बाजुरा र दार्चुलामा सवारी दुर्घटना,, २ जना घाइते
धनगढी- बाजुरा र दार्चुलामा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बाजुरामा मंगलवार दिउँसो करिब साढे ४ बजेको समयमा बडीमालिका नगरपालिका ६ बिरेखोला नजिकै मोटरसाइकल दुर्घटनामा हुँदा एक जना घाइते भएका छन् ।
जिल्लाको बुढीगंगा नगरपालिका ९ जुवापानीका अन्दाजी २२ बर्षका राजेन्द्र सिंहले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालक सिंह गम्भीर घाइते भएका हुन । सदरमुकाम मार्तडीबाट जादैँ गरेको अवस्थामा सिंहले चलाएको सु.प. प्र ०१–०११ प ६९४० नम्बरको मोटरसाइकल अन्यन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । उनको टाउको, खुट्टामा चोट लागेको छ ।
घाइते युवकको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइएको छ ।
यस्तै दार्चुलामा जीपले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाईते भएका छन् ।
जिल्लाको महाकाली राजमार्ग अन्तरगत मालिकार्जुन गाउँपालिका- १ बेतमा गोकुलेश्वरबाट दा...












