बझाङका ३ स्थानीय तहमा अपाङ्गता परिचयपत्र स्किृनिङ्ग एप्स सम्वन्धि छलफल
बझाङ- बझाङका ३ वटा स्थानीय तहमा अपाङ्गता परिचयपत्र स्किृनिङ्ग एप्स सम्वन्धि छलफल भएको छ ।
जिल्लाकाे दुर्गाथली,खप्तडछान्ना र मष्टा गाउँपालीकामा अपाङ्गता परिचयपत्र स्किृनिङ्ग एप्स सम्वन्धि छलफल भएको हाे ।
अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, वर्गीकरण, र प्रमाणिकरण गर्ने प्रविधि (मोबाइल एप्स वा डिजिटल प्रणाली) सम्बन्धी जानकारी गराउन उक्त छलफल भएको बताइएको छ ।
पहिलोपटक दुर्गाथली गाउँपालिकामा सञ्चालन गरिएको कार्यक्रममा दुर्गाथली स्थानीय सरकारका उपाध्यक्ष जनक दाैल्यालकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा पालीकाका जनप्रतिनिधि स्थानीय समन्वय समितिका सदस्यहरु अपाङगता अधिकार नीतिगत व्यवस्था र स्किृनिङ एप्स सम्बन्धि एक दिने छलफल कार्यक्रम सम्पन्न भएको हाे । अपाङगता ब्यक्तिहरुलाई दिईने परिचय पत्रलाई ब्यवस्थित गर्ने उद्देश्यले स्किृनिङ एप्स निर्माण गरि संचालनमा ल्याउन लागिएको दुर्गाथली गाउँपाल...












