ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई विना शर्त आत्मसमर्पण गर्न सुझाव दिएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मा लेख्दै अहिलेको परिस्थितिमा खोमिनीले आत्मसमर्पण गर्नु सबैभन्दा उपयुक्त विकल्प हुने बताएका हुन्। उनका अनुसार अमेरिका इरानको अवस्थाबारे पूर्ण रूपमा जानकार छ र हाललाई खोमिनीको ज्यान सुरक्षित रहेको स्पष्ट पारेका छन्। उनले खोमेनीलाई लक्षित गर्नु सजिलो भए पनि हाल अमेरिकाले त्यसो नगर्ने दाबीसमेत गरेका छन्।
इरानले इजरायलको तेल अभिभ र हाइफाजस्ता प्रमुख सहर खाली गर्न चेतावनी दिएपछि तेहरानमा ठूलो संख्यामा विस्फोट भएका छन्। राजधानी छाड्न खोज्ने इरानीको संख्या बढ्दै गएको छ, तर धेरै नागरिक अन्यत्र सुरक्षित विकल्प नभएको बताउँदै छन्।
पछिल्लो सैन्य तनाव शुक्रबारदेखि सुरु भएको हो, जब इजरायलले इरानमाथि आक्रमण सुरु गर्यो। इजरायल...











