Advertisement

हाम्रो बारेमा

नौरा आधारभूत प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक परीक्षण सम्पन्न

नौरा आधारभूत प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक परीक्षण सम्पन्न

बझाङ
बझाङको जयपृथ्वी नगरपालिका–६,  नौरा आधारभूत प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक परीक्षण (Social Audit) सम्पन्न भएको छ । आज एक विशेष कार्यक्रमका बीच वडा नं. ६ का अध्यक्ष नरेन्द्र बहादुर सिंहको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा करिब ५८ जना सहभागी भएका थिए । सहभागीहरूले स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र प्रभावकारी सेवा प्रवाहका लागि विभिन्न सुझाव र सल्लाह दिएका थिए । सामाजिक परीक्षणका क्रममा स्वास्थ्य केन्द्रलाई अझ प्रभावकारी बनाउनका लागि आगामी कार्ययोजना समेत तयार गरिएको छ । उक्त सामाजिक परीक्षण कार्यक्रम UNFPA र पिसबिन नेपालको आर्थिक सहयोगमा सम्पन्न भएको हो भने कार्यक्रमको सहजीकरण रमेश केसीले गर्नुभएको थियो ।...
नेपालमै पहिलोपटक स्तन क्यान्सर सर्वाइभरका लागि ‘प्याडेड ब्रा सपोर्ट कार्यक्रम’ सम्पन्न

नेपालमै पहिलोपटक स्तन क्यान्सर सर्वाइभरका लागि ‘प्याडेड ब्रा सपोर्ट कार्यक्रम’ सम्पन्न

समाचार
चितवन, ११ कात्तिक। इनर व्हिल क्लब अफ बुद्धनगर (क्यान्सर सर्वाइभर्स समूह) ले नेपालमै पहिलोपटक स्तन क्यान्सरबाट बचेका महिलाहरूका लागि ‘प्याडेड ब्रा सपोर्ट कार्यक्रम’ सम्पन्न गरेको छ। “Live With Dignity (आत्मसम्मानका साथ बाँचौं)” भन्ने नारासहित आयोजित सो कार्यक्रम नारायणी सामुदायिक अस्पताल, भरतपुरमा सम्पन्न भएको हो। कार्यक्रमको उद्देश्य स्तन क्यान्सर सर्जरीपछि शरीरमा हुने शारीरिक परिवर्तनका कारण घट्ने आत्मविश्वास पुनःस्थापना गरी महिलाहरूलाई मानसिक रूपमा सशक्त बनाउनु रहेको क्लबले जनाएको छ। क्लबकी अध्यक्ष नानीमाया तामाङका अनुसार, तीन वर्षअघि स्थापना भएको क्लबले पुनःस्थापनासम्बन्धी सहयोग र सचेतनामूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ। संस्थापक अध्यक्ष तारा अमात्यले पनि क्यान्सरपछिको जीवनशैली र व्यवहारबारे सचेतना फैलाउने अभियानलाई निरन्तरता दिइरहेको बताउनुभयो। कार्यक्रमका...
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ - पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले हाल देशभर सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र बागमती प्रदेशका केही स्थानमा छिटपुट वर्षा भइरहेको छ। मंगलबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली रहने सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानसहित बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ। राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायतका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली हुनेछ। गण्डकी प्रदेशका केही स्थानमा, साथै बागमती, लुम्...
सभापति देउवा पत्नी आरजुसहित उपचारका लागि सिंगापुर प्रस्थान

