Advertisement
Wednesday, July 9

गौरिगङ्गा नगर पालिका पुर्ण खोप घोषणा

Advertisement


२२ असार मसुरिया
कैलाली, गौरीगङ्गा नगरपालिकालाई पुर्ण खोप (सुनिश्चितता ) दीगोपना घोषणा तथा प्रमाणीकरण कार्यक्रम सम्पन्न भएकोे छ ।
नगरपालिका भित्रका सम्पुर्ण बालबालिकाले १५ महिनाको उमेरभित्र खोप पाएकोले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो ।


गौरीगंगा नगरपालिका खोप समन्वय समितिका संयोजक तथा नगर प्रमुख देविदत्त कडेलको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली जिल्ला खोप समन्वय समिति कैलालीका संयोजक तथा जिल्ला समन्वय प्रमुख खगराज भुषाल प्रमुख अतिथि कार्यक्रम गरिएको थियो ।


पुर्ण खोप सुनिश्चितता घोषणा राष्टि्य निति अनुसार गौरीगंगा नगरपालिकाका सबै वडामा पुर्ण खोप घोषणा भई सबै खोप सबै बालबालिकाहरूले पुर्णरुपमा प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख ईश्वरी भुसालले जानकारी दिनुभयो । नगरपालिकामा १६ देखि ५९ महिना भित्रका ३२८६ जना बालबालिकाले पुर्ण खोप पाएका छन् भने जन्मे देखि १५ महिना सम्मका १३२९ जना बालबालिकाले नियमित खोप पाएकोमा ३९ जना पुर्ण खोप छुटेकोले बिषेश अभियान सञ्चालन गरि उनीहरूलाई खोपको मात्र पुर्ण गरिएको तथा आ.व. २०८०/०८१ मा १०५० जना बालबालिकाले पुर्ण खोप पाएका शाखा प्रमुख भुसालले बताउनु भयो।


सो अवसरमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सम्मानजनक बिदाइ गरिएको छ । बिदाइ कार्यक्रममा नगरपालिकाबाट स्वयंसेविकाहरुलाई सम्मान पत्र , मायाको चिनो तथा उमेर हदका कारण बिदाईमा जाने ६ क्रमशः सारदा देवी साउद, रामपति थरुनी, भागरथी अम्मै, शारदा देवी जोशी र पार्वती शर्मालाई नगद एक लाख र अन्य कारणले बिदाइमा जानु हुने दिपा जोशीलाई नगद पचास हजार रुपैया प्रदान गरि ससम्मान बिदाई गरिएको थियो ।

सामाजिक विकास समिती संयोजक एवं वडा नं ५ का वडा अध्यक्ष विष्णु प्रसाद भाटले स्वागत गरेको कार्यक्रममा नगर उपप्रमुख भोज बहादुर बम, स्वास्थ्य निर्देशनालय राजपुर डोटी नि. निर्देशक खगेन्द्र बहादुर बम, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख जनस्वास्थ्य निरीक्षक आशुतोष श्रेष्ठ, WHO का डा. अनन्त थापा, गिताञ्जली ढकाल UNICEF का अशोक जोशी लगायत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका हरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

हंसराज साउँद (हिमाल)

हंसराज साउँद (हिमाल) यस कामना टेलिभिजन र कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा कैलाली जिल्लाको पुर्वी क्षेत्र गौरिगंगाबाट शाखा प्रमुखको रुपमा काम गर्नुहुन्छ । उहाँ विभिन्न सामाजिक कार्यमा पनि अग्रसर हुनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार

गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार

धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा अचानक आएको बाढीले टापुमा फसेका ६ जनाको सकुशल उद्दार गरिएको छ। इलाका प्र...
दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा

दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकामा सञ्चालित ‘ओखर पकेट क्षेत्र कार्यक्रम’मा रकम हिनामिना गर्न जीवित व्यक्तिलाई मृत देखाएर फ...
रसुवा बाढी अपडेट : चिनियाँ नागरिकसहित १९ बेपत्ता, ९ को शव भेटियो

रसुवा बाढी अपडेट : चिनियाँ नागरिकसहित १९ बेपत्ता, ९ को शव भेटियो

काठमाडौँ– रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने १९ जना अझै बेपत्ता ...
मनसुन सक्रिय : आज दिउँसो तीन र राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय : आज दिउँसो तीन र राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यू...
भारी वर्षा नपरे पनि भोटेकोशीमा किन आयो बाढी

भारी वर्षा नपरे पनि भोटेकोशीमा किन आयो बाढी

काठमाण्डाै– जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवाकाे नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा ...
इन्जिनियर दीपक बोहराको लगनशीलता: विकट बस्तीमा विकासको उज्यालो

इन्जिनियर दीपक बोहराको लगनशीलता: विकट बस्तीमा विकासको उज्यालो

बझाङ, मष्टा — सुदूरपश्चिमको विकट बस्ती मष्टा गाउँपालिकामा विकासको उज्यालो फैलाउन इन्जिनियर दीपक बोहराको योगदान उल्लेखनीय बन्दै गए...
छोरी गुमाएका धामीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) टोल कमिटीद्वारा आर्थिक सहायता

छोरी गुमाएका धामीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) टोल कमिटीद्वारा आर्थिक सहायता

बझाङ — जिल्लाको केदारस्यूँ गाउँपालिका–५ का भरत धामीलाई छोरी गुमाएको पीडामा थोरै भए पनि राहत पुगोस् भनेर नेपाल कम्युनिष्ट पार्टी (व...
स्वास्थ्य शाखाद्वारा नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण

स्वास्थ्य शाखाद्वारा नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाले नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । स्वास्थ्य सेवामा खटिएका ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज