कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव उच्च बनेपछि कञ्चनपुरस्थित शारदा ब्यारेज पुलमा आज (बुधबार) दोस्रो दिन पनि चार पांग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बुधबार बिहान ८ बजेसम्म महाकाली नदीको पानीको बहाव १ लाख ६८ हजार ५३७ क्युसेक मापन गरिएको छ। मंगलबारदेखि नदीमा लगातार पानीको बहाव बढ्दो अवस्थामा रहेको छ।
सय वर्ष पुरानो शारदा ब्यारेज जीर्ण अवस्थाका कारण जोखिम न्यूनीकरणका लागि नदीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै चार पांग्रे सवारीसाधनको आवागमनमा रोक लगाउने व्यवस्था गरिएको हो।

