष राम्रो काम गरेको उनको भनाइ थियाे । आफुले सुदुरपश्चिमका सबै जिल्ला लाई सम्मान गरेको र वास्तविक कृषकलाई लाभ हुने काम गरेको बताउदै, नियमबद्ब रहेर काम गर्न जिल्लाका हाकिम लाई निर्देशन समेत दिनु भयाे । ...
आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट
काठमाडौं । देशका पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी र बागमती प्रदेशको एक-दूई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
धनगढीमा जुवाको खालबाट ६ जना पक्राउ

धनगढीमा जुवाको खालबाट ६ जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, सुदूरपश्चिम
धनगढी: धनगढीमा झन्डै दुई लाख रुपैयाँ नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ को श्रीलंका टापुमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बैतडीको सुनर्या गाउँपालिका–२ बस्ने ३५ वर्षीय करन बिष्ट, पाटन नगरपालिका–४ बस्ने ३५ वर्षीय सुरेन्द्र बिष्ट, धनगढी उपमहानगरपालिका–२ बस्ने ३९ वर्षीय सुरेश बुढाऐर, धनगढी–१ बस्ने ३४ वर्षीय पुष्प बिष्ट, ३८ वर्षीय ज्ञानबहादुर रोकाया र गोदावरी नगरपालिका–१ बस्ने पदम साउँद रहेका छन्। वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले उनीहरुलाई एक लाख ८९ हजार ९२० रुपैयाँ नगदसहित पक्राउ गरेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए। उनीहरुमध्ये ऐर भगौडा आर्मी (फौजी) हुन् भने साउद शिक्षक हुन्।...
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालद्धारा रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालद्धारा रक्तदान कार्यक्रम सम्पन्न

समाचार
काठमाडौँ, २१ असोज । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आइतबार बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वीर अस्पतालमा गरिएको रक्तदान कार्यक्रममा ४२ जना स्वास्थ्यकर्मीहरुले रक्तदान गरेका छन् । अघिल्लो साता काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा आएको अविरल बर्षा पछि सिर्जित्त विपत्तीले अस्पतालहरुमा रक्त अभाव भएपछि रक्तदान कार्यक्रमको आयोजना गरेको महासंघले जनाएको छ । महासंघका प्रचार विभाग सचिव नहर्बु फुर्वा दोर्जेका अनुसार रक्तदानका लागि काठमाडौँ उपत्यकामा रहेका महासंघ आवद्ध स्वास्थ्यकर्मीहरु खटिएका थिए । कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य एवं सांसद कृष्णगोपाल श्रेष्ठ र अध्यक्ष डा. झलक शर्मा गौतमले रक्तदातालाई रक्त संकलन थैली दिएर शुभारम्भ गरेका थिए । दोर्जेले महासंघ विपद पीडितको साथमा रहेको भन्दै पछिल्लो समय बढ्दो डेंगी संक्रमणबाट जोगिन र आउँदै गरेको ...
“शिक्षक छत्र बहादुर कठायत” द्रारा खैराला युवा क्लबलाई खेलकुद सामग्री सहयोग “

“शिक्षक छत्र बहादुर कठायत” द्रारा खैराला युवा क्लबलाई खेलकुद सामग्री सहयोग “

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, खेलकुद, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
चुरे गाउँपालिका - २ खैराला स्थायी निवासी तथा हाल उदयपुर जिल्लामा कार्यरत शिक्षक श्री_छत्र_बहादुर_कठायत सरले मिति २०८१/०६/२० गरेका दिन आफ्नो परिवारको तर्फबाट स्व: पिता श्री_लाल_बहादुर_कठायतको सम्झनामा हाम्रो यस खैराला_युवा_क्लबलाई भलिबल, नेट र पम्प सहयोग गरी यस क्षेत्रको खेलकुद विकासमा सहयोग पुर्याउनु भएको छ। उहाँले संस्थाका अध्यक्ष सुरेन्द्र साउद ज्युलाइ हस्तान्तरण गर्नु भएको छ। उहाँ भन्नू हुन्छ क्लब र स्थानीय संघ संस्थालाई सहयोग गर्नु हामी सबैको दायित्व हो। खेल र खेलाडी रास्ट्रका पहिचान र गहना हुन ग्रामीण भेगमा विषेश त भलिबल प्रति खेलाडीको क्रेज बढेको र भूगोलको हिसाबले पनि थोरै जमिनमा पनि खेल खल्न सकिने उहाँले बताउनु भयो साथै क्लबका अध्यक्ष सुरेन्द्र साउदले उहाँलाई संस्थाको धन्यवाद दिनु का साथै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गरेको बताउनु भयो।अध्यक्ष साउद भन्नू हुन्छ क्लब र संस्था सब...
“शिक्षक छत्र बहादुर कठायत” द्रारा खैराला युवा क्लबलाई खेलकुद सामग्री सहयोग “

“शिक्षक छत्र बहादुर कठायत” द्रारा खैराला युवा क्लबलाई खेलकुद सामग्री सहयोग “

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, खेलकुद, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
चुरे गाउँपालिका - २ खैराला स्थायी निवासी तथा हाल उदयपुर जिल्लामा कार्यरत शिक्षक श्री_छत्र_बहादुर_कठायत सरले मिति २०८१/०६/२० गरेका दिन आफ्नो परिवारको तर्फबाट स्व: पिता श्री_लाल_बहादुर_कठायतको सम्झनामा हाम्रो यस खैराला_युवा_क्लबलाई भलिबल, नेट र पम्प सहयोग गरी यस क्षेत्रको खेलकुद विकासमा सहयोग पुर्याउनु भएको छ। उहाँले संस्थाका अध्यक्ष सुरेन्द्र साउद ज्युलाइ हस्तान्तरण गर्नु भएको छ। उहाँ भन्नू हुन्छ क्लब र स्थानीय संघ संस्थालाई सहयोग गर्नु हामी सबैको दायित्व हो। खेल र खेलाडी रास्ट्रका पहिचान र गहना हुन ग्रामीण भेगमा विषेश त भलिबल प्रति खेलाडीको क्रेज बढेको र भूगोलको हिसाबले पनि थोरै जमिनमा पनि खेल खल्न सकिने उहाँले बताउनु भयो साथै क्लबका अध्यक्ष सुरेन्द्र साउदले उहाँलाई संस्थाको धन्यवाद दिनु का साथै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गरेको बताउनु भयो।अध्यक्ष साउद भन्नू हुन्छ क्लब र संस्था ...
इसराइलको जमिनमा खस्यो हिजबुल्लाहले हानेको रकेट

इसराइलको जमिनमा खस्यो हिजबुल्लाहले हानेको रकेट

समाचार
हिजबुल्लाहले हानेको रकेट इसराइली जमिनमा खसेको छ। आइतबार राति हिजबुल्लाहले उत्तरी इसराइलको हाइफा सहरमा रकेट आक्रमण गरेको र उक्त रकेट जमिनमै खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ। रकेट आक्रमणमा परी कम्तिमा १० जना घाइते भएको त्यहाँका अस्पतालहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यहरूले उल्लेख गरेका छन्। इसराइलको आकाश अत्यन्त सुरक्षित मानिन्छ। आकाशबाट हुने जुनसुकै हमलाहरू पनि इसराइलले आकाशमै निस्तेज पार्ने क्षमता राख्छ। यद्यपि आइतबार भने हिजबुल्लाहले गरेको रकेट आक्रमण इसराइली जमिनमा खसेको हो। यसले त्यहाँको डिफेन्स सिस्टममाथि पनि प्रश्न उठाएको छ।   हिजबुल्लाहले कार्मेल सैनिक सिविरलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। उसले कम्तिमा १०० वटा रकेट ती क्षेत्रहरूलाई लक्षित गरी प्रक्षेपण गरेको बताएको छ। इसराइलले पनि बेरूतमा निरन्तर आक्रमण गरिरहेको छ।  बेरूतसहितका लेबननी ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज