Advertisement

ताजा अपडेट

राष्ट्रिय दलित गोलमेच सम्मेलनको चौथो बैठक सम्पन्न, भीम र सुशील सदस्यमा मनोनित

राष्ट्रिय दलित गोलमेच सम्मेलनको चौथो बैठक सम्पन्न, भीम र सुशील सदस्यमा मनोनित

Breaking News 1, ताजा अपडेट, समाचार
राष्ट्रिय दलित गोलमेच सम्मेलनको चौथो सचिवालय बैठक काठमाडौंमा सम्पन्न भएको छ। बैठकले भीम मलाती विश्वकर्मालाई भारततर्फ केन्द्रीय सचिवालय सदस्य र सुशील ओखेडालाई मूल आयोजक समितिको सदस्यमा मनोनयन गरेको छ। बैठकले गणतन्त्र र धर्मनिरपेक्षताको समर्थन गर्दै दलित समुदायमाथि हुने विभेद अस्वीकार्य रहेको निष्कर्ष निकालेको छ। सम्मेलन २०८२ वैशाख २९-३१ गते काठमाडौंमा आयोजना गर्ने निर्णय भएको छ। प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया सम्पन्न भइसकेका छन् भने आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाइनेछ। प्रचार-प्रसारलाई तीव्र बनाउँदै दलित संगठन, अभियन्ता, बुद्धिजीवी, तथा युवाहरूलाई एकताबद्ध हुन आह्वान गरिएको छ। साथै, विभिन्न क्षेत्रका नयाँ सदस्यहरू मूल आयोजक समितिमा थप गरिएको छ। बैठकमा डा. निर्मल विश्वकर्मा, डा. मित्र परियार, राजेश मयाल (अग्निशिखा) लगायत प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो। सम्मेलनलाई ऐतिहासिक रू...
कैलाली बहुमुखी क्याम्पसमा लबदेव धामी सचिव पदमा उम्मेदवार, दलिय राजनीति मुक्त क्याम्पस बनाउन प्रतिबद्ध

कैलाली बहुमुखी क्याम्पसमा लबदेव धामी सचिव पदमा उम्मेदवार, दलिय राजनीति मुक्त क्याम्पस बनाउन प्रतिबद्ध

Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट लबदेव धामीले सचिव पदमा उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्ता गराएर धामी अहिले अरुलाई पटकपटक हामीलाई एकटक भन्दै प्रचारप्रसारमा होमिएका हुन । धामीले आफू विद्यार्थीका समस्या समाधान गर्दै क्याम्पसलाई दलिय राजनीतिबाट मुक्त गर्ने लक्ष्यसहित अघि बढेको बताएका छन्। उनले क्याम्पसमा शिक्षाको गुणस्तर सुधार, प्राध्यापक तथा पुस्तकको उचित व्यवस्था, विद्यार्थी हकहितको रक्षा, र माफियातन्त्र अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। धामी सानैदेखि समाजसेवा र पत्रकारितामा सक्रिय छन्। उनले सञ्चार माध्यममार्फत शिक्षा, राजनीति, र समाजमा रहेका विकृति-विसंगतिहरू उजागर गर्दै आएका छन्। साथै, उनले पत्रकारिता अध्ययन गर्ने विद्यार्थीहरूका लागि तालिम तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चा...
बर्दियामा नगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ

बर्दियामा नगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य पक्राउ परेका छन्। अत्यधिक मदिरा सेवन गरी नगरप्रमुख छविलाल थारु र उपप्रमुख रत्नकुमारी पाण्डेलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार आचार्यले उपप्रमुख पाण्डेलाई कार्यकक्षमै गएर गालीगलौज गर्दै हातपातको प्रयास गरेका थिए। मंगलबार पक्राउ परे पनि साँझ जमानतमा रिहा भएका उनलाई पुनः मुद्दा चलाउन माग गर्दै प्रहरीमा उजुरी परेको छ। आचार्यले भने नगरप्रमुखले पाँच लाख कमिसन नपाएको झोकमा आफूलाई फसाएको आरोप लगाएका छन्।...
धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ

धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- धनगढीबाट लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अछामको मंगलसेन नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर र मंगलसेन नगरपालिका-५ बस्ने १७ वर्षीय किशोर पक्राउ परेका हुन्। दुईजना किशोरलाई १ ग्राम २४० मिलिग्राम खैरो हेरोइनसहित अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका-६ जंगल रिसोर्ट नजिकबाट सोही ठाउँ बस्ने २६ वर्षीय आशा राम चौधरी र २९ वर्षीय दिलबहादुर चौधरी लागूऔषधसहित पक्राउ परेका छन्। चौधरीलाई १ ग्राम २१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।...
सपनाकाे बादल

सपनाकाे बादल

ताजा अपडेट, विचार
मानिसले जीवन जिउने क्रममा कतिपय उतारचढावको बीचमा विशेष कारणबस सपना बादलजस्तै हुनु कुनै नौलो कुरा हैन। जिवनमा कहिले छायाँ त कहिले उज्यालो सपना देख्नु सबैको अधिकार हो, तर ती पूरा गर्न आवश्यक साधन, अवसर र संघर्षका कारण सबैका लागि समान हुँदैनन्। शिक्षित र अशिक्षित मानिसहरूको जीवनशैली र अपेक्षामा ठूलो भिन्नता पाइन्छ। सामान्यतया, पढेका मानिसहरू ठूला सपना देख्छन्, जीवनमा ठूलो लक्ष्य राख्छन्, र सफलताको खोजीमा दौडिरहेका हुन्छन्। तर जब ती सपना पूरा हुँदैनन्, निराशा, तनाव, र असन्तोष बढ्छ। यसै क्रममा अर्कोतर्फ, अशिक्षित वा सानो परिधिमा बाँच्ने मानिसहरू साना कुराहरूमा खुशी मान्छन्। उनीहरू महलको सपना देख्दैनन्, बरु राम्रो छानो, दुई छाक खान पाउने अवस्था, र परिवारको सानो खुसीलाई नै उपलब्धि ठान्छन्। उनीहरू सीमित आवश्यकतामा रमाउँछन्। शिक्षित मानिसहरू भने बढी चाहना राख्छन्, किनभने उनीहरू अवसर खोज्ने प्रया...
आईपीएलमा आरसीबीमाथि गुजरातको सानदार जित

आईपीएलमा आरसीबीमाथि गुजरातको सानदार जित

Breaking News 3, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई पराजित गरेको छ । बेङ्गलुरुमा हिजो भएको खेलमा गुजरात ८ विकेटले विजयी भएको हो । बेङ्गलुरुले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍याे । गुजरातका जोस बटलरले अविजित ७३ रन बनाए । बेङ्गलुरुका जोस हेजलवुड र भुवनेश्वर कुमारले समान १ विकेट लिए । त्यसअघि एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेङ्गलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बेङ्गलुरुका लागि लियम लिभिङ्स्टोनले ५४ रन बनाए । गुजरातका लागि मोहम्मद सिराजले ३ विकेट लिए । गुजरातले खेलेको ३ खेलमध्ये २ मा जीत र १ मा हारका साथ अङ्क तालिकाको चौथो स्थानमा यथावत् छ । गुजरात पहिलो खेलमा पञ्जाब किङ्ग्ससँग पराजित भएको थियो भने ...
आज कोशी र गण्डकीका एक-दुई स्थानमा हिमपातको सम्भावना

आज कोशी र गण्डकीका एक-दुई स्थानमा हिमपातको सम्भावना

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। दिउँसो कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहे पनि देशका अधिकांश भूभागहरूमा तापक्रम वृद...
भारत जाने श्रमिकलाई पनि बिमा योजनामा समेट्नुपर्छ- मुख्यमन्त्री शाह

भारत जाने श्रमिकलाई पनि बिमा योजनामा समेट्नुपर्छ- मुख्यमन्त्री शाह

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रोजगारीका लागि भारत जाने श्रमिकलाई पनि बिमा योजनामा समेट्नुपर्ने बताएका छन्। नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेशले आयोजना गरेको बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले रोजगारीका सिलशिलामा भारत जाने श्रमिकलाई बिमा लाभमा समेट्न प्रदेश सरकार संवेदनशील रहेको बताएका हुन्। मुख्यमन्त्री शाहले रोजगारीका लागि खाडी मुलुकलगायत तेस्रो मुलुक जाने श्रमिकसँगै भारत जानेहरूको पनि श्रमिक बिमा गर्नुुपर्ने बताए। श्रमिकले बिमाबाट राम्रो लाभ लिनसक्ने र जनतामा राम्रो सन्देश जाने भएकाले प्रदेशका सचिवहरूलाई भारत जाने श्रमिकको तथ्याङ्क सङ्कलन गरी प्रक्रिया अगाडि बढाउन र गृहकार्यमा लाग्न उनले निर्देशन दिए। मुख्यमन्त्री शाहले प्रदेश सरकारले सुदूरपश्चिमवासीको विपत् बिमा गर्ने योजना लिएकाले नियमनकारी निकाय बिमा प्राधिकरण र बिमा गर्ने सङ्घसंस्थ...
नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता अन्तिम चरणमा

नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता अन्तिम चरणमा

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं- तराई-मधेश केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ। एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा जुटेका छन् । दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र जनसवाललाई सशक्तरूपमा उठाउनेगरी एकताका लागि पहल गरिएको नेताहरू बताउँछन्। दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसेर सहमतिको विन्दु पहिल्याउन कसरत गरिरहेका छन्। कार्यदल र शीर्ष नेतृत्वतहमा चरणबद्ध छलफल भइरहेको नेताहरूले बताएका छन्। जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकीकरणलाई अन्तिम रुप दिन आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको र आगामी वैशाख १५ भित्रै पार्टी एकीकरणको घोषणा गर्नेगरी संवाद भइरहेको बताए । जनमतका तर्फबाट गठित कार्यदलका संयोजकसमेत रहेका उनले भने, ‘नयाँ बन्ने पार्टीको नाम, झण्...
विद्यार्थी हकहित र शिक्षाको सुधारका लागि महेश्वरी रेमीको उम्मेदवारी

विद्यार्थी हकहित र शिक्षाको सुधारका लागि महेश्वरी रेमीको उम्मेदवारी

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
कैलाली : कैलाली बहुमुखी क्याम्पस (केएमसी) मा यही चैत्र २७ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि महेश्वरी रेग्मी स्वतन्त्र उम्मेदवारका रूपमा प्रस्तुत भएकी छन्। उनले विद्यार्थीका अधिकार, शिक्षाको गुणस्तर सुधार, नियमित कक्षा सञ्चालन, पारदर्शी प्रशासन र क्याम्पसलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मुख्य एजेन्डासहित उम्मेदवारी घोषणा गरेकी छन्। महेश्वरी रेग्मी हाल मानवीकी संकायकी पाँचौं सेमेस्टरकी विद्यार्थी हुन्। लामो समयदेखि विद्यार्थीका समस्याहरूलाई नजिकबाट अध्ययन गर्दै आएकी उनले यो निर्वाचनमार्फत क्याम्पसमा सकारात्मक परिवर्तन ल्याउने अठोट लिएकी छन्। उनी भन्छिन्, "शिक्षालयलाई शिक्षालय नै बनाऔं, राजनीतिलाई राजनीति गर्ने ठाउँमै छाडौं। विद्यार्थीका हकहितमा कोही सम्झौता गर्न सक्दैन।" उनको प्रमुख एजेन्डा क्याम्पसमा नियमित कक्षा सञ्चालन गराउनु, विद्यार्थीहरूक...
“दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा बम बहादुर बिकको उम्मेदवारी “

“दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा बम बहादुर बिकको उम्मेदवारी “

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
कैलाली : सुदूरपश्चिमकै प्रतिष्ठित कलेज दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा यही चैत २७ गते हुने स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीका विद्यार्थी नेता बम बहादुर बिकले उम्मेदवारी घोषणा गर्दै प्रचार-प्रसारलाई तीव्र पार्नुभएको छ। बम बहादुर बिक दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका चर्चित विद्यार्थी नेतामध्ये एक हुनुहुन्छ। निरन्तर विद्यार्थी नेतृत्वमा सक्रिय रहँदै आउनुभएका बिक विद्यार्थी माझ लोकप्रिय नेता हुनुहुन्छ। उहाँले जितेपछि क्याम्पसमा रहेका कमजोरी सुधार्दै विद्यार्थीका हकअधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभएको छ। विद्यार्थीहरूसँग सधैं नजिक रहँदै पढाइ तथा अन्य गतिविधिमा सक्रिय रहने बिकले विद्यार्थीहरूको समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने बताउनुभएको छ। स्वच्छ छवि भएका विद्यार्थी नेताका रूपमा परिचित बिकले निर्वाचनमा कुनै पनि पार्टीभन्दा माथि उठेर योग्य उम्मेदवारलाई मतदान गर्न ...
बझाङको ऐतिहासिक तथा धार्मिक केदार मन्दिर: आस्था, संस्कृति र पर्यटनको केन्द्र

बझाङको ऐतिहासिक तथा धार्मिक केदार मन्दिर: आस्था, संस्कृति र पर्यटनको केन्द्र

Breaking News 2, ताजा अपडेट, पर्यटन, मनोरञ्जन, विचार
दिपेन्द्र धामी,बझाङ - बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर ३, ६, र ८ को बीचमा अवस्थित प्रसिद्ध केदार मन्दिर ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । यसै मन्दिरको नामबाट यहाँको स्थानीय तह लगायत ,रेडियो,विभिन्न संघसंस्था, विद्यालय, सामाजिक प्रतिष्ठान तथा धार्मिक समूहको नामकरण गरिएको छ। केदार मन्दिरमा विशेष गरि वैशाख १ गते र साउने पूर्णिमाका दिन (रक्षाबन्धनका) बेला भव्य मेला लाग्छ। यस अवसरमा टाढा–टाढाबाट भक्तजनहरू आउने गर्छन् र आस्थाका साथ पूजाआजा गर्छन्। यहाँ पूजा गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। यस मन्दिरको पूजाको विशेष जिम्मेवारी थलाल ब्राह्मणहरूको रहेको छ। प्रारम्भमा थलाल ब्राह्मणहरू थला क्षेत्रमा बसोबास गर्थे, जसका कारण उनीहरूलाई 'थलाल ब्राह्मण भन्न थाल्यो भन्ने मान्यता छ। यहाँका प्रमुख भक्तजनहरू धामी, जेठारा, बोहरा, खाती, बिष्ट , मल्ल,जा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज