काठमाडौँ, २९ मंसिर । नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिका लागि हिजो सम्पन्न निर्वाचनबाट प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहको प्यानल नै बिजयी भएको छ ।
केही वेर अघि सम्पन्न मतगणनामा शर्मा नेतृत्वको समूहले गंगा थापा नेतृत्वको अर्को समूहलाई पराजित गरेको हो ।
२०८१ मंसिर २९, शनिबार १०:१९२०८१ मंसिर २९, शनिबार १०:१९२०८१ मंसिर २९, शनिबार १०:१९ by बचन राज जोशीNo Comments
काठमाडौं: नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंह चन्द र भरतबहादुर बोहरालाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ। गृहसचिव गोकर्ण दुवाडीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले उनीहरूलाई सिफारिस गर्ने निर्णय गरेको हो। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर, जसले बैठकमा सदस्यसचिवको भूमिका निभाएका थिए उनैले सिफारिसको औपचारिक जानकारी दिएका छन्।
निर्णयको पृष्ठभूमि
प्रहरी संगठनमा एआईजी पदका लागि दुई रिक्त स्थानहरू उत्पन्न भएका थिए। एआईजी भीमप्रसाद ढकाल आज (मंसिर २९) अनिवार्य अवकाशमा गएका छन्, भने अर्को पद रिक्त मंसिर २१ मा एआईजी केदार ढकालको अवकाशले भएको थियो । ५६ वर्ष उमेरहदका कारण दुवै अधिकारीले आफ्नो कार्यकाल समाप्त गरेका थिए।
त्यसपछि प्रहरीभित्रको पदोन्नतिको प्रक्रिया अघि बढाउन बढुवा समितिले सम्बन्धित योग्यताका आधारमा निर्णय गर्दै दुर्गा ...
२०८१ मंसिर २९, शनिबार १०:०४२०८१ मंसिर २९, शनिबार १०:०४२०८१ मंसिर २९, शनिबार १०:०४ by बचन राज जोशीNo Comments
कैलाली: नेपाल पत्रकार महासंघ कैलाली शाखाको नयाँ कार्यसमिति चयन गरिएको छ। गत दिन सम्पन्न निर्वाचनबाट श्रवण देउवाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। यस निर्वाचनले पत्रकारहरूको हकहित, पेशागत सशक्तिकरण, र क्षेत्रीय पत्रकारिताको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
निर्वाचनबाट निम्न पदाधिकारी र सदस्यहरू निर्वाचित भएका छन्:
कार्यसमिति पदाधिकारीहरू
अध्यक्ष: श्रवण देउवा
उपाध्यक्ष: बिराज रोस्यारा
उपाध्यक्ष (महिला): भावना जोशी
सचिव: तेजराज भट्ट
सहसचिव: शंकर बोहरा
सहसचिव (समावेशी): निराजन परियार
कोषाध्यक्ष: सुनिल आउजी
कार्यसमिति सदस्यहरू
बालकृष्ण ओझा
कैलाश जोशी
दिनेशबहादुर बिष्ट
गगन अयडी
बिरेन्द्र शाह
लोकुसिंह ठकुरी
रतनलाल चौधरी
अनिता चौधरी
विवेक नागरी
चन्द्रप्रसाद खनाल
सुधराम दहित
टेकसिंह धामी
जगत जैगडी
...
२०८१ मंसिर २७, बिहीबार १२:३२२०८१ मंसिर २७, बिहीबार १२:३२२०८१ मंसिर २७, बिहीबार १२:३२ by राकेश खड्काNo Comments
बझाङ : नेकपा एमाले बझाङले मंसिर २४, २५, र २६ गते सदरमुकाम चैनपुरमा आठौं जिल्ला अधिवेशन आयोजना गर्दैछ। अधिवेशनको तयारीमा पार्टी क्रियाशील रहँदा ४०७ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। सचिव पदको प्रतिस्पर्धामा लो प्रोफाइलमा बस्न रुचाउने, तर प्रतिबद्ध र प्रभावशाली नेता नयन बोहराको बलियो सम्भावना देखिएको छ।
नयन बोहराको राजनीतिक यात्रा र उपलब्धि
२०५४ सालदेखि विद्यार्थी राजनीतिमा संलग्न बोहराले आफ्नो राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु गरे।
२०६८ साल: अनेरास्ववियु केन्द्रीय सदस्य।
२०७२ साल: नेकपा एमालेको केन्द्रीय युवा तथा खेलकुद विभागका सदस्य।
२०७४ साल: छबिस पाथिभरा गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा निर्वाचित।
वडाध्यक्षका रूपमा कार्यकाल पूरा गर्दै उनले जिल्लामा उत्कृष्ट वडाध्यक्षको छवि बनाएका थिए। सामाजिक विकास र जनताको विश्वास जित्न सफल बोहरा, पार्टीको संगठन सुदृढीकरणमा समेत उल्...
२०८१ मंसिर २७, बिहीबार ०९:३५२०८१ मंसिर २७, बिहीबार ०९:३५२०८१ मंसिर २७, बिहीबार ०९:३५ by बचन राज जोशीNo Comments
सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङ, जहाँ जनताका आवाजहरू पहाडको भिरपाखामा गुमनाम हुने गर्दथे, त्यहीँका एक संघर्षशील र लगनशील व्यक्तित्व हुन् उत्तम कुमार थापा। २०५३ साल बैसाख १२ गते निम्नवर्गीय परिवारमा जन्मिएका थापा अहिले पत्रकारिताको माध्यमबाट जनताको आवाज मुखरित गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ।
प्रारम्भिक जीवन र संघर्ष
थापा बाल्यकालदेखि नै मेहनती र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँको परिवार आर्थिक रूपमा कमजोर रहे पनि उहाँले शिक्षा र संघर्षलाई कहिल्यै छोड्नु भएन। हिमाली क्षेत्रका कठिनाइबीच प्रवीणता तहसम्मको औपचारिक शिक्षा हासिल गर्नु उहाँको जिद्दी र अठोटको ज्वलन्त उदाहरण हो।
पत्रकारिताको प्रारम्भिक यात्रा
उहाँको पत्रकारिताको यात्रा २०७१ सालमा सुरु भयो। सुरुका दिनहरूमा रेडियो जनमुखी एफएममार्फत जनताक...
कैलाली : कैलालीको गौरीगंगा नगरपालिका-२ स्थित मालिका माध्यमिक विद्यालय चौमालामा अध्ययनरत १५ जना बालबालिकाहरूलाई युवा समाजसेवी हेमन्त राज जोशी (बाजे) को पहलमा शैक्षिक सामाग्री वितरण गरिएको छ।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएका, विद्यालय जान नसक्ने, एकल परिवारका, जेहेन्दार र अनाथ बालबालिकाहरूलाई विद्यालय पोशाक, झोला, र स्टेसनरी सामाग्री प्रदान गरिएको हो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज दियाकोटी, अमर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर कुँवर, समाजसेवी हेमन्त राज जोशी, मनोविमर्शकर्ता भगवती राई, विद्यालयका प्रधानाध्यापक रतन प्रसाद जैसी, शिक्षक-शिक्षिका, र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
सिबिन नेपालका कार्यालय प्रमुख हरिलाल चौधरीले न्यून आय भएका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्नाले उनीहरूको अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे...
२०८१ मंसिर २६, बुधबार ११:५९२०८१ मंसिर २६, बुधबार ११:५९२०८१ मंसिर २६, बुधबार ११:५९ by निरज खड्काNo Comments
सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएलमा० मा पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा शीर्ष स्थानको जनकपुर दोस्रो स्थानको सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो ।
सुदूरपश्चिमका बलरले घातक बलिङ सामु जनकपुरका ब्याटर निरिह हुँदा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२।१ ओभरमा ५१ अलआउट भयो ।
यसअघि चार खेल जितेर सानदार सुरुवात गरेको जनकपुर पहिलो हार व्यहोरेपछि प्लेअफका लागि अझै कुर्नुपर्ने भएको छ । ५ खेलपछि जनकपुर र सुदूरपश्चिमको समान ८ अंक भएको छ ।
जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरको बलिङ सामु आज जनकपुरका ब्याटरसँग कुनै जवाफ थिएन । लगातार चार खेल जितेर अपराजित रहेको जनकपुरले सुदूर विरुद्ध बलिङमा राम्रो गरेपनि ब्याटिङमा भने निकै कमजोर प्रदर्शन गर्यो ।
जनकपुरला...
२०८१ मंसिर २५, मंगलवार ०८:५१२०८१ मंसिर २५, मंगलवार ०८:५१२०८१ मंसिर २५, मंगलवार ०८:५१ by राकेश खड्काNo Comments
मिति २०२४ डिसेम्वर ८ तारिक आईतवारका दिन सुदूरपश्चिमेली नेपाली समाज युएई दुबई क्षेत्रीय समितीको अधिबेशन द भोज रेष्टुरेन्ट वरदुबई मा केन्द्रिय समिति उपाध्यक्ष श्री नरेश प्रसाद भट्ट ज्युको प्रमुख आतिथ्यतामा र क्षेत्रिय समिति अध्यक्ष श्री अमित चटौत ज्युको अध्यक्षतामा भव्यताको साथ सम्पन्न भएको छ।
नव निर्वाचित समितिमा सर्वसहमतिबाट चयन हुनु भएका पदाधिकारी हरु क्रमशः
अध्यक्ष - सन्तोष भट्ट
उपाध्यक्ष - सरिता साउद
सचिव - संबिधान चटौत
सह- सचिव - सुरेन्द्र साउद
कोषाध्यक्ष - अशोक बोगटी
सह-कोषाध्यक्ष - अविनास वोगटी
सदस्य - लक्ष्मण पैतोला
सदस्य - कामना जोरा
सदस्य - पुजा खत्री
सदस्य - प्रकाश गिरी
सदस्य - महेन्द्र शाही
सदस्य - करीष्मा वोहरा
प्रकाश दत्त बडु भन्छ्न " निवर्तमान कार्यसमितिका सम्पुर्ण पदाधिकारी ज्युलाई बिशेष धन्यवादका साथ आभार प्रकट गर्दछु।
यस संगै सुदुरपस्चिमेली नेपाली...
२०८१ मंसिर २३, आईतवार २१:३०२०८१ मंसिर २३, आईतवार २१:३०२०८१ मंसिर २३, आईतवार २१:३० by बचन राज जोशीNo Comments
२०४४ साल श्रावण ८ गते भारतको भूमिमा जन्मिएका पंकज भण्डारी नेपाली राजनीतिक क्षितिजमा उदाएका एक प्रतिभाशाली, दृढसंकल्पी र दूरदर्शी युवा नेता हुन्। उनको जन्म मध्यम वर्गीय परिवारमा भएको थियो, जहाँ उनका बुवा-आमा बिहान बेलुकाको छाक टार्न भारतमा पसिना बगाउँदै थिए। बुवाआमा बझाङको स्थाई वासिन्दा भएपनि नेपालमा रोजगार नभएपछि भारततिर जानुभएको थियो त्यही बेला जन्म भएको हो भण्डारीको ।जीवनको आरम्भदेखि नै संघर्ष र मेहनतका धागाहरूले उनको चरित्र बुन्दै लग्यो। सानै उमेरदेखि पंकज भण्डारी अरू बालबालिकाभन्दा पृथक स्वभावका थिए—शिष्ट, इमानदार र स्वाभिमानी।
बाल्यकाल र प्रारम्भिक शिक्षा
बाल्यकालको अधिक समय भारतमा बिताएका पंकज भण्डारीको पालनपोषण साधारण जीवनशैलीमा भए पनि उनका बुवाले उनलाई सदैव शिक्षा र नैतिकतामा विश्वास राख्न प्रेरित गरे। विद्यालय तहको अध्ययन गर्न नेपाल फर्किएका उनले बझाङको मौलिक परिवेशमा आफूलाई ढा...
२०८१ मंसिर २३, आईतवार १८:५९२०८१ मंसिर २३, आईतवार १८:५९२०८१ मंसिर २३, आईतवार १८:५९ by माहाओम राज जोशीNo Comments
दर्शकको राम्रो उपस्थिति पाएको नेपाल प्रिमिअर लीग (एनपीएल) ले गति लिन थालिसकेको छ।
व्यावसायिक स्वरूपको फ्रेन्चाइज क्रिकेटमा सहभागी आठ टोलीहरूमा विदेशी खेलाडीहरू पनि छन्। खेलाडी र टोलीहरूले आफ्नो क्षमता देखाउन थालिसकेका छन्।
एनपीएल नेपाली क्रिकेटको अहिलेसम्मको ठूलो बजेटको कार्यक्रम बनेको छ। प्रतियोगिता कुल १०० करोड रुपैयाँको हुन सक्ने अनुमान छ।
एनपीएल कति बजेटको हो अनि आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) र त्यसमा सहभागी आठवटा फ्रेन्चाइज टोलीले कति आम्दानी गर्लान् वा कति खर्च बेहोर्लान् भन्नेमा धेरैको चासो छ।
क्यानले आधा दर्जनभन्दा बढी स्रोतबाट आम्दानी गर्छ। केही आम्दानी निश्चित भइसकेको छ भने टिकटबाट हुने आयको हिसाब प्रतियोगिता सम्पन्न भइसकेपछि मात्र निश्चित हुने छ।
आफ्ना निश्चित स्रोतबाट ३० करोड रुपैयाँजति सङ्कलन गर्ने अनुमान क्यानका पदाधिकारीहरूको छ।
क...
२०८१ मंसिर २२, शनिबार १२:४२२०८१ मंसिर २२, शनिबार १२:४२२०८१ मंसिर २२, शनिबार १२:४२ by निरज खड्काNo Comments
सुदूरपश्चिम रोयल्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्सलाई ४५ रनले हरायो ।
लुम्बिनीले भने पराजय यात्रा कायम राख्यो । उसको यो लगातार तेस्रो हार हो ।
आफ्नो तेस्रो खेलमा सुदूरपश्चिमले दिएको १ सय ८८ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।
शीर्षक्रमका ब्याटर नचल्दा लुम्बिनीले फराकिलो हार बेहोरेको हो । उसका लागि युवा अलराउन्डर विवेककुमार यादवले आक्रामक पारी खेले । ५४ बलको सामना गरेका उनले सात छक्का र तीन चौकासहित अविजित ७७ रन बनाए ।
यस्तै, सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले तीन/तीन, स्कट कुग्लाइनले दुई र अव...
२०८१ मंसिर २१, शुक्रबार १७:३४२०८१ मंसिर २१, शुक्रबार १७:३४२०८१ मंसिर २१, शुक्रबार १७:३४ by निरज खड्काNo Comments
घोडाघोडि नगरपालिका वडा नम्बर दुई साडेपानि घर भयका किश्मत भण्डारी हिजो दिउसो दुई बजे देखि सम्पर्क बिहिन भयका हुन।
भारत बेंगलोरको हैटफिल्ड भन्ने ठाउमा बस्दै आयका भण्डारी नरुनलि बाट बेपता भयका हुन। उनकि आमा रबिता देबि भण्डारी ले बताय अनुसार बिहिबार दिउसो साथिहरु संग गयको र दुई बजेर आठ मिनेटमा अन्तिम पटक सम्पर्क भयको त्यसपछि फन गर्दा फन सुईचअफ रहेको बतायकि छन।
बेंगलोर मा बस्ने समपुर्ण नेपालीहरु मा आफन्तले खोजि कार्य मा सहयोग गरि दिन अनुरोध गरेका छन कृपया काही कसैले देख्नु भयमा नजिक को प्रहरी चैकि अथा उहाका आफन्त लाई सम्पर्क गरिदिनुहोला।
सुसिल रेडि सम्पर्क न :+917899306485
आमा रमिता भण्डारी 9980772439...