Advertisement

सुदूरपश्चिम

भक्तिभाव, संस्कृति र रोमाञ्चक यात्रासहित सुर्मा सरोवर तीर्थ यात्रा सुरु

भक्तिभाव, संस्कृति र रोमाञ्चक यात्रासहित सुर्मा सरोवर तीर्थ यात्रा सुरु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङ र दार्चुलाबाट सुर्मादेवीका भक्तजन तथा आलिपाली करियाहरू श्रद्धापूर्वक सुर्मा सरोवर यात्रामा निस्किएका छन्। समुद्री सतहबाट १४ हजार फिट (झन्डै ४ हजार मिटर) उचाइमा अवस्थित पवित्र सुर्मा सरोवर तालमा स्नान, पूजा–आराधना तथा देवी दर्शनका लागि तीर्थयात्रीहरू घरबाट निस्किएका हुन्। छबिसपाथिभेरा गाउँपालिका–७ का स्थानीय सुरेश मण्डेलका अनुसार, आज बिहान सबेरै स्नान गरी सफासुतली भएर गाउँमा रहेको सुर्मा मन्दिरमा दियो–बत्ती बालेर ठूलो संख्यामा तीर्थयात्रीहरूले यात्रा आरम्भ गरेका छन्। यस वर्ष ठूलो बिराइ भएकाले पहिले कहिल्यै सरोवर नगएका नयाँ तीर्थयात्री (बालावीर) पनि यात्रामा सहभागी भएका छन्। मण्डेलका अनुसार सुर्मासरोवर तालको यात्रा शुभारम्भ गरी हिँडेका खोरी र घट्टे गाउँका भक्तजन सुर्मा माताको जयजयकार (चाहाचाहा) गर्दै नजिकैको लुवाडा गाउँको चौतारामा जम्मा भई (पणछमी) गर्दछन्। ओरालो झर्दै माटेस...
तीन दशक बित्दा पनि दोधारा–चाँदनी नहर निर्माण अधुरो, महाकाली सन्धि कार्यान्वयनमा ढिलाइ

तीन दशक बित्दा पनि दोधारा–चाँदनी नहर निर्माण अधुरो, महाकाली सन्धि कार्यान्वयनमा ढिलाइ

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- नेपाल–भारतबीच महाकाली सन्धि सम्झौता भएको तीन दशक बितिसक्दा पनि सन्धिअनुसार दोधारा–चाँदनी नहर निर्माण अझै अन्योलमै रहेको छ। नेपालले नहरका लागि आवश्यक जग्गा अधिग्रहण गरी तयारी गरे पनि भारतीय पक्षले निर्माण गर्नुपर्ने १,१०० मिटर मूल नहर अहिलेसम्म निर्माण नगर्दा सन्धि कार्यान्वयनमा ढिलाइ भएको हो। महाकाली सन्धिअनुसार भारतले कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा सिँचाइका लागि शारदा नहरमार्फत ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने प्रावधान छ। वि.सं. २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावले हस्ताक्षर गरेको उक्त सन्धि अझै कार्यान्वयनमा आउन सकेको छैन। महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक डा. योगेन्द्र मिश्रका अनुसार, नेपालले नहर निर्माणका लागि मुआब्जा वितरण गरेर जग्गा अधिग्रहण गरिसकेको छ। तर, भारतले निर्माण गर्नुपर्ने सीमावर्ती १,१००...
डोटीमा किबीखेतीबाट फल नलाग्दा किसान चिन्तित, प्राविधिक त्रुटि मुख्य कारण

डोटीमा किबीखेतीबाट फल नलाग्दा किसान चिन्तित, प्राविधिक त्रुटि मुख्य कारण

Breaking News 2, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डोटी- डोटीका किसान किबीखेतीमार्फत आम्दानी गर्ने उद्देश्यले सुरु गरिएको खेतीबाट फल नलागेपछि चिन्तित भएका छन्। करिब चार वर्ष लगानी गरेपछि उत्पादन हुने अपेक्षा गरेका किसानहरू अहिले निराश भएका हुन्। बडिकेदार गाउँपालिका–४ रनुकाँडाका लक्ष्मण ताडीले पाँच रोपनी क्षेत्रमा किबीखेती सुरु गरेका थिए। तर फल नलागेपछि मेहनत र लगानी दुवै खेर जाने अवस्थामा पुगेको उनको गुनासो छ। उनले उदयसिंह कृषि तथा बहुउद्देश्यीय फार्ममार्फत किबीसँगै अन्य तरकारी खेती पनि गरिरहेका छन्। उनका अनुसार चार वर्ष लगातार लगानी गर्दा पनि किबी बोटहरूले फल दिन नसक्नु ठूलो समस्या बनिरहेको छ। कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीका अनुसार किबीमा भाले र पोथी बोट छुट्टै हुने भएकाले कम्तीमा पाँच बोटमा एक भालेबोट अनिवार्य हुन्छ। धेरै किसानले भालेबोट रोप्न छुटाएकोले फल नलाग्ने समस्या देखिएको हो। उनले यस्तो समस्याको समाधान...
सुदूरपश्चिममा मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन हुने

सुदूरपश्चिममा मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन हुने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन कार्यकारी समितिको सिफारिसमा सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सम्मेलनको मिति तय गरेको हो। यसअघि असोज १ र २ गते आयोजना गर्ने भनिएको सम्मेलन विविध कारणले सारिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। अब मङ्सिर १ र २ गते सम्मेलन हुने तय भएसँगै प्रदेश सरकारले तयारी तीव्र बनाएको छ।...
सत्यवादी मावि जयपृथ्वीनगरमा राजा जयपृथ्वीको स्मृतिमा भलिबल, हाजिरीजवाफ र नृत्य प्रतियोगिता हुने

सत्यवादी मावि जयपृथ्वीनगरमा राजा जयपृथ्वीको स्मृतिमा भलिबल, हाजिरीजवाफ र नृत्य प्रतियोगिता हुने

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- राजा जयपृथ्वी बहादुर सिंहको १४९औं जन्मजयन्तीको अवसरमा छविसपाथिभेरा गाउँपालिका–२ स्थित सत्यवादी माध्यमिक विद्यालय, जयपृथ्वीनगरले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। भदौ ७ र ८ गते विद्यालय परिसरमै छविसपाथिभेरा गाउँपालिका स्तरीय भलिबल, हाजिरीजवाफ तथा नृत्य प्रतियोगिता सञ्चालन गरिने विद्यालय प्रशासनले जनाएको छ। राजा जयपृथ्वीका मानवतावादी सोच र योगदानलाई स्मरण गर्दै विद्यार्थीहरूको शारीरिक, बौद्धिक र सांस्कृतिक क्षमताको अभिवृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो । प्रतिस्पर्धात्मक वातावरणमा सहभागी बनाउँदै समावेशिता, अनुशासन र प्रतिभा विकासमा जोड दिएको यस आयोजनाले विद्यार्थीहरूलाई आफ्नो सीप र सोच प्रदर्शन गर्ने थलो प्रदान गर्नेछ। प्रतियोगितामा निष्पक्षता सुनिश्चित गर्न सहभागीहरूको उमेर, कागजात र अनुभवका आधारमा स्पष्ट शर्तहरू तय गरिएको छ, जसले विद्यालयस्त...
एक वर्षमै सुदूरपश्चिममा १० अर्ब बराबरको पूर्वाधार निर्माण

एक वर्षमै सुदूरपश्चिममा १० अर्ब बराबरको पूर्वाधार निर्माण

Breaking News 1, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब एक करोड रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर नरेश शर्माका अनुसार सडक, भवन, पुल, तटबन्ध, कुलो, सिँचाइ, खेलमैदानलगायत संरचना निर्माणमा उक्त खर्च भएको हो। मन्त्रालयका अनुसार सो अवधिमा १०६ किलोमिटर कालोपत्रे, १०३ किलोमिटर ग्राभेल, १४७ किलोमिटर माटे सडक निर्माण गरियो। छवटा सडक पुल र छवटा सरकारी तथा सामुदायिक भवन निर्माण भएको छ। आवास तथा खेलकुद पूर्वाधारमा समेत प्रगति जनताको आवास कार्यक्रम अन्तर्गत ११० वटा निजी र तीनवटा एकीकृत आवास निर्माण भएको छ। साथै, २७ वटा सरकारी तथा सामुदायिक भवन मर्मत, दुईवटा कभर्डहल, तीनवटा पार्क, र १० वटा खेलमैदान बनाइएको मन्त्रालयले जनाएको छ। सिँचाइ र तटबन्ध विस्तारमा जोड २६ किलोमिटर तटबन्ध निर्माण गरिएर ३७ हेक्टर जमिन नदी कटानबाट जोगाइ...
डडेल्धुरा अस्पतालमा विश्व स्तनपान सप्ताह सुरु

डडेल्धुरा अस्पतालमा विश्व स्तनपान सप्ताह सुरु

Breaking News 2, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
डडेल्धुरा- डडेल्धुरा अस्पतालले विश्व स्तनपान सप्ताह विविध कार्यक्रमहरूसहित सुरु गरेको छ। स्तनपान अमृत समान भन्ने नारासहित आज अस्पतालले उक्त कार्यक्रमको सुरुवात गरेको हो । आज अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझाको अध्यक्षतामा स्तनपान सप्ताह कार्यक्रमको शुभारम्भ गरिएको हो । सप्ताहको पहिलो दिनमै अस्पताल परिसर सांगीतिक गीत, जनचेतनामूलक नाटक, र स्वास्थ्य शिक्षामूलक सन्देशहरूले गुञ्जायमान बन्यो। नर्सिङ अधिकृत नाओमी बुढाका अनुसार, स्तनपानका फाइदा, आमाको दूधको महत्व, र स्तनपानलाई बच्चाको पहिलो खोपको रूपमा प्रस्तुत गर्दै सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको प्रमुख आकर्षण “बच्चा जन्मिएको १ घण्टा भित्र स्तनपान सुरु गरौं” भन्ने सन्देशमा आधारित नाटक रह्यो, जसले दर्शकहरूलाई स्तनपानको तत्काल सुरुवातको महत्वबारे सचेत गरायो। त्यसपछि प्रस्तुत गरिएका लोकगीत तथा ...
सुदूरपश्चिम र कर्णालीका हिमाल आरोहण शुल्क दुई वर्षका लागि मिनाहा

सुदूरपश्चिम र कर्णालीका हिमाल आरोहण शुल्क दुई वर्षका लागि मिनाहा

Breaking News 3, कर्णाली प्रदेश, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम र कर्णाली प्रदेशमा अवस्थित हिमालहरूको आरोहण शुल्क अब दुई वर्षसम्म लाग्ने छैन। पर्यटन प्रवर्द्धन तथा हिमाली क्षेत्रको आर्थिक विकासका लागि नेपाल सरकारले यी प्रदेशका सबै हिमाल आरोहण गर्दा लाग्ने शुल्क (सलामी दस्तुर) आर्थिक वर्ष २०८२/८३ र २०८३/८४ का लागि पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ। दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तबहादुर सिंह (ठेकरे) बोहराका अनुसार, सुदूरपश्चिममा हिमाली पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि हालसम्म ६ हजार मिटरभन्दा अग्ला हिमालहरूको सफल आरोहण हुन नसकेको अवस्था छ। यसैले अपिहिमाल गाउँपालिकाले २०८२ वैशाख २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभागलाई आरोहण दस्तुर छुट गर्न विशेष अनुरोध गरेको थियो। सरकारले उक्त अनुरोधअनुसार साउन १२ गते बसेको मन्त्री परिषद्को बैठकबाट निर्णय गरेको हो। उक्त निर्णय अनुसार, सुदूरपश्च...
ऐतिहासिक तथा धार्मिक सुर्मादेवी बिरीजात मेलाबारे पत्रकार सम्मेलन

ऐतिहासिक तथा धार्मिक सुर्मादेवी बिरीजात मेलाबारे पत्रकार सम्मेलन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
जगदीश रोकाया, बझाङ-  सदरमुकाम चैनपुरमा यही साउन १९ गतेदेखि सुरु हुने ऐतिहासिक तथा धार्मिक सुर्मादेवी बिरीजात मेलाबारे आयोजकले पत्रकार सम्मेलन गरेको छ । आयोजक सुर्मा सरोवर युवा समाजले पत्रकारहरूलाई मेलाको सम्पूर्ण तयारी तथा मेला अवधिभर आयोजना गरिने गतिविधिहरूको बारे जानकारी दिन पत्रकार सम्मेलन गरेको हो । सो अवसरमा मेलामा प्रदान गरिने भलिबल प्रतियोगिता ट्रफीको अनावरण समेत गरिएको छ । मेला साउन १९ गतेदेखि २२ गतेसम्म सुर्मा गाउँपालिका–३, ठकुन्नामा आयोजना हुनेछ। मेलाको औपचारिक उद्घाटन साउन २० गते गरिने आयोजक समितिका अध्यक्ष शान्त बोहराले जानकारी दिए । मेलाको अवसरमा महिला–पुरुष भलिबल प्रतियोगिता, ढाँकी नाच प्रतियोगिता तथा डेउडा खेल जस्ता विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गरिने बताइएको छ। कार्यक्रममा बोल्दै आयोजकहरूले सुर्मा सरोवरसम्मको खालि खुट्टा यात्रा, बिचबाटोमा पारंपरिक...
अमरगढीमा बडाकाजी अमरसिंह थापाको २१० औं जन्मजयन्ती भव्य रूपमा सम्पन्न

अमरगढीमा बडाकाजी अमरसिंह थापाको २१० औं जन्मजयन्ती भव्य रूपमा सम्पन्न

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा- राष्ट्रिय वीर पुरुष बडाकाजी अमरसिंह थापाको २१० औं जन्मजयन्ती डडेल्धुराको ऐतिहासिक अमरगढी किल्लामा भव्य रूपमा सम्पन्न भएको छ। वीरता र देशभक्तिको प्रतीकस्वरूप अमरसिंह थापाको योगदानलाई स्मरण गर्दै कार्यक्रम आयोजना गरिएको हो। किल्ला संरक्षण समिति, नेपाली सेनाको अर्जण बाण गण, र अमरगढी नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गैतम, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, स्थानीय नागरिक तथा विद्यालयका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गैतमले भने, “बडाकाजी अमरसिंह थापाजस्ता वीर योद्धाहरूको योगदानको सम्मान गर्नु हाम्रो दायित्व हो। अमरगढी किल्ला केवल भवन होइन, यो हाम्रो स्वाभिमान र अस्तित्वको प्रतीक हो।” किल्ला संरक्षण समितिका अध्यक्ष प्रविन जैरुले भावी पुस्तामा राष्ट्रियता, स...
पहिलो पटक खिरातडी स्वास्थ्य चौकीमा एक जनामा औलो पुष्टि

पहिलो पटक खिरातडी स्वास्थ्य चौकीमा एक जनामा औलो पुष्टि

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धुर्व बिष्ट, बझाङ- बझाङको बुङ्गल नगरपालिका–४ मा अवस्थित खिरातडी स्वास्थ्य चौकीले पहिलो पटक एक व्यक्तिमा औलो रोग (मलेरिया) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा उपचारका लागि आएका बुङ्गल नगरपालिका–१० का एक पुरुषको रगत परीक्षण गर्दा उनलाई औलो संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख वेदप्रकाश जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार बिरामी चार महिना अघिमात्रै भारतबाट फर्केका थिए, त्यसैले यस संक्रमणलाई आयातीत (imported) केसको रूपमा समेत लिन सकिने बताइएको छ। लामखुटेको टोकाइबाट सर्ने यो रोग सामान्यतया सहरी क्षेत्र, घना बस्ती तथा तराईका जिल्लाहरूमा देखिने गरे पनि पछिल्ला वर्षहरूमा अव्यवस्थित फोहोरमैला, ढल निकासको अभाव र बढ्दो बजारीकरणका कारण ग्रामीण क्षेत्रहरूमा समेत फैलिन थालेको जनाइएको छ। बझाङ जिल्लामै दोस्रो पटक औलो पुष्टि भएको यस घटनाले लामखुटेको सङ्क्रमण विस्तार ग्रामीण बस्तीहरूमा ...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स डडेलधुरा शाखाले मनायो खिर खाने दिवस

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स डडेलधुरा शाखाले मनायो खिर खाने दिवस

Breaking News 3, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेलधुरा- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, डडेलधुरा शाखाले नेपाली परम्पराअनुसार साउन १५ गते ‘खिर खाने दिवस’मनाएको छ। शाखा प्रमुख सिद्धराज फुलाराको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा २० देखि ३० जना सक्रिय अभिकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूबीच आपसी चिनजान, अनुभव आदान–प्रदान तथा व्यवसाय प्रवर्द्धनसम्बन्धी छलफल गरिएको थियो। कार्यक्रममा अभिकर्ता खेम बिष्टले बोल्दै शाखाको सक्रियता, अभिकर्ताप्रति देखाइएको सम्मान तथा यस्ता प्रेरणादायी कार्यक्रमहरूको सराहना गर्दै धन्यवाद व्यक्त गरेका छन्। कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई कदरपत्रसहित सम्मानसमेत गरिएको छ। सम्मानले अभिकर्ताहरूमा थप उत्साह र जिम्मेवारीको भावना जागृत गराएको सहभागीहरूको भनाइ छ। शाखा प्रमुख फुलाराले सम्बोधन गर्दै अभिकर्ताहरूको मेहनत र समर्पणप्रति प्रशंसा व्यक्त गरेका थिए। “यस्ता कार्यक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज