बझाङका तीन घरमा आगलागी भएको छ । जिल्लाको मष्टा गाउँपालिका –६ रिलु बस्ने जिते रोकाया, ईश्वर रोकाया र लोकेन्द्र रोकायाको घरमा सोमबार दिउँसो आगलागी भएको हो ।
सङ्गै जोडिएका ३ तले पथ्थरले छाएका घरहरुमा सोमबार दिउँसो साढे १२ बजे अचानक आगलागी भएको प्रहरीले बताएको छ । घटना भएको जानकारी पाउनासाथ प्रहरी सहायक निरीक्षक लोकेन्द्र बिष्टको कमाण्डमा ४ जनाको प्रहरी टोली खटि गएको र अहिले स्थानिय र प्रहरीको सहयोगमा आगलागि नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३