धनगढी- प्रगतिशील लोकतान्त्रिक पार्टीले अछाम जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
जिल्ला पार्टी कार्यालय अछामले सोमबार सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय, धनगढी कैलालीलाई पत्र पठाउँदै अछामका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको हो।
जिल्ला बैठकको निर्णयअनुसार आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट दिपकबहादुर साउँद र निर्वाचन क्षेत्र नम्बर २ बाट पुष्पराज न्यौपानेलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको पत्रमा उल्लेख छ।
दिपकबहादुर साउँद रामारोशन- ६ भाटाकटिया निवासी हुन् भने पुष्पराज न्यौपाने तुर्माखाँद-६ रानीवन निवासी रहेका छन्।
पार्टीको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरी उम्मेदवारी टुंगो लगाइदिन प्रदेश पार्टी कार्यालयलाई अनुरोध गरिएको छ। उक्त पत्रमा जिल्ला प्रमुख जीवन विक्रम साउद र जिल्ला इन्चार्ज गोविन्द साउँदको हस्ताक्षर रहेको छ।


