बाजुराको रुगिनका बाढी–पहिरो पीडितको चाडपर्व त्रिपालमै
बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्या रुगिनका बाढी–पहिरोपीडितले यस वर्षको दसैं–तिहार खुलेआकाशमुनि त्रिपालमै मनाउँदैछन्।
गत साउन २८ गते बिच्छ्याखोलामा आएको बाढीले झन्डै ४१ घरपरिवार विस्थापित भएका थिए। गत वर्ष घरमै खुसीपूर्वक चाडपर्व मनाएका उनीहरूले यसपालि भने घर पहिरोले बगाएपछि अस्थायी टहरोमा बस्न बाध्य भएका हुन्।
बिच्छ्याका सब्बले थापाले भने, “यो बर्खामा त जस्तै–तस्तै बित्यो, तर हिउँदमा चिसो बढेपछि त्रिपालमा रात काट्न गाह्रो पर्छ भन्ने चिन्ता छ।”
स्थानीय सरकारले खाद्यान्न, लुगाफाटा लगायतका राहत सामग्री वितरण गरेको छ। त्यस्तै, प्रदेश र संघीय सरकारसँग पनि घरबासको व्यवस्थाका लागि सहयोगको अपेक्षा गरिएको छ।
बाढी–पहिरोले हिमाली गाउँपालिका–१ बिच्छ्यामा आठ घर बगाएको र नौ घर जोखिममा पारेको छ। वडा नं. ५ कबाडीमा १६ घर बगाएको र ३२ घरमा पूर्ण क्षति पुगेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिक...











