Advertisement

घटना

बसको झ्यालबाट हामफालेका यात्रुको बयान- म त बाँचेँ, सँगैका साथी बेपत्ता भए

बसको झ्यालबाट हामफालेका यात्रुको बयान- म त बाँचेँ, सँगैका साथी बेपत्ता भए

घटना, मुख्य समाचार
रौतहट । काठमाडौंबाट रौतहटको गौर आइरहेको गणपती डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन् । रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना छन् । उनीहरुलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्‍याइएको छ । अर्को बस चढेर नारायणगढतर्फ जाँदै गर्दा सिसवाधमौराका एक यात्रुले घटनाबारे भनेको भिडियो कामनाटुडेलाई प्राप्त भएको छ । ती यात्रुले बस खस्न थालेपछि आफू क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । अरु दुई जनाले पनि त्यसैगरी ज्यान जोगाएका छन् । ती यात्रुका अनुसार उनीसँगै क्याबिनमा चार जना पनि थिए । उनले आफूसँगैका यात्रु र आफ्ना झोलासहितका सामान बेपत्ता भएको बताएका छन् । एक भिडियोमा उनलाई अरु यात्रुहरुले ‘सामानको के कुरा ज्यान जोगिनु ठूलो कुरा हो’ भन्दै सम...
सिमताल पहिरो अपडेट : दुइटा बसका ६५ यात्रु बेपत्ता, पहिरोमा अड्किए गोताखोर

सिमताल पहिरो अपडेट : दुइटा बसका ६५ यात्रु बेपत्ता, पहिरोमा अड्किए गोताखोर

घटना, मुख्य समाचार
चितवन । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाएको उनले बताइन् । दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेको उनले बताइन् । पहिरोका कारण सडक अवरुद्ध भएको र हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याएको उनको भनाई छ । घटनास्थलमा उद्धार कार्य सुरु हुन नसकेको उनले बताइन् । त्रिशूलीले बसलाई बगाएर घटनास्थलभन्दा केही तल पाखा लगाएको तर, त्यहाँसम्म जान सक्ने अवस्था नरहेको उनले बताइन् । उनका अनुसार बसमा यात्रारत ६५ यात्रुहरु बेपत्ता रहेको र उनीहरूको अवस्था अज्...
कञ्चनपुर जलमग्न : ३३३ परिवारलाई सुरक्षित स्थानमा सारियो, एक बालकको मृत्यु

कञ्चनपुर जलमग्न : ३३३ परिवारलाई सुरक्षित स्थानमा सारियो, एक बालकको मृत्यु

कन्चनपुर, घटना, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर – कञ्चनपुरमा निरन्तर परिरहेको अविरल वर्षाले अधिकांश क्षेत्र डुबानमा परेका छन् । वर्षाले जिल्लाको भीमदत्त नगरपालिका, दोधरा चाँदनी, पुनर्वास नगरपालिका लगायतका क्षेत्र बढी प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश जोशीका अनुसार जिल्लामा हालसम्म ३३३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जसमा भीमदत्त नगरपालिका – १८ सुकुम्वासी बस्ती महेन्द्रनगरका २ सय ५० परिवार, दोधरा चाँदनी नगरपालिका – १० का ७२ परिवार, पुर्नवास नगरपालिका – ५ र ७ का ११ परिवार रहेका छन् । चौधर नदी बेलडाँडी गाउँपालिका – ५ इमलियामा पस्दा बेलडाँडी गाउँपालिका –३ , ४, ५ र बेलौरी नगरपालिका – १० क्षेत्र डुबानकाे जाेखिममा परेका छन् । वर्षाले पुनर्वास–धनगढी हुलाकी मार्गको सिमरी क्षेत्रमा दोदा नदी पस्दा बेलौरी – पुनर्वास र धनगढी बिच आवतजावत बन्द भएको छ । यसैबिच वर्षातको पानी घरभित्र पस्दा कृष्णपुर न...
“सेवा गरेर कहिलै नथाक्ने नारी “-सावित्री अधिकारी

“सेवा गरेर कहिलै नथाक्ने नारी “-सावित्री अधिकारी

घटना, दैनिक, मुख्य समाचार, विचार, समाचार
आज हामी बिश्वका जिवित मानबहरु कुनै न कुनै धर्ममा आस्था मान्ने गरेका छौ । हामी धर्मको नामले पुजा पाठ तपस्या अनि अनेकौं गरेका छौ र गरिरहेका पनि छौ तर असलमा संसारको सबै भन्दा ठुलो धर्म भनेको नै सेवा हो मानवता हो सहयोग हो। यी शब्दहरु सुन्ना साथ नेपालमा एउटा त्यस्तो ब्याक्तीको नाम आउन्छ ती हुन सावित्री अधिकारी । उहाँ को न पेसा न व्यपार न कुनै लगानी छ उहाँ को एउटा मात्र उदेश्य छ सेवा सहयोग अनि मानवता ।उहाँ सेवा गर्ने मौकाको प्रतीक्षामा सधै रहनु हुन्छ ।सेवा गरे खुशी हुने गरिब दिन दुखीलाई साथी बनाउनु नै उहाँको धर्म हो । नेपाल होस कि विदेशमा कुनै पनि नेपाली दुखमा पिडामा अलपत्र बेचिएका र मिर्तु भएका हरेक नेपालीको परिवार सङ्ग समन्वय गरेर नेपाल भित्राउने थुप्रै हजारौं होइन लाखौं काम गर्नु भएको छ। जब कुनै पनि ठाउँ देश बाट उहाँलाई कल sms अनि समस्या आउन्छ रात होस कि दिन होस कि घाम होस कि प...
डडेल्धुरामा एक नाले भरुवा बन्दुकसहित एक जना पक्राउ

डडेल्धुरामा एक नाले भरुवा बन्दुकसहित एक जना पक्राउ

घटना, डडेल्धुरा, दैनिक, समाचार, सुदूरपश्चिम
डडेल्धुरामा एक नाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।जिल्लाको पर्शुराम नगरपालिका–१ का ५५ वर्षीय भोज नाथ आलिताल गाउँपालिका–३ डाँडाखर्कबाट भरुवा बन्दुकसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनी आलिताल गाउँपालिका–३ डाँडाखर्कमा बाख्रा पालन गर्दै आएका थिए। खानतलासी गर्दा घरभित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले अवैध भरुवा बन्दुक फेला परेपछि नाथलाई नियन्त्रणमा लिएको हो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
लमजुङमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता

लमजुङमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता

घटना, मुख्य समाचार
लमजुङ- अविरल बर्षासँगै गएको पहिरोका कारण लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा तीन घर बगाउँदा चारजना बेपत्ता भएका छन् । स्थानियका अनुसार रातीको समयमा पहिरो आएको र अहिले बेपत्ताहरुको खोजि भईरहेको छ । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ । घटनाको बिषयमा थप विवरण आउन बाँकी छ । त्यसैगरी गएरातीकै पहिरोका कारण बेसीशहर नगरपालिका-११, चिती स्याउतमा दुई जना घाइते भएकोमा दुवैलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याईदै गरेको लमजुङ प्रहरीले जनाएको छ । पहिरोकै कारण बेसीशहर-मनाङ सडक पनि अवरुद्ध भएको छ । बेसीशहर-६ खरखरेमा पहिरो झरेपछि सडक अवरुद्ध बनेको हो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज