Advertisement

ताजा अपडेट

सुप्रिम सहकारी प्रकरण- रवि लामिछाने थुनामा पठाउने उच्च अदालतको आदेश

सुप्रिम सहकारी प्रकरण- रवि लामिछाने थुनामा पठाउने उच्च अदालतको आदेश

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
धनगढी— बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुर, बुटवल इजलासले आदेश दिएको छ। यसअघि जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर उच्च अदालतका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त आदेश बदर गर्दै थुनामा पठाउन निर्देशन दिएको हो। यसै प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशलाई उच्च अदालतले सदर गरेको छ। सरकारी वकिल कार्यालयले ‘उस्तै कसुरमा संलग्न’ भनिएका रविलाई धरौटीमा छाडिएकोप्रति असहमति जनाउँदै उच्च अदालतमा पुनरावलोकनको माग गर्दै निवेदन दिएको थियो। शुक्रबार साँझ अदालतले सरकारी वकिलको मागअनुसार रविलाई थुनामा पठाउने आदेश दिएको हो। लामिछाने पक्षले भने एक करोड धरौटी बढी भएको ...
बझाङको ऐतिहासिक हात्तीसार दरबारको संरक्षणमा जोड, सरोकारवाला जुटे छलफलमा

बझाङको ऐतिहासिक हात्तीसार दरबारको संरक्षणमा जोड, सरोकारवाला जुटे छलफलमा

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा अवस्थित ऐतिहासिक हात्तीसार दरबारको संरक्षणको पहल सुरु गरिएको छ। दरबारको संरक्षण र मर्मतसम्भारका विषयमा बिहीबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा छलफल उठेपछि शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, र पत्रकारहरूको सहभागितामा बृहत् छलफल सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले जानकारी दिए। बैठकमा दरबारको तत्काल मर्मतसम्भार मात्र नभई दीर्घकालीन संरक्षणको योजना बनाउन आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहराले बताए। नेपाली कांग्रेसका प्रवक्ता रमानन्द जोशीले हात्तीसार दरबारलाई सामाजिक तथा सांस्कृतिक केन्द्रको रूपमा पुनः विकास गर्नुपर्नेमा जोड दिए। नेकपा एमालेका सचिव नयन बोहराले दरबारको ऐतिहासिक महत्व झल्किने गरी मर्मत गर्नुपर्ने बताए भने दरबारको सुरक्षा सुनिश्चित गर्न आवश्यक जनशक्ति परिचालनको पनि...
अधिकृत कुटपिट घटनाको विरोधमा कर्मचारी एकजुट, दोषीलाई कारबाहीको माग

अधिकृत कुटपिट घटनाको विरोधमा कर्मचारी एकजुट, दोषीलाई कारबाहीको माग

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय कुमार यादवमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटना प्रति सरकारी कर्मचारीहरू आक्रोशित भएका छन्। बिहीबार छविसपाथिभेरा गाउँपालिका-२ का स्थानीय करिब ३०–३१ वर्षीय मुकेश ऐडीले यादवमाथि बेलले हानी कुटपिट गरेका थिए । घटनाका क्रममा यादवको टाउको, कान र शरीरमा चोट लागेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जिप चालक ऐडीले पालिकाले आफ्नो गाडी प्रयोग गरेबापतको भुक्तानी नदिएको भन्दै आक्रोश व्यक्त गर्दै यादवमाथि कुटपिट गरेका पाइएको छ। गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूमाथि हातपात तथा दुर्व्यवहार भएको भन्दै राष्ट्रिय कर्मचारी ट्रेड युनियनले विरोध जनाएको छ। यस घटनाले सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ। कर्मचारी युनियनले दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गर्दै जिल्ला प्रश...
दक्षिण कोरियाली राष्ट्रपति युन पदमुक्त

दक्षिण कोरियाली राष्ट्रपति युन पदमुक्त

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलविरुद्धको महाअभियोग प्रस्तावलाई अदालतले सदर गरेको छ । संसदबाट पारित भएको महाअभियोगविरुद्ध परेको रिटमा संवैधानिक अदालतमा लामो समयसम्म भएको बहसपछि इजलासले सर्वसम्मतिमा सदर गरिदिएको हो । अदालतको यस्तो निर्णयसँगै युन राष्ट्रपतिबाट पदमुक्त भएका छन् । अब उनको ठाउँमा ६० दिनभित्र चुनाव गराउनुपर्नेछ । अदालतले युनले सैन्य कानून लगाएर नागरिकको राजनीतिक अधिकारमा क्षति पुर्‍याएको ठहर गरेको छ । अदालतले देशमा सैन्य कानून लागू गरेका युनको कदम कानूनी शासन र लोकतन्त्रको सिद्धान्तको उल्लङ्घन भएको बताएको छ । युनको पद जाने भएपछि राजधानी सोलमा उनका समर्थक र विरोधीहरु छुट्टाछुट्टै प्रदर्शन गरिरहेका छन् ।...
टीकापुरमा अनाथ तथा असहाय बालबालिकाका लागि संरक्षण केन्द्र सञ्चालन

टीकापुरमा अनाथ तथा असहाय बालबालिकाका लागि संरक्षण केन्द्र सञ्चालन

Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
टीकापुर — कैलालीको टीकापुर नगरपालिकाले शैक्षिक वर्ष २०८२ देखि अनाथ तथा असहाय बालबालिकाका लागि संरक्षण केन्द्र सञ्चालनमा ल्याएको छ। सरस्वती माध्यमिक विद्यालय बनगाउँले माघ ३ गते सूचना जारी गर्दै पालिकाभित्र स्थायी बसोबास गर्ने १६ वर्षमुनिका बालबालिकालाई छात्रावासमा भर्ना खुलाएको हो। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार कार्यविधि २०८१ को आधारमा भर्ना प्रक्रिया सुरु गरिएको प्रधानाध्यापक खगेन्द्रबहादुर घर्तीमगरले जानकारी दिए। छात्रावासमा पहिले मुक्तकमलहरी बालबालिका बस्दै आएका थिए। अहिले कक्षा १२ सकिएको कारण छात्रावास खाली छ। हालसम्म करिब २० बालबालिकाले आवेदन दिएका छन्। पालिकाले अभिभावकविहीन बालबालिकालाई छात्रावासमा राखी कक्षा १२ सम्मको शिक्षासहित लालनपालन गर्नेछ। प्रधानाध्यापक रघुनाथ उपाध्याय र अभिभावक विमला चौधरीले सरकारद्वारा सञ्चालित संरक्षण केन्द्र सकारात्मक पहल भएको बताउँदै बा...
दार्चुलामा ट्र्याक्टर दुर्घटना न्युनिकरणका लागि बहस कार्यक्रम

दार्चुलामा ट्र्याक्टर दुर्घटना न्युनिकरणका लागि बहस कार्यक्रम

Breaking News 1, ताजा अपडेट, दार्चुला, समाचार, सुदूरपश्चिम
दार्चुला— जिल्ला प्रहरी कार्यालय दार्चुलाले ट्राफिक दुर्घटना न्युनिकरण र सचेतना बढाउन ‘ट्याक्टर बहस’ कार्यक्रम सुरू गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको नवप्रर्वतनिय कार्यक्रम अन्तर्गत बिहीवार शैल्यशिखर–९, गोकुलेश्वरमा ट्याक्टर धनी र चालकहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले ट्र्याक्टर दुर्घटनाबाट जोगिन अपनाउनुपर्ने सावधानीहरूबारे प्रशिक्षण दिए। शैल्यशिखर नगरपालिकाका प्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, चालक, व्यवसायीसहित ७४ जना सहभागी थिए।...
आज पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

आज पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाडौं- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातिमा भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ।...
छविसपाथिभेरामा प्रमुख प्रशासकीय अधिकृतमाथि निर्घात कुटपिट, हमलाकारी फरार

छविसपाथिभेरामा प्रमुख प्रशासकीय अधिकृतमाथि निर्घात कुटपिट, हमलाकारी फरार

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय कुमार यादवमाथि कार्यकक्षमै कुटपिट भएको छ। बिहीबार छविसपाथिभेरा गाउँपालिका-२ का स्थानीय करिब ३०–३१ वर्षीय मुकेश ऐडीले यादवमाथि बेलले हानी कुटपिट गरेका हुन्। घटनाका क्रममा यादवको टाउको, कान र शरीरमा चोट लागेको छ। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल, चैनपुर सिमखेत पठाइएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार यादवको अवस्था स्थिर रहेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जिप चालक ऐडीले पालिकाले आफ्नो गाडी प्रयोग गरेबापतको भुक्तानी नदिएको भन्दै आक्रोश व्यक्त गर्दै यादवमाथि कुटपिट गरेका पाइएको छ। स्थानीयवासीहरूले कुटपिट रोक्ने प्रयास गरे पनि ऐडीले यादवलाई बेलले लगातार प्रहार गरेका थिए। घटनापछि मुकेश ऐडी फरार भएका छन्। प्रहरीले ऐडीको खोजी कार्य तीव्र पारेको छ। प्रहरीले ऐडीको सम्भावित ठेगाना र सम्पर्क सूत्रहरू खोजी गरिरहेको छ। स...
आईपीएलमा कोलकाताको शानदार जित, हैदराबादलाई ८० रनले पराजित

आईपीएलमा कोलकाताको शानदार जित, हैदराबादलाई ८० रनले पराजित

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ८० रनको फराकिलो अन्तरले पराजित गरेको छ। यो कोलकाताको दोस्रो जित हो भने हैदराबादले लगातार तेस्रो हार बेहोरेको छ। इडन गार्डेनमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०० रनको मजबूत योगफल तयार गर्‍यो। कोलकाताका भेंन्कटेश अय्यरले सर्वाधिक ६० रन जोडे भने अंगकृश रघुंवशीले अर्धशतकीय योगदान दिँदै ५० रन बनाए। २०१ रनको लक्ष्य पछ्याएको हैदराबाद १६ ओभर ४ बलमै १२० रनमा अलआउट भयो। हैदराबादका हेनरिक क्यालसेनले ३३ रन बनाए भने कामिन्दु मेन्डिसले २७ रनको योगदान दिए। कोलकाताका बलरहरू वैभव अरोरा र वरुण चक्रवर्तीले उत्कृष्ट प्रदर्शन गर्दै समान तीन-तीन विकेट लिए। बलिङतर्फ हैदराबादका मोहम्मद शामी, प्याट कमिन्स, जिशन अन्सारी, हर्षल पटेल र कामिन्दु मेन्डिसले समान एक-ए...
बझाङ ट्राफिक प्रहरीको चेतावनी- रातो नम्बर प्लेटका गाडीमा यात्रु बोके कडा कारबाही गरिने

बझाङ ट्राफिक प्रहरीको चेतावनी- रातो नम्बर प्लेटका गाडीमा यात्रु बोके कडा कारबाही गरिने

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले रातो नम्बर प्लेटका गाडीमा यात्रु बोकेको भेटिएमा कडा कारबाही गर्ने जनाएको छ। बुधवार एक सूचना जारी गर्दै प्रहरीले भनेको छ कि, बारम्बार जरिवाना गर्दा पनि रातो नम्बर प्लेट भएका गाडीहरूले यात्रु बोकेर सार्वजनिक यातायातको रूपमा प्रयोग गर्दै आएको कार्य रोकिएको छैन। अबदेखि यस्तो गाडीलाई नियन्त्रणमा लिई थप कारबाहीको लागि यातायात व्यवस्था कार्यालयमा पठाइने जानकारी दिइएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा (८) को उपदफा (२) अनुसार, निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनलाई सार्वजनिक यातायात सेवाको लागि प्रयोग गर्न नपाइने प्रावधान रहेको छ। प्रहरी सहायक निरीक्षक विनोद कुमार बिष्टले यस विषयमा जिप व्यवसायी र चालकहरूलाई सचेत गराउँदै भनिन, "पटक-पटक कारबाही र जरिवाना गरेपछि पनि कतिपय जिपहरूले सार्वजनिक सवारी (कालो प्लेट) मा दर्ता गरी यात्रु बोकिरहेका...
दिगो वन कार्यविधिमा घोटाला आरोप- अख्तियारको छापा, मन्त्री चौधरी पदमुक्त

दिगो वन कार्यविधिमा घोटाला आरोप- अख्तियारको छापा, मन्त्री चौधरी पदमुक्त

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बुधबार छापा मारेको छ। आयोगको टोलीले महत्त्वपूर्ण कागजातहरू संकलन गरेको छ। दिगो वन व्यवस्थापन कार्यविधि निर्माण र पारित गर्दा ठूलो आर्थिक चलखेलको आशंका भएपछि अख्तियारले छापा मारेको हो। सार्वजनिक भएको अडियोमा मन्त्री लक्ष्मणकिशोर चौधरी र सचिवालयका केही कर्मचारीहरूको आर्थिक लेनदेनको कुरा गरिएको छ, जसमा मन्त्री चौधरीले '२५ देखि ३० चाहिने' रकमको चर्चा गर्दै अन्य कर्मचारी र वन माफियासँगको वार्ता सुनिन्छ। मन्त्री चौधरीले पदबाट राजीनामा दिएका छन्। अडियोमा कर्मचारी सरुवा र अन्य आर्थिक चलखेलको पनि कुरा भएको पाइन्छ। अख्तियारका प्रतिनिधिहरूले भनिरहेका छन् कि यदि अडियो प्रमाणित भएमा मन्त्री चौधरीसहित अन्य सरकारी अधिकारीहरूलाई कानूनी कारबाही गरिनेछ। यस विषयले प्रदेश सरकार, राजनीतिक दलहरू र आम ...
गजबको भागाभाग- तीनकुनेबाट गाडी उडाउने दुर्गा प्रसाईंको स्कोर्पियो इटहरीमा भेटियो

गजबको भागाभाग- तीनकुनेबाट गाडी उडाउने दुर्गा प्रसाईंको स्कोर्पियो इटहरीमा भेटियो

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं– तीनकुनको प्रदर्शन स्थलबाट चमत्कारिक रूपमा फरार भएका दुर्गा प्रसाईं चढेको स्कोर्पियो गाडी इटहरीमा फेला परेको छ! बीएबी-४२०८ नम्बरको सो गाडी उपत्यका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। तर गाडी त भेटियो, प्रसाईं भने फेरी अलप भएका छन्। गाडी भेटियो, मालिक पनि समातिए, तर चालक र प्रसाईं ‘हराइरहे’ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले स्कोर्पियो गाडीका मालिक मुकुन्द दाहाललाई पक्राउ गरेको छ। काँडाघारी निवासी दाहाललाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ। प्रसाईंलाई झापामा ‘डेलिभर’ गरियो! अनुसन्धानका क्रममा खुलासा भएअनुसार, तीनकुनेबाट उक्त गाडी ईश्वर विकले चलाएका थिए। विकले प्रसाईंलाई झापा पुर्‍याएको बयान दिएका छन्। झापाको बिएण्डसी अस्पतालसम्म पु¥याएर उनी हराएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज