कञ्चनपुरमा जताततै डुबान, नदीको बाढीले बेलडाँडी उच्च जोखिममा
जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरमा बाढीको ‘अति उच्च जोखिम’ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
आइतबार राति ११ बजे कञ्चनपुरका अधिकांश स्थानमा अति भारी वर्षा भएको र थप वर्षा हुन सक्ने विभागले जनाएको छ।
लगातार परेको अबिरल बर्षाका कारण बेलडाँडी गाउँपालिकाको अधिकान्स भु-भाग डुवानमा परेको छ र बेलडाँडी गाउँ पालिकाको छेउ भइ बग्ने चौधर नदिको सतह उच्च बढेकाले इमलिया,झिलमिला,बैवाह लगायतका होचा क्षेत्रका बस्तिमा बसोबास गर्नेले उच्च सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।
साथै चौधरा नदि गणेश माबी भुर्सा तिर को नहर फुटाएर इमलिया,झिलमिला,बैवाह का बस्तिमा गैसकेको छ । जसले गर्दा हजारौं मानिसहरु प्रभावित भएका छन । यसले निकै ठूलो धन जन को क्षति हुने पनि देखिन्छ ।
विभागले कञ्चनपुर भएर बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भू–भागमा बाढीको ‘अति उच्च जोखिम’ रहेकाले सोम...












