Advertisement

केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

Advertisement

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
सिकाइ आपूर्ण तथा द्रुत सिकाइ योजना कार्यनयन, इमिस अध्यावधिक, अतिरिक्त कक्षा सञ्चालन सम्बन्धि कार्यक्रममा अन्तरक्रिया गरिएको थियोे ।
कमजोर सिकाइ भएका बालबालिका लागि थप सिकाइका कार्यक्रम सञ्चालन गर्न र विद्यालय नियमित सञ्चालन तथा पठनपाठन सुनिश्चितता गर्न कार्यक्रम आयोजना गरिएको शिक्षा शाखा प्रमुख हिक्मत बहादुर भण्डारीले जानकारी दिए ।
त्यस्तै पालिका शिक्षा युवा तथा खेलकुद शाखाले कमजोर विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको छ । पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा ८ र १० मा अध्यनरत अंग्रेजी, गणीत , र विज्ञान विषयमा कमजोर विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा सञ्चालन गर्न लागेको शाखा प्रमुख भण्डारीले बताए । उनका अनुसार कार्यविधि निर्माण भइसकेको र अबको केही समयमा विद्यालय समयभन्दा अघि वा पछि समय मिलाएर अतिरिक्त कक्षा सञ्चालन गरिनेछ ।
पालिकाले अतिरिक्त कक्षा सञ्चालनका लागि विद्यालयलाई सुविधा प्रदान गर्नेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज