Advertisement

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

Advertisement

बझाङ- बझाङको थलारा गाउँपालिकामा खोज तथा उद्वार सामाग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय स्तरमा तयारी सुदृढ गर्ने उद्देश्यले खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।

थलारा गाउँपालिकाको आयोजना र प्रतिबद्ध परियोजनाको सहजीकरणमा मंगलबार भएको उक्त कार्यक्रममा खोज तथा पहिचान विधिको परिभाषा, भत्किएका संरचनामा उद्धार टोलीको संरचना र आवश्यक उपकरणहरूको प्रयोगबारे विस्तृत अभिमुखिकरण दिइएको थियोे ।
कार्यक्रमका बारेमा जानकारी दिँदै प्रतिबद्ध परियोजनाका कार्यक्रम अधिकृत तेज बोहराले गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण र द्रुत उद्धार क्षमताको अभिवृद्धि मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार, सहभागीहरूलाई उद्धार सामग्रीको प्रयोग, द्रुत प्रतिक्रिया प्रक्रिया, तथा आपतकालीन अवस्थामा आवश्यक समन्वय प्रणालीबारे व्यावहारिक प्रशिक्षण समेत प्रदान गरिएको थियो।
थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सशस्त्र प्रहरी बल बझाङका प्रमुख डिएसपी दुर्गा प्रसाद भट्ट, प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्या, सामाजिक विकास कार्यालय बझाङका प्रमुख प्रयागराज जोशी, नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष डि.बी. बिष्ट तथा कोषाध्यक्ष दोरेन्द्र खड्का लगायत अतिथिहरूको उपस्थिति थियो।
कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय तहका कर्मचारी तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अध्यक्ष रोकायाले गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यलाई प्राथमिकतामा राखेको बताउँदै यस्तो अभिमुखिकरण तथा प्रशिक्षणले स्थानीय तहमा उद्धार क्षमतामा थप मजबुती आउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज