Advertisement

हाम्रो बारेमा

कञ्चनपुरमा लागूऔषधसहित दार्चुलाका एक युवक पक्राउ   

कञ्चनपुरमा लागूऔषधसहित दार्चुलाका एक युवक पक्राउ   

कन्चनपुर, मुख्य समाचार, सुदूरपश्चिम
कञ्चनपुरमा लागूऔषधसहित दार्चुलाका एक युवक पक्राउ परेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोके बजारबाट अबैध लागूऔषध (नाइट्राजेपाम) १५ ट्याब्लेटसहित दार्चुलाको महाकाली नगरपालिका-५ गल्फै बस्ने २३ वर्षीय बिनोद ठगुन्ना बुधवार साँझ पक्राउ परेका हुन्। प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ठगुन्नाको साथबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  ...
चट्याङबाट बच्न के गर्ने, के नगर्ने ?

चट्याङबाट बच्न के गर्ने, के नगर्ने ?

मुख्य समाचार, सुदूरपश्चिम
'प्रि–मनसुन' को यो बेला चट्याङ धेरै पर्छ । केही दिनदेखि लगातार चट्याङ पर्दै आएको छ । नेपालको सबैभन्दा खतरनाक प्राकृतिक प्रकोपमध्ये एक चट्याङ पनि हो । पछिल्लो दुई हप्तामा मात्रै चट्याङ लागेर तीन जनाको ज्यान गएको छ । गएको वैशाख महिनापछि मात्रै चट्याङ लागेर एक सय २७ जनाको ज्यान गएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार ११ महिनामा चट्याङ लागेर चार सय ५१ जना घाइते भएका छन् । चट्याङ लागेर बर्सेनि ठूलो सङ्ख्यामा घरपालुवा पशुचौपायासमेत मर्ने गरेका छन् । चट्याङ विशेषगरी प्रि–मनसुन अर्थात् चैत, वैशाख र जेठ महिनामा धेरै पर्छ । अर्थात् अबको झन्डै तीन महिना चट्याङको जोखिम धेरै हुने समय हो । चट्याङबाट बच्न के गर्ने, के नगर्ने ? वरिष्ठ मौसमविद् विभूति पोखरेलको सुझाव यस्तो छ :– घरबाहिर भएको अवस्थामा चट्याङ परेमा सकेसम्म आश्रय खोज्नुपर्छ ...
कर्णालीमा एमाले नेतृत्वमा सरकार बन्ने सुनिश्चित, गण्डकी र सुदूरपश्चिममा अन्योल

कर्णालीमा एमाले नेतृत्वमा सरकार बन्ने सुनिश्चित, गण्डकी र सुदूरपश्चिममा अन्योल

मुख्य समाचार, राजनीति
गण्डकी र कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले तयारी थालेका छन् । दुवै प्रदेशका मुख्यमन्त्रीले हिजो राजीनामा दिएसँगै नयाँ सरकार गठनको तयारी भएको हो । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई आउँदो २७ गतेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीको दाबीसहित प्रस्ताव पेस गर्न ७ दिनको समय दिनुभएको छ गण्डकीमा तत्कालीन सत्ता साझेदार माओवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । विश्वासको मत जुटाउन नसक्ने भएपछि उहाँले राजीनामा दिनुभएको हो । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले हिजो विश्वासको मत लिएर मात्रै राजीनामा दिने तयारीमा रहे पनि केन्द्रीय न...
सुदूरपश्चिम प्रदेशमा भारतबाट आएकामा कोरोना सङ्क्रमणको जोखिम धेरै

सुदूरपश्चिम प्रदेशमा भारतबाट आएकामा कोरोना सङ्क्रमणको जोखिम धेरै

मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, फ्लु लगायत कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । गएको एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ती सङ्क्रमितमा  सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका धेरै रहेका मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधि बसौलाले कोरोना सङ्क्रमित बिरामी फाट्टफुट्ट उपचारका लागि अस्पतालमा आउने गरेको बताउनुभयो । मौसममा आएको परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका तर कोरोना सङ्क्रमित भने अस्पतालमा धेरै नभएका उहाँको भनाई छ । निर्देशक डा बसौलाका अनुसार अहिले तीनजना सङ्क्रमितले सघन उपचार कक्ष (आईसीयू) र दुई जनाले  शय्यामा उपचार गराइरहेका छन् । अन्य अस्पतालमा आइसोलेसन नभएर टेकु अस्पतालमा बिरामी आउने गरेको उहाँले बताउनुभ...
ताइवानमा शक्तिशाली भूकम्प : जापान र फिलिपिन्समा पनि सुनामीको चेतावनी

ताइवानमा शक्तिशाली भूकम्प : जापान र फिलिपिन्समा पनि सुनामीको चेतावनी

अन्तर्राष्ट्रिय, मुख्य समाचार
ताइवानको पूर्वी तटीय क्षेत्रमा आज  ७  दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । ताइवानको हुलिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् । ताइवानमा गएको भूकम्पपछि जापानले ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरेको बीबीसीले जनाएको छ । सुनामीको छाल तीन मिटर अग्लो हुन सक्ने आशंका गरिएको छ । त्यस क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा लैजाने तयारी भएको छ । सन् २०११ को मार्चमा तोहोकुमा भूकम्प र त्यसपछि सुनामी आउँदा शुरुमा केही सेन्टिमिटरको छाल मात्रै भए पनि पछि डरलाग्दो सुनामीमा परिणत भएको स्मरण गराउँदै त्यहाँका बासिन्दालाई सावधानी अपनाउ...
सुदूरपश्चिम लगायत देशका पहाडी भेगमा आंशिक बदली, वर्षाको सम्भावना

सुदूरपश्चिम लगायत देशका पहाडी भेगमा आंशिक बदली, वर्षाको सम्भावना

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
आजदेखि फेरि वर्षा र बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो हप्ता लगातार भैरहेको वर्षा र बदली हटे पनि फेरि नयाँ मौसमी प्रणाली भित्रिन लागेको मौसमविदले बताएका छन् । यतिखेर सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भेगमा आंशिक बदली रहेको छ । दिउँसोपख कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै गण्डकी र कर्णाली प्रदेश लगायतका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । अबको तीन दिनसम्मै पहाडी भेगका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । ...
शैक्षिकसत्र सुरु हुनु अगावै बझाङमा पुग्यो पाठ्यपुस्तक

शैक्षिकसत्र सुरु हुनु अगावै बझाङमा पुग्यो पाठ्यपुस्तक

बझाङ, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
बझाङ : नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै बझाङमा पनि पाठ्यपुस्तक पुगेका छन्। हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाउने भएका हुन् जिल्लामा पुगेका पाठ्यपुस्तकहरुलाई जनकशिक्षा सामग्री केन्द्रका आधिकारिक बिक्रेता रहेका पुस्तक पसलहरुले सबै पालिकाका सामुदायिक विद्यालयमा पु¥याउने शिक्षा विकास तथा समन्वय विकास ईकाइ बझाङले जनाएको छ । प्रत्येक वर्ष सामुदायिक विद्यालयले पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकामा यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पुस्तक ल्याइएको शिक्षा विकास तथा समन्वय विकास ईकाइ बझाङका सुचना अधिकारी बसन्त बहादुर सिंहले बताउनुभयो । जनकशिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले यही चैत १३ गतेबाट सुदूरपश्चिम प्रदेशको बाजुराबाट किताब वितरण सुरु गरेको जनाएको छ। केन्द्रले ...
नागरिक उन्मुक्तिभित्र  विवाद : पार्टी नै विभाजनको संघारमा

नागरिक उन्मुक्तिभित्र विवाद : पार्टी नै विभाजनको संघारमा

मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढी —सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्तिभित्रको विवाद उत्कर्षमा पुगेर पार्टी नै विभाजनको संघारमा पुगेको छ । काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार डाकिएको केन्द्रीय समिति बैठकमा दुई समूहमा विभाजित नेता–कार्यकर्ता हात हालाहालको अवस्थामा पुगेका छन्  पार्टीका संरक्षक रहेका रेशम चौधरी सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गरेर अघि बढ्ने अडानमा छन् भने पार्टी अध्यक्ष रहेकी रेशम पत्नी रञ्जिता श्रेष्ठ केन्द्रको नयाँ गठबन्धनअनुसार प्रदेशमा पनि जानुपर्ने अडानमा छिन् । पार्टीभित्र विवादको मुख्य कारण रेशम–रञ्जिताको फरक–फरक अडान हो । बैठकमा रञ्जिता पक्षधर रहेका टीकापुरका नगर प्रमुख रामलाल डगौरा थारू र नेता रमेश विकले आफूहरूमाथि रेशम पक्षधर नेता–कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन् । ‘प्रदेश सरकार बनाउनेमा विवाद भएको हो, केन्द्रदेखि प्रदेशसम्...
धनगढी आगलागी, डेढ लाख बराबरको क्षती

धनगढी आगलागी, डेढ लाख बराबरको क्षती

कैलाली, मुख्य समाचार
धनगढी– धनगढी उपमहानगरपालिका –७ रानागाउँमा आगलागी भएको छ। स्थानीय कल्लु रानाको जस्तापाताले छाएको भुईतले कच्ची गोठमा आगलागी भएको हो खाना पकाउन बालेको आगोबाट गोठमा रहेको भुसा र परालमा आगो सल्केर आज सोमवार दिउँसो आगलागी हुँदा गोठ सँगै भित्र रहेको भुसा,पराल,काठको कडी,जस्तापाता लगायतका डेढ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त आगलागीबाट गोठ भित्र रहेको एउटा बाख्रा समेत जलेर घाईते भएका छन ।...
दार्चुलामा कोदोको बोराभित्र चरेश फेला, दुई जना पक्राउ

दार्चुलामा कोदोको बोराभित्र चरेश फेला, दुई जना पक्राउ

दार्चुला, मुख्य समाचार
दार्चुलाः दार्चुलामा कोदोको बोराभित्र चरेश फेला परेको छ। दार्चुलाको महाकाली नगरपालिका-१ श्रीबगर स्थित दार्चुला–तिंकर सडक खण्डबाट २ किलो ७०० ग्राम लागूऔषध (चरेश)सहित कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ बस्ने २७ वर्षीय हर्कलाल रानालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा रानाले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००१ त १३१० नम्बरको ट्याक्टको ट्रालीमा कोदोको बोराभित्र लुकाइ छिपाई राखेको अवस्थामा चरेश फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सोधपुछ गर्दा उक्त सामान पठाउने ब्यक्ति दार्चुलाको ब्याँस गाउँपालिका-४ सुनसेरा बस्ने ५५ वर्षीय जयलाल कुँवर भनि खुलेपछि उनलाई समेत प्रक्राउ गरि चरेश र ट्याक्टरसहित दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा दार्चुला प्रहरीले थप अनुसन्धान गरिरहेको ...
राष्ट्रिय सहकारी दिवस : सुशासन र विश्वसनियता बढाउनुपर्नेमा जोड

राष्ट्रिय सहकारी दिवस : सुशासन र विश्वसनियता बढाउनुपर्नेमा जोड

मुख्य समाचार, सुदूरपश्चिम
आज ६७ औँ राष्ट्रिय सहकारी दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सहकारीमा सुशासन, प्रविधि र एकिकरण’ नाराका साथ यसवर्ष सहकारी दिवस मनाउन लागिएको हो नेपालमा २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको शुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो । देशभर अहिले झण्डै ३० हजारको सङ्ख्यामा सहकारी रहेको तथ्याङ्क छ । यो क्षेत्रमा झण्डै ६० लाख सदस्य छन् । पछिल्लो समय सङ्ख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर र विश्वसनियतामा बढ्न सकेको छैन । कतिपय सहकारीको कारोबारमा जोखिम अवस्था छ । सहकारीले आफ्नो रकम अपचलन गरेको भन्दै बचतकर्चा नै आन्दोलनमा छन् । नियमविपरित सञ्चालन भएका सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गर्ने क्रम पनि बढ्दो छ ।...
बझाङको मष्टाका तीन घरमा आगलागी

बझाङको मष्टाका तीन घरमा आगलागी

बझाङ, मुख्य समाचार
बझाङका तीन घरमा आगलागी भएको छ । जिल्लाको मष्टा गाउँपालिका –६ रिलु बस्ने जिते रोकाया, ईश्वर रोकाया र लोकेन्द्र रोकायाको घरमा सोमबार दिउँसो आगलागी भएको हो । सङ्गै जोडिएका ३ तले पथ्थरले छाएका घरहरुमा सोमबार दिउँसो साढे १२ बजे अचानक आगलागी भएको प्रहरीले बताएको छ । घटना भएको जानकारी पाउनासाथ प्रहरी सहायक निरीक्षक लोकेन्द्र बिष्टको कमाण्डमा ४ जनाको प्रहरी टोली खटि गएको र अहिले स्थानिय र प्रहरीको सहयोगमा आगलागि नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज