विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायलले नै नेपाल पठाउने तयारी
हमासद्वारा मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (ICRC) ले इजरायली सेनालाई जिम्मा लगाएको छ। हाल उनको शव तेल अवीभस्थित सैनिक अस्पतालमा राखिएको छ।
त्यहाँ डिएनए परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै शव नेपाल पठाउने तयारी भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, “हमासले विपिन जोशीको भनेर बुझाएको शव डिएनए परीक्षणपछि मात्र पुष्टि हुनेछ।
रिपोर्ट आउन करिब चार घण्टा लाग्ने भनिएको छ। त्यसपछि मात्रै नेपाल पठाउने प्रक्रिया सुरु हुन्छ,” उनले भने। उनका अनुसार शवलाई इजरायल सरकारले नै कफिनमा बन्द गरेर नेपाल पठाइदिने तयारी गरेको छ। त्यसका लागि अझै केही दिन लाग्ने अनुमान गरिएको छ।
अध्ययनका सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क...










