बालगायक सचिन परियारको निधन
काठमाडौं - भाइरल बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान उनको निधन भएको हो। अस्पताल स्रोतका अनुसार सचिनको निधन बिहान १० बजे भएको हो।
सचिन परियारले सानै उमेरमा धेरै गीत गाएर चर्चा कमाएका थिए। उनले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायतका गीत गाएका थिए, जुन निकै लोकप्रिय बनेका थिए।
संगीत क्षेत्रमा मात्र नभई अभिनयमा पनि सचिनले आफ्नो प्रतिभा देखाएका थिए। अभिनेता राजेश हमालसँग म्युजिक भिडियोमा अभिनय गर्नेदेखि हास्य टेलीश्रृंखला ‘मेरी बास्सै’मा अभिनयसम्म गरेका थिए।
सानै उमेरदेखि भाइरल बनेका बालगायकको असमयिक निधनले संगीत र मनोरञ्जन क्षेत्रलाई ठूलो क्षति पुगेको छ। प्रशंसक र शुभचिन्तकले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
के भएको थियो सचिनलाई ?
उपचारका संलग्न चिकित्सकहरूका ...












