Advertisement

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

Advertisement

बझाङ- बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको केदारस्यूँ गाउँपालिका-१ स्थित गर्जेपानी माध्यमिक विद्यालय रायलमा आज सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।
“बझाङको साहित्य, भाषा, संस्कृति र सिर्जनशील प्रतिभालाई पहिचान, संरक्षण र प्रवर्द्धन गर्दै साहित्यलाई समाज विकास र सांस्कृतिक पहिचानसँग जोड्न समाजले शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम आयोजना गरेको जनाएको छ ।

कार्यक्रमबाट सुदूरपश्चिमाञ्चल साहित्य समाज बझाङ शाखा बिस्तार गरिएको छ । साहित्यकार पूर्णबहादुर मल्लको संयोजकत्वमा ११ सदस्यीय शाखा बिस्तार गरिएको हो । समिति सचिवमा शैलेन्द्र बहादुर सिंह,सदस्यमा विकास थापा (युनिक विवेक) गोकुल जोशी, मीना मल्ल, दिप सुस्केरा (दिपक बोहरा ) , मुकेश खाती, वीर विकल धामी ,लख्खु सिंह ,नरबहादुर भण्डारी (नवप्रगति) र प्रेम बिष्ट रहेका छन् ।

जिल्ला स्थित साहित्य लेखनमा कलम चलाउने र रुचि राख्ने व्यक्तिहरू सहभागी रहेको कार्यक्रममा गजल, मुक्तक, कविता, देउडा विधामा वाचन गरिएको थियोे । यस क्रममा सहभागी साहित्यकारहरूले आ–आफ्नो सिर्जनालाई प्रस्तुत गर्दै साहित्य केवल मनोरञ्जन नभई सामाजिक चेतना, सांस्कृतिक पहिचान र सामुदायिक एकताको माध्यम पनि हो भन्ने विषयमा जोड दिए। स्थानीय भाषा जगेर्ना कार्यक्रमको मूल पक्ष रहेको भन्दै अधिकांश रचनाहरू स्थानीय भाषामा प्रस्तुत भएका थिए।
“साहित्यिक सिर्जनालाई अभिव्यक्त गर्ने, स्रष्टाहरूबीच आपसी प्रेरणा र संवाद बढाउने तथा साहित्यिक चेतना र रुचिको विकास गर्न रचना वाचन गरिएको समाजका संयोजक मल्लले जानकारी दिए ।

विस्तारित समितिले महिनामा एकपटक नियमित रूपमा रचना वाचन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। साथै विद्यालय, स्थानीय समुदाय तथा सांस्कृतिक समूहहरूसँग सहकार्य गर्दै साहित्यिक गतिविधिलाई गाउँस्तरदेखि जिल्ला तहसम्म सक्रिय बनाइने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

कार्यक्रम पूर्णबहादुर मल्लको संयोजकत्व, र शैलेन्द्र बहादुर सिंहको सह-संयोजकत्वमा आयोजना गरिएको थियोे । प्रमुख अतिथि गर्जेपानी माध्यमिक विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर मल्ल रहनु भएको कार्यक्रममा जिल्ला स्थित साहित्यकार तथा साहित्यमा रुचि राख्नेहरूको उल्लेखनीय उपस्थिति रहेको थियोे , भने कार्यक्रम शिक्षक तथा साहित्यकार नारायण मल्लले गर्नुभएको थियोे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङ- जयपृथ्वी नगरपालिका–११ सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदू...
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। असोज २४ गते चुँडिएको नेप...
सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादु...
भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

काठमाण्डौ- गएको भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज