नेपाल निजामती कर्मचारी संगठन बझाङको नयाँ भवन उद्घाटन
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : नेपाल निजामती कर्मचारी संगठन बझाङको नयाँ भवन आज एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रम संगठनका सुदूरपश्चिम प्रदेश इन्चार्ज प्रकाश बहादुर खड्काद्वारा सम्पन्न भयो।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष दिलबहादुर भण्डारी, संगठनका पदाधिकारीहरू, र विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
इन्चार्ज खड्काले उद्घाटन समारोहमा बोल्दै नयाँ भवन निर्माण सबै कर्मचारीको एकताका कारण सम्भव भएको बताए। उनले भने, "जिल्लामा नयाँ भवन उद्घाटनसँगै जिल्ला समन्वय समितिको सभाहलमा १३औँ जिल्ला अधिवेशन हुने छ।"
संगठनका जिल्ला अध्यक्ष दिनेश बहादुर धामीले १३औँ जिल्ला अधिवेशनले उत्कृष्ट नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे। उनले संगठनले अहिलेसम्म पुर्याएका विभिन्न उपलब्धिहरूको चर्चा गर्दै आगामी कार्यकालमा थप योजनाबद्ध र परिणाममुखी कार्य गरिने उल्लेख गरे।
रिवन काटेर उद्घाटन गरेक...