सभापति देउवा पत्नी आरजुसहित उपचारका लागि सिंगापुर प्रस्थान

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। जेनजी आन्दोलनका क्रममा कुटपिटबाट गम्भीर घाइते भएकी आरजुसहित देउवा सोमबार राति सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ गएका हुन्। गत भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो। सुरक्षाकर्मीले उद्धार गरी उनीहरूलाई तत्कालै नेपाली सेनाको सैनिक अस्पताल, छाउनीमा पुर्‍याइएको थियो। जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते मात्र पार्टी केन्द्रीय कार्यालयमा देखिएका थिए। सोही दिन उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति तोकेका थिए।...
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरूले रातभर जाग्राम बसेर आज बिहान सप्तमीका दिन उदाउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिएपछि यो पर्वको समापन हुँदैछ। यस अवसरमा देशभरका नदी, पोखरी र जलाशयका किनारमा व्रतालुहरूको घुईंचो लागेको छ। कात्तिक शुक्ल षष्ठीका दिन हिजो निराहार व्रत बसेका व्रतालुहरूले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएका थिए। छठ पर्वको अवसरमा तराई–मधेशसँगै काठमाण्डौ उपत्यका तथा देशका अन्य स्थानका नदी, पोखरी र जलाशयहरूलाई आकर्षक रूपमा सिँगारिएको छ। हिजो देशभर सार्वजनिक बिदा दिइएको थियो भने मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ।...
बझाङको सुवेडामा पहिलो ´ महर स्पोट कप- २०८२` सुरु हुँदै

बझाङको सुवेडामा पहिलो ´ महर स्पोट कप- २०८२` सुरु हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि
बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–७ सुवेडामा पहिलो पटक ‘महर स्पोट कप २०८२’हुने भएको छ । महर स्पोटको आयोजनामा हुन लागेको यो प्रतियोगिता भलिबल खेल केन्द्रित रहनेछ । कार्यक्रमका प्रमुख आयोजक तथा महर स्पोटका अध्यक्ष ईश्वर महरका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय खेल, संस्कृति, पहिचान र भेषभूषाको संरक्षण गर्दै युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने रहेको छ । उनले वडाका खेलाडीलाई विशेष प्राथमिकता दिइने पनि बताए । प्रतियोगितामा प्रथम हुने टोलीले रु. ५१ हजार १४६, द्वितीयले रु. ३१ हजार १४६र तृतीयले रु. २१ हजार १४६ नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । टिम दर्ता शुल्क रु. ४ हजार निर्धारण गरिएको छ भने टिम दर्ता गर्ने अन्तिम मिति २०८२ कार्तिक ७ गते साँझ ५ बजेसम्म तय गरिएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रम भने  २०८२ कार्तिक ८ गते सुवेडा (छयाला), बझाङमा गरिनेछ । भलिबल ख...
भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
  धनगढी,  तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानक...
बोका, चामल र खुशी लिएर मदन भण्डारी बाल आश्रम पुगे दुर्गाथली अध्यक्ष दिलबहादुर थापा

बोका, चामल र खुशी लिएर मदन भण्डारी बाल आश्रम पुगे दुर्गाथली अध्यक्ष दिलबहादुर थापा

Breaking News 1, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ । दुर्गाथली गाउँपालिका–१ मा रहेको मदन भण्डारी बाल आश्रममा गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापा (तुफान) आज बोका सहित पुगेका छन् । केही दिनअघि आश्रमका १७ जना नानिबाबुहरूलाई दुर्गाथली–३ रकैल घर भई हाल बेंगलोर बसोबास गर्दै आएका प्रिन्स महेन्द्र बहादुर धामीले एक–एक जोर न्यानो लुगा वितरण गर्ने जिम्मा अध्यक्ष थापालाई दिएका थिए । त्यस क्रममा अध्यक्ष थापाले बालबालिकालाई मासु–भात खुवाउने वाचा गरेका थिए । उक्त वाचा अनुसार अध्यक्ष थापा आज एक बोका, एक कट्टा चामल, जुस र भुजियाका पाकेटहरू सहित आश्रम पुगेका थिए । अध्यक्ष थापा आश्रम पुगेपछि बालबालिकाहरूले दिपावलिको अवसरमा डिजे बजाएर रमाइलो गर्दै खुशी व्यक्त गरेका थिए । दिपावलिको अवसरमा गरिएको यस सहयोगले आश्रमका बालबालिकामा थप उत्साह र उमङ्गको वातावरण सिर्जना भएको आश्रमका सदस्यहरूले बताएका छन् ।...
बझाङमा मालबाहक ट्याक्टर दुर्घटना

बझाङमा मालबाहक ट्याक्टर दुर्घटना

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङमा मालबाहक ट्याक्टर दुर्घटनामा परेको छ । सदरमुकाम चैनपुरबाट जयपृथ्वी नगरपालिका–३ पुगरतर्फ गइरहेको सुपप्र०१००२ त ६७६२नम्बरको ट्याक्टर सिमोल्तोला नजिकैको किर्याडी जंगलमा दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षति नभए पनि जयपृथ्वी नगरपालिकाको अनुदानमा प्राप्त गहुँको बिउ, मललगायतका सामग्री नष्ट भएका स्थानीय बिरबहादुर ओलीले जानकारी दिए । प्रत्यक्षदर्शी तिलक विष्टका अनुसार उकालो र साँघुरो सडकमा ट्याक्टरले चढ्न नसक्दा दुर्घटना भएको हो । उनका अनुसार उक्त ट्याक्टरमा एक दर्जनभन्दा बढी स्थानीय सवार थिए, तर चालकले साँघुरो र जोखिमपूर्ण भाग पार गर्नुअघि उनीहरूलाई ओरालेर जोगाएका कारण ठूलाे मानवीय क्षति हुनबाट बच्न सकिएको जनाइएको छ ।...
सरकारले तोकेको धानको मूल्य व्यापारीले कार्यान्वयन नगरे कारवाही गरिने

सरकारले तोकेको धानको मूल्य व्यापारीले कार्यान्वयन नगरे कारवाही गरिने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयन नगर्ने व्यापारीहरूलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिएका छन्। नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य किसानहरूले नपाएको गुनासो आएपछि मुख्यमन्त्री शाहले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई तत्काल अनुगमन गर्न निर्देशन दिएका हुन्। उनले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई टेलिफोन सम्पर्क गरी किसानहरूले तोकिएको मूल्य पाएको वा नपाएको विषयमा अनुगमन गर्न र आवश्यक कारवाही गर्न निर्देशन दिएका हुन्। मुख्यमन्त्री शाहले सरकारले तोकेको मूल्यमा किसानले आफ्नो उत्पादन बिक्री गर्न पाउनु पर्नेमा जोड दिँदै, “समर्थन मूल्य किसानको हक हो, यसको कार्यान्वयन सुनिश्चित हुनैपर्छ,” भन्ने धारणा राखे। यसअघि २०८२ असोज ३१ गते प्रमुख जिल्ला अधिकारी लम्सालले सार्वजनिक सूचनामार्फत मोटो धानको मूल्य प्रति...
नर्स निरन्तर आन्दोलनमा, छैन सहमतिको संकेत

नर्स निरन्तर आन्दोलनमा, छैन सहमतिको संकेत

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, स्वास्थ्य
    कास्की —सरकारीसरह पारिश्रमिक माग गर्दै पोखराका दुई ठूला निजी अस्पतालका नर्स केही दिनदेखि आन्दोलित छन् । पोखरा फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका नर्स २४ असोज र नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) का नर्स २६ असोजदेखि आन्दोलनमा छन् । नागढुंगास्थित चरक मेमोरियल हस्पिटलका नर्स पनि शनिबारदेखि आन्दोलनमा उत्रिएका छन् । पारिश्रमिकको विषयले नर्सिङ एसोसिएसन नेपाल र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) गरी दुई छाता संगठन आमनेसामने भएका छन् । नर्सिङ संघ सरकारले गरेको परिपत्रअनुसार सरकारीसरह सुविधा दिनुपर्ने पक्षमा छ भने अफिनले त्यो कुनै पनि हालतमा सम्भव नहुने बताइरहेको छ । नर्सहरूले पम्प्लेट बोकेर श्रमको मूल्य मागेको १० दिन बित्दा पनि सहमतिको कुनै संकेत छैन । पोखरामा नर्सिङ संघ सहभागी भएर हालसम्म कुनै वार्ता नभएको ...
प्रधानमन्त्रीले आज सात राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्दै

प्रधानमन्त्रीले आज सात राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्दै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट
प्रधानमन्त्री सुशीला कार्कीले आज सात राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने भएकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे छलफल कार्यक्रम तय भएको छ । कतिपय राजनीतिक दलहरुले प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण नबनाएको, राजनीतिक दलसँग कुनै छलफल र संवाद नगरेको, निषेधको राजनीति गरेको भन्ने आरोप लगाउँदै आएका थिए । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको उपस्थितिमा रानजीतिक दलहरुसँग छलफल र संवाद गरेका थिए । तर, प्रधानमन्त्री कार्कीले यसअघि निर्वाचनबारे राजनीतिक दलसँग कुनै संवाद गरेकी थिइनन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज